काठमाडौं । प्रतिनिधि सभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेको रिटकाे सुनुवाई गर्ने संबैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले सपना प्रधान मल्ललाई सहभागी गराएका छन् ।
वरिष्ठ अधिवक्ताहरुले न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएपछि उनले ‘मुद्दा नहेर्ने’ भन्दै ईजलाश छाडेका थिए । गत बुधबारको संवैधानिक इजलासबाट कार्कीले बाहिरिने निर्णय गरेपछि प्रधान न्यायाधीश राणाले कसलाई सहभागी गराउँलान् भन्ने चासो थियो ।
प्रधानन्यायाधीश जबराले बुधवार कार्कीको ठाउँमा सपना मल्ललाई तोकेका हुन् । संवैधानिक ईजलाशमा प्रधान न्यायाधीश जबरा, सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।
आजको इजलासमा संसद विघटनविरुद्धको रिटको सुनुवाई संबैधानिक इजलासमै हुने या बृहत पूर्ण इजलासमा गर्ने भन्ने टुंगो लगाउने अनुमान गरिएको छ ।
Facebook Comments