काेराेना संक्रमणकाे बीमा गरे कति पाइन्छ?

काठमाडौं। नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् ।

गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले सुरु गरेको कोरोना बिमाबाट २ करोड ८७ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।

मुलुकभर कोरोनाका कारण बिरामी बढेसँगै कोरोना बिमा गर्नेको संख्या बढेको छ । एक हजार रुपैयाँमा बिमा गरेपछि एक लाख रुपैयाँ प्राप्त हुने भएकाले यसप्रति आर्कषण बढेको हो ।

Facebook Comments