युवती जिस्काएको निहुँमा झगडा हुँदा सप्तरीमा १५ जना घाइते

काठमाडाैँ । प्रदेश नं २ स्थित सप्तरीमा युवती जिस्काएको निहुँमा झगडा हुँदा १५ जना घाइते भएका छन् । रुपनी गाउँपालिका ३ स्थित हर्दिया कटैयामा १६ बर्षीया युवतीलाई जिस्काउँदा दुई पक्षबीच भएको झगडामा १५ जना घाइते भएका हुन् ।

घाइतेहरुको हाल राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा उपचार भइरहेको तथा घटनाको थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

स्थानीय १६ बर्षिया युवतीलाई स्थानीय युवाहरुले जिस्काएपछि बिहिबार राति भएको झगडामा युवती पक्षका ८ जना र युवक पक्षका ७ जना गरि १५ जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेहरुमा युवती पक्षका दिनेश सरदार ,छोटेलाल सरदार ,वसन्त सरदार लगायत रहेका छन । त्यस्तै युवक पक्षबाट दिपेन्द्र मुखिया ,लक्ष्मण मुखिया ,सकलदेव मुखिया सहितका व्यक्तिहरु समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

Facebook Comments