सनी लियोनीमाथि २९ लाख भारु ठगी गरेको आरोप

एजेन्सी। बलिउड नायिका सनी लियोनीमाथि २९ लाख भारु ठगी गरेको आरोप आरोप लागेको छ ।

केरलमा छुट्टी मनाइरहेकी सनी लियोनीलाई केरल क्राइम ब्रान्चले यो विषयमा घण्टौंसम्म सोधपुछ गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

भारतीय मिडियाका अनुसार पेरु मबरुरमा बस्ने आर श्रेयस नामका व्यक्तिले सनी लियोनीविरुद्ध २९ लाख भारु ठगीको आरोप लगाएका हुन् ।

सनी लियोनीले उनीसँग यो रकम दुई कार्यक्रमका लागि लिएकी थिइन् । तर, उनले कार्यक्रममा उपस्थित हुन अस्विकार गरिन् ।

यसै मामिलामा केरल क्राइम ब्रान्चले नायिकालाई शुक्रबार राती सोधपुछका लागि बोलाएको थियो ।

खबरलाई विश्वास गर्ने हो भने सनीलाई कार्यक्रममा उपस्थित नहुनुको कारण सोधपुछ गरियो ।

सनीले प्रहरीको सोधपुछमा आफू कोरोनाका कारण कार्यक्रममा भाग लिन असमर्थ भएको बताएकी छिन् ।

सनीका अनुसार आयोजकले पाँच पटक कार्यक्रम रद्द गरिदिए र निर्धारित समयानुसार कार्यक्रम आयोजना पनि भएन । अपराध शाखाका अधिकारीले यदि आयोजकले अन्य कुनै दिन कार्यक्रमको आयोजना गरे उनी उक्त कार्यक्रममा सहभागी हुन तयार भएको बताएकी छिन् ।

Facebook Comments