क्वारेन्टाइनमा मृत्यु भएका युवकको पनि कोरोना पोजेटिभ

काठमाडौँ । बाँकेको क्वारेन्टाइनमा निधन भएका युवकको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु कोरोनाबाट भएको पुष्टि गरेको हो।

स्वास्थ्य मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले ती युवकको रिपोर्ट पोजेटिभ आएको बताए। वैशाख ३० गते भारतबाट आएका २५ वर्षीय युवा नरैनापुरको दीपेन्द्र माविमा क्वारेन्टाइनमा थिए।

क्वारेन्टाइनमा नै आइतबार बिहान उनको निधन भएको थियो। शव व्यवस्थापनका लागि टोली क्वारेन्टाइन स्थलमा पुगिसकेको छ।

मृतकको शव नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरस्थित क्वारेन्टाइमै छ। सुरक्षाकर्मीको टोली शव व्‍यवस्थापनका लागि क्वारेन्टाइनस्थल पुगेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोहीन खाँले जानकारी दिए।

क्वारेन्टाइनमा रहेका अन्य २६३ जनाको स्वाब संकलन गरिएको भए पनि उनीहरुको रिपोर्ट आइसकेको छैन।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.