कोरोना संक्रमितको उपचारमा रगत पातलो बनाउने औषधि

काठमाडौं । अमेरिकामा कोरोनाभाइरस संक्रमितको उपचारमा रगत पातलो बनाउने औषधि समेत प्रयोग गरिएको खुलासा भएकाे छ । संक्रमितको रगत बाक्लो हुँदै डल्लो नै परेको पाइएपछि चिकित्सकहरुले रगत पातलो बनाउने औषधि पनि प्रयोग गरेको पाइएको छ ।

चिकित्सकहरूका अनुसार रगत पातलो बनाउने औषधि सामान्यतया हृदयघात भएपछि ‘प्राइमरी एन्जियोष्लाष्टि’ हुन नसक्ने अवस्थामा मुटुसम्म रगत पास गर्न चलाइने गरिएकोमा त्यहाँ कोरोनाको उपचारमा पनि रगत पातलो बनाउने औषधि प्रयोग गरिएको खुलेको हो ।

जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजीको प्रतिवेदनमा कोरोनाका गम्भीर रोगीको शरीरमा रगतको डल्ला बनिरहेको र त्यसले ज्यान लिने गरेपछि रगत पातलो बनाउने औषधि चलाइएको उल्लेख छ । उक्त औषधि चलाइएपछि आधा जस्तो संक्रमित मृत्यु हुनबाट जोगिएका छन् ।

माउन्ट सिनाई कार्डियोभास्कुलर इन्स्टिच्युटका प्रमुख डाक्टर भ्यालेन्टाइन फोस्टरका अनुसार रगत पातलो बनाउने औषधि दिँदा मर्नेको संख्या घटेर आधा भएको छ । अमेरिकाको एटलान्टा राज्यको एमोरी युनिभर्सिटी हेल्थ सिस्टमअन्तर्गतका १० अस्पतालमा भर्ना भएका मानिस रगतमा डल्लो परेर मरेको पाइएको बताइएको छ ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.