‘कुनै पनि मन्त्री माओवादी केन्द्रमा फर्किने सोचमा हुनुहुन्न’

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा रहेका पूर्वमाओवादी नेताहरु पूर्ववत पार्टीमा नफर्किने एकजना मन्त्री मणि थापाले बताएका छन् ।

खानेपानी मन्त्रीको जिम्मेवारीमा रहेका थापाले माओवादी केन्द्रमा नफर्किने बताए पनि अन्य मन्त्रीहरुले यस विषयमा खुलेर बोलेका छैनन् ।

वर्तमान सरकारमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरी मन्त्री छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधव नेपाल पक्ष एमालेमै फर्किने निर्णयमा पुग्यो । प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले एमाले अलग, माओवादी केन्द्र अलग भएर जाने निर्णय गर्‍यो ।

तर, खानेपानीमन्त्री मणि थापाका अनुसार वर्तमान सरकारमा रहेका कुनै पनि पूर्वमाओवादी मन्त्रीहरु पूर्वमाओवादीमा फर्किने सोचमा छैनन् ।

Facebook Comments