भारतबाट एक लाख मजदुर नेपाल भित्रँदै, संक्रमण भयावह हुन सक्ने

काठमाडौं। भारत सरकारले लकडाउनकै बीचमा मंगलबारदेखि रेलसेवा सञ्चालन गरेलगत्तै भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका झण्डै एक लाख मजदुरले नेपाल भित्रने तयारी गरेका छन् ।

सम्भवत दुई–तीन साताभित्र उनीहरु नेपाल आउन सक्ने जनाइएको छ । उनीहरु नेपाल भित्रिएसँगै सरकारले बोर्डर क्षेत्रमा व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न नसकेमा नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुन सक्ने चिकित्सकले बताएका छन् ।

विशेषगरी, नेपाली मजदुर र आफ्नै देशका मजदुरलाई घर फर्काउन भारतले रेलसेवा सुरु गरेको हो । राजधानी दैनिकबाट

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.