काठमाडौँ । सरकारले काठमाडौँमा मात्रै १० हजार जनाको कोरोना परीक्षण गर्ने तयारी गरेको छ ।
बिहीबार (आज) बाट कोरोना परीक्षण गर्न गरी राहत वितरण गर्ने स्वयमसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मीलगायतको कोरोना परीक्षण गर्ने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै क्रममा आज पहिलो दिन कालीमाटी तरकारी बजारमा रहेका तरकारी व्यापारीको नमूना संकलन गरेर परीक्षण गर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबैलाई लाइनमा राखेर पहिलो व्यक्तिको पीसीआर परीक्षण हुनेछ भने त्यसपछिका दुईजनाको आरडीटी परीक्षण हुनेछ । चौथो व्यक्तिको फेरि पीसीआर परीक्षण हुनेछ । कोरोना परीक्षणमा कसैलाई पोजेटिभ देखिएमा उसको कन्ट्याक ट्रेसिङ गरेर पीसीआर गर्ने बताइएको छ ।
नेपालमा हालसम्म २४६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबैक अवस्था स्थिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Facebook Comments