बाघको छालासहित एक जना पक्राउ

काठमाडाैं । महानगरीय अपराध महाशाखाले बाघको छाला कारोबार गर्ने एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा लम्जुङकाे दुधपोखरी गाउपालिका-२ घरभइ काठमाडाैंकाे तारकेश्वर नगरपालिका-९ बस्ने ५३ वर्षका वृष राज घले रहेका छन् ।

बालाजु एरियामा बाघको छाला अबैध रुपमा बिक्रिवितरण गर्नको लागि लुकाई छिपाई राखेको बिशेष सुचनाको आधारमा महाशाखाबाट खटिएकाे टाेलीले उनलाई मंगलबार साँङ पक्राउ गरेकाे हाे ।

पक्राउ परेका घलेकाे साथबाट ६ फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको प्रतिबन्धित बाघको छाला बरामद भएकाे महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार यसबारे थप अनुसन्धान तथा आवश्यक कारबाहिको लागी जिल्ला बन कार्यालय हात्तिसार, काठमाडौं पठाईएको छ ।

Facebook Comments