काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२पुगेको छ। गत २४ घण्टामा ३०३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २५२ जना सक्रिय संक्रमित छन्।
मंगलबार प्रदेश १ को उदयपुरमा एकजना, खोटाङमा एकजना, झापामा ३, पाँचथरमा एकजना, मोरङमा एकजना र सुनसरीमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश २ को धुनषामा एकजना र सप्तरीमा एकजनामा कोरोना भेटिएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १३४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ७, चितवनमा १९, धादिङमा एकजना, नुवाकोटमा ३, भक्तपुरमा ७, मकवानपुरमा २, ललितपुरमा ३१ र सिन्धुलीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३२, गोरखामा २, नवलपरासीमा पूर्वमा २ र बागलुङमा ५ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एकजना, कपिलवस्तुमा ३, गुल्मीमा ५, दाङमा ४ जना, नवलपरासीमा एकजना, पाल्पामा ४, बर्दियामा एकजना, बाँकेमा ५, रुपन्देहीमा ८ र रोल्पामा एकजनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशका दैलेखमा ३ र सल्यानमा एकजनामा कोरोना संक्रमण देखिएको छ भने सुदूरपश्चिम प्रदेशको बझाङमा ६ जनामा मात्र कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
Facebook Comments