२४ जिल्लामा फैलियो कोरोना संक्रमण

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २४ जिल्लाका संक्रमित पाइएका छन् । कुल संक्रमित संख्या भने २ सय ५८ छ । शुक्रबार बिहान मकवानपुरमा पहिलो पटक एक जनामा संक्रमण भेटिएसँगै २४ जिल्लामा संक्रमण फैलिएको हो । शुक्रबार बिहानै बाँकेको नरैनापुरका ८ जनामा संक्रमण देखिएको छ ।

कोरोना संक्रमण देखिएका जिल्ला [रातोमा]

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार हालसम्मका संक्रमितमा २ सय ९ पुरुष र ४९ जना महिला छन् । तीमध्ये ३६ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । संक्रमित धेरैजसो २० देखि ५० वर्ष उमेर समूहका छन् ।

संक्रमण देखिएका २४ जिल्लामध्ये तराईका मात्रै १७ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । अहिलेसम्म तराईका मोरङ, सुनसरी, सिरहा र दाङमा कोरोना संक्रमण देखिएको छैन । अहिलेसम्म सबैभन्दा बढी पर्सामा ८५ जनामा कोरोना संक्रमण देखिएको छ । पर्सामा संक्रमण पुष्टि भएकामध्ये ३ जना निको भएका छन् ।

त्यस्तै कपिलवस्तुमा ३९, बाँकेमा ३३, उदयपुरमा ३२, रुपन्देहीमा २८, काठमाडौंमा ८, कैलालीमा ४, बारा र रौतहट, बारा र धुनषामा ३–३ जनामा संक्रमण देखिएको छ । त्यसैगरी झापा, महोत्तरी, सर्लाही, चितवन, बागलुङ र भक्तपुरमा २–२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै सप्तरी, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, बर्दिया, कञ्ञ्चनपुर, धादिङ, भोजपुर र मकवानपुरमा एक–एक जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै निको हुनेहरुमा उदयपुरका १५, काठमाडौंका ५, कैलालीका ४, पर्साका ३, चितवन र बागलुङका २–२, तथा रुपन्देही, भोजपुर, कञ्चनपुर, झापा र रौतहटका एक–एक जना रहेका छन् ।

नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश र बिहारमा कोरोना संक्रमण बढिरहेकाले तराईका जिल्लामा संक्रमण बढिरहेको छ । तराईका अधिकांश संक्रमित भारतबाट फर्किएकाहरु रहेका छन् ।

बिहीबार १ हजार ३ सय ६३ नमुनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म पीसीआरबाट २२ हजार ६ सय ४४ नमुनाको परीक्षण गरिसकिएको छ । यस्तै, आरडीटी किटबाट बिहीबार २ हजार ८ नमुनाको परीक्षण गरियो । हालसम्म आरडीटीबाट ६२ हजार ३ सय २७ नमुनाको परीक्षण गरिएको छ ।

हाल मुलुकमा १५ हजार ६ सय जना क्वारेन्टाइनमा छन् । प्रदेश १ मा ८ सय २०, प्रदेश २ मा १ हजार ६ सय ९६, वाग्मतीमा १ सय ९, गण्डकीमा २ सय ८६, प्रदेश ५ मा ७ हजार ९ सय ५८, कर्णालीमा १ हजार ६ सय ४ र सुदूरपश्चिममा ३ हजार १ सय २७ जना क्वारेन्टाइनमा छन् ।

ताजा अपडेट

४ मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिइयो, कसको जिम्मामा कुन मन्त्रालय ? (विज्ञप्तिसहित)

काठमाडौं । सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी...

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हानेपछि….

एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

पछिल्लो २४ घण्टामा कति जना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

‘आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य’

काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई...

चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको...

चीनको क्रिप्टोकरेन्सी आक्रमणले विदेशिँदै कम्पनीहरु

बेइजिंग । बिटकोइन माइनरहरुले बेइजिंगको नयाँ क्रिप्टोकरेन्सी आक्रमणले चीनबाहिर काम गर्न खोजीरहेका छन् । विश्वको बिट्कोइन माइनिंगमध्ये दुई तिहाइ रहेको चीनमा पछिल्लो समय भने...

चर्चित