Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधबकुमार नेपाल समूहको पार्टी केन्द्रीय कमिटी बैठक बस्दै छ।
यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
केन्द्रीय सदस्यलाई शुक्रबार बिहान नागरिकतासहित उपस्थित हुन आग्रह गरिएको थियो । बिहीबार सबै केन्द्रीय सदस्यलाई फोन गरेर शुक्रबार बिहानै पेरिसडाँडामा उपस्थित हुन भनिएको हो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पार्टी अभिलेखको कागजपत्र मिलाउन भन्दै आकस्मिक रुपमा केन्द्रीय सदस्यलाई पेरिसडाँडामा बोलाएका थिए।
यसअघि पार्टीे वैधानिकताको दाबी गर्दै प्रचण्ड–नेपाल समूहले २८७ जनाको नाम बुझाएको थियो। प्रचण्ड–नेपाल समूहले केन्द्रीय समितिका ४४१ सदस्यमध्ये आफ्नो पक्षमा बहुमत रहेको भन्दै आधिकारिकता दावी गर्दै आएकाे छ ।




Facebook Comments