विराटनगर । प्रदेश-१ मा २४ घण्टामा ६७ जना कोरोनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
सामाजिक विकास मन्त्रालयका अनुसार ४६० जनाको पीसीआर परीक्षण गरिएकोमा ३७ महिला र ३० पुरुषलाई कोरोना भाइरसको संक्रसमण पुष्टि भएको हाे ।
थपिएका सङ्क्रमितमा मोरङका ३१, विराटनगरका १६, झापाका १८, सुनसरीका पाँच, तेह्रथुम, ताप्लेजुङ र उदयपुरका दुई-दुई, सङ्खुवासभा र भोजपुरमा एक- एक जनाा र प्रदेश बाहिरका पाँच जना रहेको मन्त्रालयले जनामएको छ ।
प्रदेशमा कोरोना सङक्रमितको सङ्ख्या हालसम्म २८ हजार ८७९ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा आज ५९ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।
Facebook Comments