आज कोरोना संक्रमण पुष्टि भएका १० जना कहाँबाट आएका हुन्? यस्ताे छ ट्राभाल हिस्ट्री

काठमाडौं । आइतबार विहान कोरोना भाइरसको संक्रमण पुष्टि भएका रौतहटका १० जना नै भारतबाट केही दिन अघि नेपाल प्रवेश गरेको खुलेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार बिहान थप १० जनामा सङ्क्रमण पुष्टि गर्दै ती सबै रौतहट जिल्लाका भएको जनाएको थियो ।

राजपुर नगरपालिकाका नगरप्रमुख मोहम्मद सकिलका अनुसार उनीहरु भारतबाट नेपाल आएका हुन् । ‘जहाँ छौँ त्यही बस’ भन्दा नमानेर धमाधम भारतबाट नेपाल आइरहेको उनले बताए । जसका कारण नेपालमा थप समस्या उत्पन्न भएको उनले जानकारी दिए । उनीहरु मुम्बईबाट केही दिनअघि गाउँ आएको उनले बताए ।

सुरक्षा समिति रौतहटका एक अधिकारीका अनुसार १० जना नै वैशाख ३१ गते रौतहट पसेपछि उनीहरुलाई राजपुर, फरहदवा र इशनापुर नगरपालिकाको छुट्टाछुट्टै क्वारेन्टाइनमा राखिएको थियो।

जेठ २ गते पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी सुरक्षाकर्मीको गाडीबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकोमा आइतबार उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए।

‘रेल र पैदल यात्रा गरी उनीहरु मुम्बईबाट विहारको मोतिहारी जिल्लाको चैनपुर बजार हुँदै रौतहट पसेका थिए,’ उनले भने, ‘उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो। थप कुरा बुझ्ने काम भइरहेको छ, चाडै उनीहरुलाई वीरगंजस्थित आइसोलेसन वार्डमा पठाउने सल्लाह भइरहेको छ।’

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.