लक्षणरहित कोरोना संक्रमण कसरी थाहा पाउने जनस्वास्थ्य विज्ञ डा. पाण्डेका टिप्स

अहिले विश्वमा २५ देखि ४० प्रतिशत लक्षणबिहीन कोरोना संक्रमण फैलिएको छ । अचानक उच्च ज्वरो आउनु, लहरेखोकी जस्तो सुख्खा खोकी लाग्नु, बोल्दा तथा सुत्दा पनि सास फेर्न गाह्रो हुनु, एकदम जाडो हुनु, बान्ता आउनु, पखाला लाग्नु तथा असाध्यै थकाइ लाग्नु कोरोना संक्रमणका लक्षण हुन् ।

सुरूमा यी लक्षणहरु देखिएर बिरामी थला पर्ने, अस्पताल जाने तथा परिक्षण खोज्ने प्रचलन थियो र अहिले पनि छ । तर पछि लक्षण नै नदेखिने कोरोना संक्रमणले मान्छेमा थप त्रास उत्पन्न गराएको छ । अनुसन्धानले बताए अनुसार लक्षण नदेखिने कोरोना संक्रमणमा पनि केहि संकेत देखिन्छ । जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेका अनुसार निम्न संकेत देखिन्छन् ।

१. सामान्य ज्वरो आउनु
२. गन्धमा हल्का कमी महसुष हुनु
३. थकान हुनु, मांशपेशी तथा टाउको दुख्नु
४. कहिलेकाँही रुघाखोकी लाग्नु, नाक बन्द हुनु
५. सास फेर्न खासै गाह्रो नहुनु
६. आफ्नो दिनचर्यामा खासै फरक नपर्नु, खानामा रुचि नघट्नु
७. दिक्क लाग्नु, रुने मन लाग्नु

यस्ता लक्षण ८५ प्रतिशत व्यक्तिमा आफै हराउँछन् । परीक्षण गर्दा पोजिटिभ देखिन्छ । अधिकांश व्यक्तिमा १ महिनापछि समेत जाँच गर्दा एन्टिबोडी पोजिटिभ देखिन्छ ।

बाँकी १५ प्रतिशत मध्ये आधा ४ हप्ता आइसोलेसनमा बसेपछि, लाक्षणिक उपचार गरेपछि निको हुन्छ भने अन्य बाँकी ७.५ प्रतिशतलाई आइसीयु / भेन्टिलेटर चाहिने हुनसक्छ । लक्षणबिहीनको मृत्युदर पनि २ देखि ३ प्रतिशत छ ।

लक्षणबिहीन बिरामीले रोग कसरी सार्छ त भन्ने जिज्ञासा आम मान्छेमा छ । लक्षणबिहीन संक्रमितलाई खोकी वा हाच्छ्युं नआएपनि उसले सास फ्याँक्दा तथा कुरा गर्दा आँखाले देख्न नसक्ने कणहरु सतहमा, नजिक हावामा, उसले छोएका ढोकाको ह्यान्डिल, चुकुल, रेलिंग, भाँडाकुँडा, टावेल आदिबाट अरु व्यक्तिलाई रोग सार्दछ ।

७० बर्ष माथि उमेर भएका व्यक्ति, मुटु / फोक्सो / मृगौलाको खराब स्थिति भएका, इम्युन डिफिसिएन्सी भएका, स्टेरोइड सेवन गरिरहेका तथा अंग प्रत्यारोपण गरेका व्यक्ति जोखिम मानिन्छ ।

त्यसैले यी अवस्थाका बिरामी संक्रमणबाट बच्नको लागि आफ्नै घरमा पनि परिवारका सदस्यसंग दुरी कायम गरेर बस्नुपर्ने हुन्छ | मुख्य कुरा त इम्युनिटी पावर नै हो | पोषिलो खाना, व्यायाम, पर्याप्त निद्रा, मनोरंजन आदिबाट रोगसँग लड्ने क्षमता बढाउनु पर्दछ |

Facebook Comments