चेल्सी शीर्ष चारमा यथावत

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सी विजयी भएको छ। जितसँगै चेल्सी शीर्ष चारमा यथावत रहेको छ ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई २–० गोलले पराजित गरेको हो ।

चेल्सीका लागि जोर्गिन्होले ६५ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरे । त्यसअघि ३१ औँ मिनेटमा एभर्टनका बेन गडफ्रीले आत्मघाती गोल गरेका थिए ।

जितपछि चौथो स्थानको चेल्सीको २८ खेलबाट ५० अंक भएको छ । २७ खेलबाट ४६ अंक रहेको एभर्टन छैटौँ स्थानमा झरेको छ ।

लिग अन्तर्गत सोमबार राति नै भएको खेलमा वेष्ट ह्यामले लीड्सलाई २–० ले पराजित गरेको छ । २७ खेलबाट ४८ अंकसहित वेष्ट ह्याम पाँचौँ स्थानमा पुगेको छ ।

Facebook Comments