नापी विभागका सूचना अधिकारीविद्ध उजुरी

काठमाडाैँ । नापी विभागका सूचना अधिकारीविद्ध उजुरी परेकाे छ।

राष्ट्रिय एकता अभियानका संयाेजक विनय यादवले नापी विभागसँग नेपाल–चीन सीमामा स्थित दुई देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेटबारे सूचना माग गर्दा नदिएपछि सूचना अधिकारीविद्ध उजुरी परेकाे हाे।

निवेदक यादवले नापी विभागका प्रमुखलाई सम्बोधन गर्दै सुचना अधिकारीलाई कारवाहीकाे साथै यसअघि माग गरिएकाे सूचना उपलब्ध गराइ दिन निवेदन दिएका हुन् ।

अभियानका संयोजक विनय यादवले सिमानाको विषय उल्लेख गरेर सूचना मागेका हुन् । उनले उक्त सूचना अध्ययन प्रयोजनका लागि मागेको बताएका छन् ।

यादवले नापी विभागमा दर्ता गराएको निवेदनमा नेपाल-चीन स्थित २ देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेट कति हो ?, नेपाल-चीन सीमामा रहेका सीमा स्तम्भहरूको जीपीएस कोर्डिनेट अभिलेख गर्ने काम कुन मितिमा सम्पन भएको हो ? र नेपाल(चीन सीमा स्तम्भहरूको पछिल्लो सुपरीवेक्षण कुन मितिमा भएको थियो लगायतका जानकारी माग गरेका छन् ।

त्यस्तै निवेदनमा सीमा स्तम्भहरूको सुपरीवेक्षण अनुसार कुन कुन सीमा स्तम्भ भेटिएको भन्ने जानकारी पनि माग गरिएको छ ।

Facebook Comments