१ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि, ३ हजार ४३ जना डिस्चार्ज

काठमाडाैं । नेपालमा आज थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा ३ हजार ४३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २ हजार ६७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।

यस्तै काेराेना भाइरसकाे संक्रमणबाट थप १६ जनाकाे मृत्यु भएकाे छ ।

याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या २ हजार ३ सय ३७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै हिजाे आइतबार थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

Facebook Comments