गृहमन्त्रीकाे कालापानी भ्रमण किन भयाे स्थगित?

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले दार्चुलामा पर्ने कालापानी तथा लिपुलेकको भ्रमण स्थगित गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकका कारण अन्तिम समयमा गृहमन्त्री थापाले भ्रमण स्थगित गरेका हुन् ।

आज बिहान ११ बजे बस्ने स्थायी कमिटिका कारण अन्तिम समयमा मन्त्री थापाले कालापानी भ्रमण स्थगित गरेका गृहमन्त्रालय स्रोतले जनाएको छ । उनले आफ्नो सट्टामा गृहमन्त्रालयका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई कालापानी भ्रमणमा पठाएका छन् ।

भ्रमण टोलीमा रेडियो नेपाल, नेपाल टेलिभिजनका केही पत्रकार पनि छन् ।

Facebook Comments