कोरोना खोप खरिदका लागि दाताकाे खाेजिमा सरकार

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गरी निःशुल्क वितरण गर्न दाहाहरु गुहारेको छ । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर कोरोना खोप कोषमा रकम जम्मा गरिदिन दाताहरुलाई आह्वान गरेको हो ।

दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संघ संस्थाहरुलाई कोरोना खोप कोषमा रकम जम्मा गरिदिन मन्त्रालयले भनेको छ ।

खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरुलाई निःशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएको भन्दै मन्त्रालयले दातृ निकाय र परोपकारी संस्थाहरुलाई गुहारेको हो ।

रकम संकलन गर्न टेकुस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको खाता नम्बर १७००१००१०२०६०००० सार्वजनिक गरिएको छ ।

Facebook Comments