उपत्यकामा थपिए १ हजार ७ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ७ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा ४ सय ५४ महिला र ५ सय ५३ पुरुष काेराेना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ७९ , भक्तपुरमा ८५ र ललितपुरमा १ सय ४३ जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा आज थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ३ हजार ४३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २ हजार ६७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।

Facebook Comments