संविधानभन्दा माथि कोही पनि छैन : गीता पाठक

काठमाडौं । संसद् विघटनविरूद्ध परेका मुद्दामा सर्वाेच्च अदालतकाे संवैधािनक इजलासमा सुनुवाइ भइरहेकाे छ । शुक्रबारकाे एमिकस क्युरी तर्फबाट राय दिँदै गीता पाठकले संविधान बिरामी भएको भए र कोमामा गएको भए नेपाली नागरिक नै कोमामा गएको बताएकी छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा माघ ४ गतेदेखि जारी बहसमा अन्तिम कानुन व्यवसायीका रूपमा एमिकस क्युरीका रूपमा इजलाससामु आएकी वरिष्ठ अधिवक्ता पाठकले भनिन्, ‘यस इजलासमा संविधान बिरामी छ । कोमामा छ भन्ने कुरा उठ्यो । यदि त्यसो हो भने, हामी सबै बिरामी छौं । हामी सबै कोमामा छौं । हामीलाई स्वास फेर्न गाह्रो हुन्थ्यो ।’ उनले थपिन्, ‘संविधान र त्यसका धाराले हामीलाई अक्सिजन दिन्थे ।’

प्रतिनिधिसभा विघटन सही भएको तर्क राख्दे प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका सरकारी वकिलहरूले संविधान बिरामी परेको बताएका थिए ।

नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले बिरामी संविधानलाई उपचार गर्नका लागि विघटन सदर गर्नुपर्ने तर्क राखेका थिए ।

Facebook Comments