ओखलढुङ्गामा चट्याङ लागेर १ जनाको मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिका-६ नयावनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने २४ बर्षीया छम्जी शेर्पा रहेका छन् ।

शनिवार साँझ ५ बजेको समयमा घरमा बसिरहेको अवस्थामा एक्कासी चट्याले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

Facebook Comments