कास्की । कास्कीकाे पोखरामा सोमबार प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा-२८ कालीकाका ३८ वर्षीय राजु नेपाली रहेका प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा यात्रु काठमाडौं बूढानीलकन्ठ नगरपालिका-२ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी छिन् । उनकाे छाति र खुट्टामा चोट लागेकाे छ।
ल्यान्डिङ गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटनामा परेकाे प्रहरीले जनाएकाे छ ।
फेवातालको सिरान खपौदी क्षेत्रमा ल्यान्ड गर्ने क्रममा सोमबार दिउँसो ल्यान्डिङ एरिया भन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दुर्घटनामा परेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।
Facebook Comments