नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुग्यो

काठमाडौ । थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौ विश्व विद्यालय शिक्षण अस्पताल धुलिखेलमा गरिएको पिसीआर नमूना परीक्षणमा नेपालगञ्ज ९ का ३६ वर्षीय पुरुष र काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु जिल्ला, कपिलबस्तु नगरपालिका वडा नं ५ निवासी २२ पुरुष भएको बुझिएको छ ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ताका डा.समिर कुमार अधिकारीले जानकारी गराए । नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ ।

Facebook Comments