नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै नेपालमा आज थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ४०३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६४ हजार १३७ पुगेको छ ।

यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ ।

Facebook Comments