एजेन्सी | बलिउड फिल्मी क्षेत्रका चर्चित अभिनेता वरुण धवन यतिबेला विवाहको तयारीमा जुटेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनले यसै महिना आफ्नो लामो समयदेखिकी प्रेमिका नताशा दलालसँग बिहे गर्न लागेका हुन् ।
वरुण र नताशाको बिहे अलीबागको एक फाइभ स्टार होटलमा हुनेछ । उनिहरुको विवाहको तयारी पनि सुरु भइसकेको छ । वरुण धवनले अलिबागको फाइभ स्टार होटल बुक गरिसकेका छन् र यसका लागि केही एडभान्स पेमेन्ट पनि दिएका छन् ।
विवाहमा झन्डै २ सय मानिसहरुलाई निम्त्याउने तयारी वरुणले गरिरहेका छन् । तर विहेको मिति भने अहिलेसम्म फाइनल भइसकेको छैन । यो जोडी लामो समयदेखि प्रेम सम्बन्धमा रहेकाले पनि विवाहको प्राय चर्चा भइ नै रहेको थियो ।
वरुणका अनुसार नताशाले उनलाई सुरुमा धेरैपटक अस्विकार गरेकी थिइन् । तर, पछि लगातारको प्रयासपछि नताशा पनि प्रेम सम्बन्धमा रहन तयार भएकी हुन् ।
केहि समय अगाडि नताशालाई पहिलोपटक देख्दा त्यतिबेला उनी ६ कक्षामा पढ्दै गरेको र ११ र १२ कक्षासम्म एकअर्काको मिल्ने साथी हुँदा त्यसको केही समयपछि नताशालाई मन पराउँन थालेको वरुणले बताएका थिए ।
Facebook Comments