२८ वर्षीय पाकिस्तानी चिकित्सकलाई अमेरिकी अदालतद्वार आतंकवादी ठहर

वाशिङटन । एक पाकिस्तानी डाक्टरलाई अमेरिकी अदालतले आतंकवादमा सहभागी भएको भन्दै दोषी ठहर गरेको छ । मुहम्मद मसूद आइएसआइएसको सम्पर्कमा रहेको र अमेरिकामा आक्रमण गर्न चाहेको अदालतले निर्णय गर्दै दाेषी ठहर गरेकाे हाे।

मिनियापोलिस सेन्ट पल अन्तर्राष्ट्रिय विमानस्थलबाट मार्च १९ मा मसूदलाई गिरफ्तार गरिएको थियो । १९ मार्चमा मसूद रचेस्टरबाट मिनियापोलिसको सेन्ट पल विकानस्थल पुगेका थिए त्यहाँबाट लस एन्जल्स जान लागेका बेला विमानस्थलमा एफबीआइको ज्वाइन्ट टेरोरिजम टास्क फोर्सले पक्राउ गरेको थियो उनी एच वन बी भिसामा अमेरिका गएका थिए । उनी रचेस्टरको एक मेडिकल क्लिनिकमा रिसर्च कोअर्डिनेटरको रुपमा कार्यरत थिए ।

अदालतमा पेश गरिएका दस्तावेजका अनुसार मसूदले जनवरीदेखि मार्चसम्म कैयौं पटक आइएसआइएस आतंकवादीहरुसँग कुरा गरेको खुलेको छ । उनी सिरिया गएर आतंकवादी संगठनको लागि लड्ने इच्छा देखाएको समेत खुलेको छ ।

मसूदले २१ फेब्रुअरीका लागि शिकागोबाट अम्मानको लागि हवाइ टिकट किनेका थिए । त्यहाँबाट उनी सिरिया जान चाहन्थे । तर जोर्डनले कोरोनाभाइरसका कारण अन्य देशबाट आउने उडान बन्द गरेपछि उनको योजना विफल भएको अनुसन्धानबाट खुलेको छ । एजेन्सी

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.