संसद् बजेट अधिवेशन बोलाउन सिफारिस

काठमाडौं । संसदको वजेट अधिवेशन बोलाउन सिफारिस गरिएको छ । सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हाे।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ ।

बजेट सार्वजनिक गर्नु अगाडि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नु पर्ने हुन्छ । संघीय संसद सचिवालयले संसदको बजेट अधिवेशन सञ्चालन गर्नका लागि आवश्यक तयारी लगभग पूरा भइसकेको जनाएको छ ।

मन्त्रिपरिषद बैठक शुरु, नीति तथा कार्यक्रमबारे छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनानुसार आइतबार मध्याह्न बोलाइएको बैठक केही समय अगाडिदेखि शुरु भएको हो ।

बालुवाटार स्राेतका अनुसार सरकारका नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न बैठक बोलाइएको छ। संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ भित्र सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक गरिसक्नु पर्ने हुन्छ ।

बजेट सार्वजनिक गर्नु अगाडि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नु पर्ने हुन्छ । हालसम्म शुरु भइसक्नुपर्ने संसदको बजेट अधिवेशन कोरोना भाइरसको महामारीका कारण शुरु हुन सकेको छैन ।

संघीय संसद सचिवालयले संसदको बजेट अधिवेशन सञ्चालन गर्नका लागि आवश्यक तयारी लगभग पूरा भइसकेको जनाएको छ । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री ओलीलाई भेटेरै जतिसक्दो छिटो संघीय संसदको बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न आग्रह गरेका छन् ।

लक्षणरहित कोरोना संक्रमण कसरी थाहा पाउने जनस्वास्थ्य विज्ञ डा. पाण्डेका टिप्स

अहिले विश्वमा २५ देखि ४० प्रतिशत लक्षणबिहीन कोरोना संक्रमण फैलिएको छ । अचानक उच्च ज्वरो आउनु, लहरेखोकी जस्तो सुख्खा खोकी लाग्नु, बोल्दा तथा सुत्दा पनि सास फेर्न गाह्रो हुनु, एकदम जाडो हुनु, बान्ता आउनु, पखाला लाग्नु तथा असाध्यै थकाइ लाग्नु कोरोना संक्रमणका लक्षण हुन् ।

सुरूमा यी लक्षणहरु देखिएर बिरामी थला पर्ने, अस्पताल जाने तथा परिक्षण खोज्ने प्रचलन थियो र अहिले पनि छ । तर पछि लक्षण नै नदेखिने कोरोना संक्रमणले मान्छेमा थप त्रास उत्पन्न गराएको छ । अनुसन्धानले बताए अनुसार लक्षण नदेखिने कोरोना संक्रमणमा पनि केहि संकेत देखिन्छ । जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेका अनुसार निम्न संकेत देखिन्छन् ।

१. सामान्य ज्वरो आउनु
२. गन्धमा हल्का कमी महसुष हुनु
३. थकान हुनु, मांशपेशी तथा टाउको दुख्नु
४. कहिलेकाँही रुघाखोकी लाग्नु, नाक बन्द हुनु
५. सास फेर्न खासै गाह्रो नहुनु
६. आफ्नो दिनचर्यामा खासै फरक नपर्नु, खानामा रुचि नघट्नु
७. दिक्क लाग्नु, रुने मन लाग्नु

यस्ता लक्षण ८५ प्रतिशत व्यक्तिमा आफै हराउँछन् । परीक्षण गर्दा पोजिटिभ देखिन्छ । अधिकांश व्यक्तिमा १ महिनापछि समेत जाँच गर्दा एन्टिबोडी पोजिटिभ देखिन्छ ।

बाँकी १५ प्रतिशत मध्ये आधा ४ हप्ता आइसोलेसनमा बसेपछि, लाक्षणिक उपचार गरेपछि निको हुन्छ भने अन्य बाँकी ७.५ प्रतिशतलाई आइसीयु / भेन्टिलेटर चाहिने हुनसक्छ । लक्षणबिहीनको मृत्युदर पनि २ देखि ३ प्रतिशत छ ।

लक्षणबिहीन बिरामीले रोग कसरी सार्छ त भन्ने जिज्ञासा आम मान्छेमा छ । लक्षणबिहीन संक्रमितलाई खोकी वा हाच्छ्युं नआएपनि उसले सास फ्याँक्दा तथा कुरा गर्दा आँखाले देख्न नसक्ने कणहरु सतहमा, नजिक हावामा, उसले छोएका ढोकाको ह्यान्डिल, चुकुल, रेलिंग, भाँडाकुँडा, टावेल आदिबाट अरु व्यक्तिलाई रोग सार्दछ ।

७० बर्ष माथि उमेर भएका व्यक्ति, मुटु / फोक्सो / मृगौलाको खराब स्थिति भएका, इम्युन डिफिसिएन्सी भएका, स्टेरोइड सेवन गरिरहेका तथा अंग प्रत्यारोपण गरेका व्यक्ति जोखिम मानिन्छ ।

त्यसैले यी अवस्थाका बिरामी संक्रमणबाट बच्नको लागि आफ्नै घरमा पनि परिवारका सदस्यसंग दुरी कायम गरेर बस्नुपर्ने हुन्छ | मुख्य कुरा त इम्युनिटी पावर नै हो | पोषिलो खाना, व्यायाम, पर्याप्त निद्रा, मनोरंजन आदिबाट रोगसँग लड्ने क्षमता बढाउनु पर्दछ |

गजल

मुखामुख गरिरहेछन् सरकारका मान्छेहरु
खै के गर्दै होलान् बालुवाटारका मान्छेहरु

उता छिमेकी राष्ट्रले फेरि लिपुलेक लुटेछ
यता थाहा पाउँदैनन् सिंहदरबारका मान्छेहरु

उर्लिदो भेल आएर घर बगाउन थालेपछि
डराउँदै बस्छन् नदी किनारका मान्छेहरु

काखबाट बच्चा हराउँदा थाहै पाउदैनन्
धेरै ब्यस्त रछन् शहर बजारका मान्छेहरु

आफ्नो स्वार्थको लागि देश बेचिसकेछन्
खुब स्वार्थी रहेछन् यो संसारका मान्छेहरु

बबिता भुजेल
खोटाङ, हाल-बिराटनगर

कोरोना र साम्प्रदायिकता: भाइरस विरुद्धको लडाई एकसाथ लडनु पर्छ

लभ कुमार यादव
विश्वभरीका मानिसहरुबीच कोरोना भाइरस (कोभिड-१९) ले डर त्रासको उत्पति गरेको छ। मान्छेहरु एक अर्का सँग समाजिक दुरी कायम गरी आफनो जीवन भाइरसको संक्रमणबाट जोगाउन खोजी रहेको छ ।

सम्पूर्ण मान्छेलाई आफ्नो जीवन मृत्यूको सिमारेखा नजिक रहेको आभास भइरहेको छ।नेपाल कोरोनाको उच्च जोखिमको सम्भावना भएको देशहरु मध्ये पर्दछ।

हालसम्म गरिइएको रैपिड परिक्षणमा ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिइएको छ। मान्छेहरुलाई आफ्नै ज्यानको अहिले कुनै ग्यारेन्टी छैन।

देश दिन-प्रतिदिन जोखिम अवस्थामा गईरहेको छ तथापी नेपालीहरु विषम प्रस्थिति र भाइरसले ल्याउन सक्ने जोखिमको ख्याल नगरी आपसी मतभेद, विवाद, भ्रस्टाचार, बालात्कार, घरेलु हिंसा तर्फ लागेका छन।

कोरोना भाइरसको संक्रमण बिभिन्न जात, धर्म, वर्ग र क्षेत्रको मान्छेहरुमा देखिएको छ। कोरोनाले कुनै पनी जात/धर्म/सम्प्रदाय, क्षेत्र वा वर्गलई छाडेको छैन। यसको संक्रमण हरेक व्यक्ति, ठाउ,क्षेत्र, सम्म फैलिन सक्छ। यसले धनीको पनी ज्यान लिन सक्छ र गरिबको पनि , यसले शक्तिशाली व्यक्तिको पनी ज्यान लिन सक्छ र गरिबको पनि ।

यसले पुरुषको पनी ज्यान लिन सक्छ र महिलाको पनी यसले वृद्धको पनी ज्यान लिन सक्छ र व्यस्कको पनी।कोरोना भाइरस कुनै जातीय/लैङगिक वा सम्प्रदायिक भाइरस होइन । यसले न कुनै हिन्दुलाई छाडछ न मुस्लिमलाई, न क्रिस्चियनलाई न बुद्धिस्टलाइ, न शिखलाई न ईसाईलाई र न कुनै नास्तिकलाई। यसको सम्पर्कमा आउने सम्पूर्णको जीवन कष्टकार बनाउने छ। कोरोनाको प्रभाव विश्वव्यापी रुपमा देखिएको छ ।

कोरोना संगको लडाई कुनै एक,व्यक्ति समाज वा देश ले एक्लै लडन सक्दैन यस लडाईमा सम्पूर्ण मानव जगतको साथ सहयोग र आफनो –आफनो सामाजिक/मानवीय जिम्मेवारी कर्तव्यको निष्ठापूर्वक निर्वाह गर्नु अति आवश्यक देखिन्छ। कतिपय मान्छेहरुले त कोरोना भाइरस लाइ पनी सम्प्रदायिक रोगको संज्ञा दिएका छन।

कोरोना भइरसलाई मुस्लिम भर्सेज हिन्दु बिचको लडाई भन्नेर पनि गाउ घर तिर मान्छेहरु बुझी रहेको छ। विभिन्न मान्छेहरु सामाजिक संजाल/मिडिया हरुको माध्यमबाट सम्प्रदायिक विवाद उत्पन्न गर्नमा दिनरात लागि रहेका छन। हिन्दु,मुस्लिम भएका गाउँ/समाज/देशहरुमा मुस्लिमहरुलाई अपराधीको नजरले हेर्न शुरु गरिएको छ। हिन्दु र मुस्लिम बीच अहिले नफरतको सम्बन्ध मात्र देखिन्छ I

उनीहरुमाथी नराम्रो कमेन्ट गरिन्छ। उनीहरुलाई शंकाको दृष्टिकोण ले देखिन्छ । उनीहरु बर्षौदेखि बस्दै आएको आफ्नै सामाजमा पनि उनीहरुसंग फरक किसिमको व्यवहार गरिन्छ । मुस्लिम सामुदायहरुमाथि भइरहेको व्यवहार पूर्ण रुपमा निन्दनिय र अमानवीय व्यवहार हो। कोरोनाले गर्दा हिन्दु- मुस्लिम बीच बढ्दै गइरहेको दुरीको समीक्षा समाजले यथाशिघ्र गरि न्यूनीकरण तर्फ लाग्नुपर्छ।

म मान्छु कि लकडाउनको बेला दिल्लीमा भएको जमाती सम्मेलनमा भाग लिनु मुस्लिम साथीहरुको कानुन बिपरित कदम थियो। त्यो सम्मेलन गर्नु र त्यसमा भाग लिनु दुईटै अपराधीक कार्य थियो।

जमाती सम्मेलनमा थुप्रै देशका मुस्लिमहरुको प्रतिनिधित्व थियो । तर प्रतिनिधित्वको अधारमा सम्पूर्ण मुस्लिमलाई दोषी मान्नु र शंकास्पद नजरले हेर्नु भनेको बुद्ध जन्मेको देशमा सबै बोधित्व प्राप्त गरेको माने जस्तै हुन्छ।

त्यो सम्मेलनमा भागलिने मुस्लिमहरुलाई समातेर क्वारेन्टाइनमा राखी कानुनसंगत सजाय दिनु पर्छ । उनीहरुले गरेको काम हिन्दु, मुस्लिम, शिख, इसाई, सम्पूर्ण मानव समाजको विरुद्ध थियो उनीहरु सजाय पाउनु पर्छ । तर, केही प्रतिनिधीको आधारमा सम्पूर्ण मुस्लिमहरुलाई शंकास्पद, फरक नजरले हेर्नु भनेको विश्वस्तरमा हिन्दु मुस्लिमबीच सम्प्रदायिक विवादको वीजारोपण गर्नु हो ।

उचित समयमा नै समाजका व्यक्तित्वहरु, सञ्चारकर्मि, सामाजिक कार्यकर्ता, सरकारले ग्रासरुट लेभलमा हालको यथास्थितिको अध्ययन गरी हिन्दु-मुस्लिम बीच हरेक दिन द्रुत गतीमा बढदै गइरहेका समवेगताम्क दुरी र शंकास्प्द नजरको समीक्षा गरी यसमाथि नियन्त्रण गर्ने अभ्यासहरुको थालनी गर्नु पर्छ।

यदि समयमा नै नियन्त्रण गरिएन भन्ने विभिन्न ठाउँ ठाउँमा हिन्दु –मुस्लिमबीच विवाद हुदै सम्पूर्ण विश्वमा हिन्दु-मुस्लिमवीच साम्प्रदायिक लडाई समेत हुन सक्नेछ।

तसर्थ सबै जना साम्प्रदायिक बुझाइ को अन्त्य गरि एक साथ कोरोना विरुद्धको लडाई लडनु पर्छ । यो हिन्दु मुस्लिमबीचको लडाई हैन । यो भाइरस र मानबबीचको लडाई हो। सबै जना सामूहिक रुपमा लडे मात्र यो मृत्यूरुपी कोरोना भाइरसमाथि विजय सम्भब छ।

आखिर कहाँबाट आउँछ नयाँ नयाँ भाईरस ?

डा. रामदेव पंडित

हाल कोरोना कोभिड १९ भाईरस वैश्विक महामरीको रुपमा देखिएको छ । चीनबाट सुरु भएको कोभिड १९को इपिडिमिकले विस्तारै महामारीको रुप लियो । आयुर्वेदमा ‘ईपिडिमिक’लाई जनपदोध्वंश भनिएको छ । पञ्चभौतिक विश्वमा विकृत वायु (एयर पोलुसन), जल (वाटर पोलुसन), माटो (ल्यान्ड पोलुसन) र काल (मौसम/समय) लाई जनपदोध्वंशको कारण बताईएको छ ।

जनपदोध्वंशमा पञ्चतत्व (आकाश, वायु, तेज, जल र पृथ्वि) मध्ये कहिले पनि विकृत नहुने आकाश र अग्नि बाहेक अन्य तीन तत्व विकृत हुने हुन्छ । यसरी पर्यावरणीय तत्वहरुमा विकृति आएपछी पर्यावरण नयाँ बन्छ जहाँ नयाँ नयाँ प्रजातिको जीवाणु (भाईरस, ब्याकटेरिया, आदि) प्रकट हुन्छ, जीवाणु नयाँ उत्पन्न हुने होईन, पहिले देखि अस्तित्व रहेको जीवाणु प्रकट मात्र हुने हो । कोभिड १९ पनि यही प्रकृयाबाट नै प्रकट भएको हो ।

अमेरिकी लेखिका मेरी क्लेर एरियटका अनुसार, पृथ्वीमा अनुमानित पाँच नौ निलियन (३० वटा शून्य) ब्याक्टेरिया छन्, जुन यस ब्रह्माण्डमा भएका ताराहरूको संख्याभन्दा पनि ज्यादा हो । पृथ्वीमा भएका ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा लगायतका सूक्ष्म जीवाणुहरुको तौल संसारभरका सम्पूर्ण वनस्पति, जीवजन्तुको कुल तौलभन्दा बढी छ । आधुनिक सुक्ष्मजीव विज्ञानले अहिले सम्म एक प्रतिशत जीवहरुको बारेमा मात्र पहिचान गर्न सकेको छ । उपयुक्त वातावरण पाउने वित्तिकै नयाँ नयाँ प्रजातिका जीवाणु वायुमण्डलबाट प्रकट हुनेहुन्छ र रोग वा महामारी आकर्षित हुन्छ ।

स्तनधारीप्राणी मानवको बायालोजिले केही प्रजातिका जीवाणुलाई सहअस्तित्वमा संरक्षण गरेको हुन्छ, जो मानव स्वास्थका लागि हानिकारक हुँदैनन् । यसैगरी अन्य प्रजातीका प्राणीहरुमा फरक फरक प्रकारको जीवाणु सहअस्तित्वमा बसेको हुन्छ ।

जब मानवजातिले अन्य प्राणीलाई भोजनको रुपमा ग्रहण गर्दछ । त्यसपछी त्यो मानवीय वायोलोजीमा प्रवेश पाउँछ । प्रवेश पाएको जीवाणु यदि मानव वायोलोजीमा स्विकार भए केही हुँदैन तर अस्विकार गरे त्यो जीवाणुले रोग लगाउँछ र महामारीको रुप लिनसक्छ । कोभिड १९ ले पनि यसरी नै महामारीको स्वरुप प्राप्त गरेको देखिन्छ । विभिन्न माध्यमबाट नयाँ जीवाणुले शारीमा प्रवेश गर्दछ । शरीर जीवाणु विरुद्ध खरो उत्रिन्छ तर शरीरले जीवाणुलाई परास्त गर्न सक्दैन किन कि शरीरसँग भएको हतियारले नवजीवाणुलाई परास्त गर्न सम्भव हुन्न । शरीरमा नवजीवाणुसँग लड्न एन्टीबडी बनीसकेको हुन्न ।

जनपदध्वंशको कारणमा समय (काल)को विकृति भनेको आजका मानवसमाजको खानपानको शैलीमा आएको विकृति पनि भनिएको हो । १ डिसेम्बर २०१९, चीनको वुहान सहरमा सर्प, चरा, चमेरा, लोखर्के, खरायो लगायतका वन्यजन्तुको मासु वा जिउँदो बेचबिखन हुने बजारमा काम गर्ने कामदारहरुमा निमोनिया जस्तो अज्ञात रोग देखा पर्याे ।

रुघाखोकी लाग्ने, उच्च ज्वरो आउने, श्वाँस–प्रश्वाँसमा समस्या हुने संक्रमितहरु एक्कासि बढ्न थाले । तीमध्ये केही मरे । पाँच हप्तापछि जनवरी ७ मा उक्त अज्ञात रोगको पहिचान गरियो कोभिड–१९ । जंगली मानव जब सभ्य एवं सांस्कृतिक मानव बन्यो त्यसपछी उसको सम्पूर्ण कुरामा परिवर्तन आयो ।

मानवको बुद्धि वंगारा र भर्मिफिक्स एपेन्डिक्स अवशेषक अंग (भेस्जियल अर्गेन)को रुपमा रुपान्तरित भयो । मानव जातिको एडेप्टिब्टिब्लिटि बदलियो । समग्रमा मानवको जैविक शरीर नै बदलियो । भन्नुको अर्थ सभ्य मानिसले जे पायो त्यही खाँदा पाच्य नहुने खालको जैविक शरिर बन्यो । जे पाए त्यही खाँदा त्यसबाट रोग आमन्त्रित हुन थाल्छ ।

त्यही रोग महामारीको रुपमा देखापर्न थाल्छ । चीनीयाहरुले खाने गरेको सर्प, चमेरो, लोखर्के, भ्यागुता, सांग्ला, पुतली, रेशम कीरा, विच्छी, माहुरी आदि कीराहरु आधुनिक मानवको जैविक शरीरको लागि स्विकार्य भोजन होइन । यसरी जे पाए त्यही खाँदा शरीरमा त्यही अनुसारको वातावरण निमार्ण हुन्छ । जहाँ नयाँ नयाँ जीवाणु प्रकट हुन्छ । नयाँ नयाँ रोग देखापर्छ जो महामारीको रुपमा विकास हुनसक्छ । कोभिड १९ पनि यसरी नै आएको देखिन्छ ।

चीनमा माओले रोगव्याधी नियन्त्रण गर्न थुप्रै उपाय अपनाएका थिए । उनको सबभन्दा चर्चित र अस्वाभाविक प्रस्ताव ‘चार जीव नियन्त्रण अभियान’ थियो, जसमा माओले रोगव्याधी फैलाउन सक्ने मुसा, झिंगा, लामखुट्टे र भंगेरा समुल नष्ट गर्न आह्वान गरेका थिए । माओको यो अभियानपछि दसौं लाख जीवजन्तु मारिए ।

यसले चीनको पर्यावरण असन्तुलित बनाएर भयंकर भोकमरी ल्यायो, जसमा दसौं लाख मान्छेको ज्यान गयो । पर्यावरणको असन्तुलन भनेको माटो, पानी र हावामा विकृति ल्याउनु हो ।

फलतः नयाँ वातावरण निमार्ण हुन्छ जहाँ नयाँ खालको जीवाणु प्रकट हुन्छ र रोग आकर्षित हुन्छ । चौधौं शताब्दीमा युरोपभरि फैलिएको ‘ब्ल्याक डेथ’ अर्थात् प्लेग रोगलाई यसैगरी वर्णन गरिन्छ ।

यो मानव इतिहासकै ठूला महामारीमध्ये एक हो, जसले युरोपमा ६० प्रतिशतभन्दा बढीको ज्यान लियो । दुई हजार वर्षको इतिहास हेर्ने हो भने, संसारमा प्लेगका तीन ठूला महामारी फैलिएका छन्, जसले करिब २० करोड मान्छेको ज्यान लिएको थियो । पहिलो महामारी छैठौं शताब्दीमा फैलिएको थियो ।

त्यति बेला ‘बाइजानटाइन’ भनिने पूर्वी रोमन साम्राज्यमा सम्राट जस्टिनियन प्रथमको शासन थियो । दोस्रो महामारी चौधौं शताब्दीमा एसियाबाट सुरू भएर मध्यकालीन युरोपभरि फैलियो, जसलाई ‘ब्ल्याक डेथ’ का रूपमा चिनिन्छ ।

र, तेस्रो महामारी उन्नाइसौं शताब्दीमा चीनबाट सुरू भएर एसियाका अन्य भाग र अमेरिकासम्म फैलिएको थियो ।
अतः आजका मानिसलाई प्रविधिको विकासमार्फत संसार जितेको भ्रम छ तर प्रकृति विरुद्धको जीवनशैलीबाट उत्पन्न प्राणघातक र तीव्र फैलावट दुवै भएको एउटै भाइरस मानिस जातिको बर्बादीका लागि काफी हुन्छ ।  (मधेश दर्पण फिचर सेवा)

महाधिवेशनको मिति घोषणा गर्ने अनि विभागहरू बनाउने ?

नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी राष्ट्रियसभामा कांग्रेसको तत्कालीन सचेतक सरिता प्रसाइँ पार्टीभित्र स्पष्ट वक्ताका रुपमा लिइन्छ । चित्त नबुझेको कुरा नेताहरूका अगाडि राख्न सक्ने नेतृ प्रसाइँले राष्ट्रियसभामा राम्रो भूमिका निभाएकी थिइन् । राष्ट्रियसभामा कांग्रेसले गरेका कामकारबाही र १४औँ महाधिवेशनका विषयमा नेतृ प्रसाइँसँग गरिएको कुराकानीको सम्पादित अंश :

० राष्ट्रियसभामा तपाईहरूको कार्यकाल कस्तो रह्यो ? अनुभव र काम के गर्नुभयो ?
– संविधान आएपछि हाम्रो पहिलो अनुभव रह्यो । राष्ट्रियसभामा जाँदा कस्तो हुन्छ ? के हुन्छ भन्ने खुलदुली नै थियो । प्रतिनिधिसभा र राष्ट्रियसभाको फरक के थियो भनेर पनि हामीलाई खुलदुली नै थियो । राष्ट्रियसभामा गइसकेपछि त्यसको औचित्य अर्कै किसिमको हुन्छ भन्ने खालको कुराहरू सुनिरहेका थियौँ । राष्ट्रियसभाको मर्यादा राख्न सक्छौँ कि सक्दैनौँ, जनताले चाहे जस्तो खालले हामीले यसलाई अगाडि बढाउन सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न हामीलाई थियो । सत्ता पक्षको ठूलो बहुमत भएको बेलामा हामीले कसरी उनीहरूलाई ट्याकल गर्ने भन्ने हिसाबमा पनि हामीलाई चुनौती थियो । राष्ट्रियसभामा जसरी हामीले सोचेर गएका थियौँ त्योभन्दा राम्रो रुपले नै अगाडि गयौँ । समग्रमा भन्नु पर्दा राष्ट्रियसभालाई हामीले राम्रोसँग सञ्चालन गर्न सफल भयौँ ।
० राष्ट्रियसभामा तपाईले काम गर्यौँ भन्नु भयो । तर, कांग्रेसले राम्रोसँग भूमिका खेल्न सकेन भनेर आरोप त आइरह्यो नि ?
– विधेयकमा कांग्रेसले राम्रोसँग भूमिका खेल्न सकेन भन्नु अलिक अप्ठेरो हुन्छ कि जस्तो लाग्छ । प्रतिनिधिसभाबाट पारित भएर आएका विधेयकहरू राष्ट्रियसभाबाट फिर्ता पनि भएका छन् । राहदानी विधेयक फिर्ता भएको छ । राहदानी विधेयक प्रतिनिधिसभाबाट पारित भएर आयो । राष्ट्रियसभा बन्द भएका कारण त्यो विधेयक तोकिएको समयभित्र हामीले छलफल नै नगरी राष्ट्रपति समक्ष पुग्यो । कांग्रेसले राहदानी विधेयकमा विरोध गरेको थाहा पाएर राष्ट्रपतिले राष्ट्रियसभाको सांसद राधेश्याम अधिकारीलगायतलाई बोलाएर यो कुरा ठीक छैन, हामीले यत्रो छलफल गरिहेको थियौँ । तर, राष्ट्रियसभामा पेश नै नभइकन यहाँ आएको हुँदा यो कुरा मान्दैनौँ भन्दा राष्ट्रपतिबाट पनि फिर्ता आयो ।
अर्को गुठी विधेयक सरकारले राष्ट्रियसभामा ल्यायो । हामीले यो विधेयक ठीक छैन, फिर्ता लैजाउभन्दा सरकारले मानेन । हामीले सरोकारवाला सबैलाई बोलाएर यो विधेयकमा यस्तो यस्तो छ भनेपछि सबै मान्छे सडकमा आएर विरोध गर्दा गुठी विधेयक पनि फिर्ता गर्नुप¥यो । त्यस्तै सरकारले मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश ग¥यो । मिडिया काउन्सिल विधेयक पेस हुँदा सरकारलाई हामीले भनेका थियौँ कि यो विधेयकमा जुन कुराहरू आएको छ त्यसले लेख्ने, पढ्ने सरकारका कुरा बाहिर ल्याउनुपर्ने मिडियाको काम सबैमा बन्देज लागाउने कुरा हुनु हुँदैन, यो कुरा मान्दैनौँ भनेपछि सरकारले यसलाई फिर्ता नलगेपनि छलफल गरेर सहमतिमा लगेर टुंग्याउने भनियो । आखिरमा सहमतिमा लैजान बाध्य बनायौँ । सर्वसम्मतबाट नै विधेयक पास भयो । यसलाई काम गरेको भन्ने कि नगरेको भन्ने ।
सरकारले नेपाल ट्रष्टको ऐन नै संशोधन गर्न प्रस्ताव ल्यायो । बैठकमा ऐन संशोधन गर्ने बेला कांग्रेसले ऐन नै संशोधन गरेर नीतिगत भ्रष्टाचारमा लाग्नुभयो । यो नगर्नुस् भनेर हामीले ठूलो दवाव दियौँ । सत्तापक्षले बहुमतको आधारमा ऐन पास गरेपछि जनताले उहाँहरूलाई नाङ्गै पारेका छन् । विधेयकहरूमा कांग्रेसले राम्रो रोल नगरेको भए ती कुरा बाहिर आउने थियो त ? आउने थिएन । भूमि विधेयक प्रतिनिधिसभाबाट पास भएर राष्ट्रियसभामा आयो । गौचरणलाई पनि लिजमा दिने भन्ने थियो । त्यस्ता कुराहरू हामीले श्रङ्खलाबद्ध रुपमा हेरेर त्यसो गर्न पाइँदैन भनेर राष्ट्रियसभामा कांग्रेसले रोक्यो ।
० पार्टीभित्रको विवाद राष्ट्रियसभामा देखियो कि देखिएन ?
– देखिएन । पार्टीभित्रको लडाइँ भनेको पार्टीभित्रको आन्तरिक लडाइँ भयो । यो भनेको त जनतासँग र विधेयकका कुरा भयो । राज्य चलाउने कुरा भयो । देश र जनताको कुरामा यो तेरो, यो मेरो भन्ने कुरा नै आउँदैन । राष्ट्रियसभामा गुटको प्रभाव परेन । प्रभाव पर्नुपनि हुँदैन ।

१४औँ महाधिवेशनको मिति तोकिएपछि सबै कुरा एकलौटी ढंगले पेलेर लैजान खोज्दा मान्न सकिँदैन । कांग्रेस पार्टी सबैको हो । पार्टी सबैको भएका कारणले गर्दा सभापतिले असन्तुष्ट पक्षलाई मिलाएर लैजानुपर्ने थियो । कम्युनिस्टहरूको दबदबा भएको बेलामा कम्युनिस्टसँग लड्नुपर्ने बेलामा पार्टीभित्रको लडाइँ कति लडिरहनुपर्ने हो ? हामी आएदेखि पार्टीभित्र लडाइँ लडिरहेका छौँ । महाधिवेशनको मिति घोषणा गर्ने अनि विभागहरू बनाउने, केन्द्रीय सदस्यहरू थप्ने कार्य गर्नु हुँदैन भन्ने हो । थप्ने कार्यमा पनि हाम्रो आपत्ति होइन । आएका साथीहरू पनि कांग्रेस नै हुन् । सिष्टमका लागि त्यो कुरा राम्रो भएन भन्ने हो ।

० प्रसंग बदलौं, कांग्रेसको १४औँ महाधिवेशन शुरु भइसकेको छ । सभापति शेरबहादुर देउवाले विभाग गठनदेखि केन्द्रीय सदस्य धमाधम बनाइ रहनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कारसम्मका गतिविधि थालेको छ । यसरी त पार्टीको महाधिवेशनलाई असर गर्दैन र ?
– १४औँ महाधिवेशन तोकिएको समयमा भएन भने पार्टी धरापमा पर्छ । तोकिएको समयमा महाधिवेशन गर्नुपर्छ । सभापतिको अधिकार थियो होला । सभापतिले महाधिवेशन सम्पन्न भएको ३–४ महिनाभित्रमा सबै काम गर्नुपर्ने थियो । त्यस बेला नगरे पनि अलिक पछाडि आएर गर्नुपर्ने थियो । महाधिवेशनको मिति तोक्ने । अनि विभागहरू पनि एकलौटी ढंगले गर्दै गएपछि विरोध भइहाल्छ नि । १४औँ महाधिवेशनको मिति तोकिएपछि सबै कुरा एकलौटी ढंगले पेलेर लैजान खोज्दा मान्न सकिँदैन । कांग्रेस पार्टी सबैको हो । पार्टी सबैको भएका कारणले गर्दा सभापतिले असन्तुष्ट पक्षलाई मिलाएर लैजानुपर्ने थियो । कम्युनिस्टहरूको दबदबा भएको बेलामा कम्युनिस्टसँग लड्नुपर्ने बेलामा पार्टीभित्रको लडाइँ कति लडिरहनुपर्ने हो ? हामी आएदेखि पार्टीभित्र लडाइँ लडिरहेका छौँ । महाधिवेशनको मिति घोषणा गर्ने अनि विभागहरू बनाउने, केन्द्रीय सदस्यहरू थप्ने कार्य गर्नु हुँदैन भन्ने हो । थप्ने कार्यमा पनि हाम्रो आपत्ति होइन । आएका साथीहरू पनि कांग्रेस नै हुन् । सिष्टमका लागि त्यो कुरा राम्रो भएन भन्ने हो ।
० वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले अब समानान्तर पार्टी चलाउने हो त ?
– समानान्तर पार्टी भन्ने कुरा नै आउँदैन । कांग्रेस हाम्रो पनि हो । आफूले सोचे जस्तो नहुँदैमा समानान्तर पार्टी चलाउनुपर्छ भन्ने हो त ? होइन नि । विधि र विधानअनुसारको काम भएन भने विरोध गर्न त पाइयो नि । यो कुरा गलत भयो भन्न पाउनुपर्छ । रचनात्मक र लोकतान्त्रिक संस्कार अनुसार विरोध गर्न पाइन्छ । त्यो विरोध हामी गर्छौं । १४औँ महाधिवेशनका लागि हुने सबै क्रियाकलापमा हामी भाग लिन्छौँ । पार्टी कुनै एक पक्षको मात्रै होइन । कांग्रेसमा धेरै जनाको खुन र पसिनाले बनेको पार्टी हो । हेलचेक्र्याइ गरेर यहाँ जे पायो त्यही गर्न खोजिन्छ भने कांग्रेसलाई मात्रै होइन यसले देशलाई पनि घाटा हुन्छ । सभापति शेरबहादुर देउवाले यो समयमा झगडा गरेर होइन कांग्रेसलाई एकताबद्ध गरेर, एकठाउँमा राखेर अगाडि बढ्नुपर्छ । यो कम्युनिस्ट सरकारको दब्दबा भइरहेका बेलामा हामी एक भएर लड्नुपर्छ ।
० सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरलाई पेलेरै जाने नीति लिनुभएको जस्तो देखिएको छ । सभापति देउवालाई कसरी विधि र विधानभित्र ल्याउनु हुन्छ ?
– होइन, पेलेर गएर के हुन्छ भन्या ? किन पेल्ने उहाँले ? सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीले पेलेर के भएको छ र ? ओलीविरुद्ध जनताले प्रतिक्रिया त दिए नि । देख्नुभएको छैन ? ओलीले हरेक ठाउँमा पेल्यो भन्ने । हरेक ठाउँमा विरोध गर्ने । आफूले पार्टीभित्र ओलीले जस्तै गर्न मिल्छ ? मिल्दैन । शेरबहादुर देउवा सभापति हो नि । सभापति एउटा गुटको सभापति हुन पाइँदैन । सबैलाई मिलाएर जानुहोस् भन्ने सभापतिलाई मेरो आग्रह हो । यो परिस्थिति भनेको कांग्रेसको निम्ति सबैभन्दा अफ्ठ्यारो परिस्थिति हो । सभापतिले सबैलाई मिलाएर लैजानुपर्छ ।बलमिच्याइँ र पेल्ने गरेर नजानुस् भन्ने मेरो आग्रह हो । सभापतिले जे–जेगर्दै जानु हुन्छ हामीले त्यही मान्दै जाने कुरा त हुँदैन । चाहिने कुरामा समर्थन गरेका छौँ । नहुने कुरा गरेपछि विरोध गर्न पाइन्छ ।
० सभापति शेरबहादुर देउवाले पार्टीमा विधि र विधान मिच्नुभयो भन्छन् । तपाईलाई त्यस्तो लाग्छ कि लाग्दैन ?
– विधि र विधान उहाँले कसरी टेक्नु भयो त ? टेक्नु भएको छैन । चार महिना पछाडि गर्नुपर्ने काम गर्नुभएन । तैपनि तीन वर्षभित्र गरेको भए पनि हुने थियो । महाविधेशनको प्रक्रिया शुरु भइसकेको अवस्थामा नियुक्तिहरू गर्दा यो राम्रो भएन भन्ने कुरा हो ।
० १४औँ महाधिवेशनमा तपाई कुन पदमा उम्मेदवार बन्ने सोच बनाउनु भएको छ ?
– त्यो त पछिको कुरा हो नि । समय छ अझै एक वर्ष । पदाधिकारी घोषणा गर्ने बेला अहिले नै आएको छैन । हेर्दै जाऔँ परिस्थितिले के गर्छ ।
० सभापतिमा चाहिं तपाईले कसलाई साथ दिनु हुन्छ त ?
– सभापतिमा कसलाई साथ दिने भन्ने कुरामा पनि अझै समय आएको छैन । समय आयो भने भनौंला ।

कोरोनाको भ्रम र यथार्थ बारे डाक्टरको सरल जवाफ

काठमाडौं । डा. प्रियंवदा पौड्याल बेलायतको युनिभर्सिटी अफ ससेक्सकी सिनियर पब्लिकहेल्थ लेक्चरर हुन् । अहिले विश्वभर महामारीका रुपमा फैलिइरहेको कोभिड १९ (कोरोना भाइरस) बारे निकै उनले निकै साधारण भाषामा केही प्रश्नहरुको उत्तर दिएकी छन् ।

१. कोरोना भाइरस के हो ?
कोरोना भाइरस स्वासप्रश्वास रोगसँग सम्वन्धित भाइरस हो। यसको वैज्ञानिक नाम सार्स—कोभ—२ हो। कोरोना भाइरसले लगाउने रोगलाई चाहिँ कोभिड—१९ भनिन्छ।

२. यो रोग कहिले र कहाँबाट सुरु भयोर ?
यो रोग चीनको वुहान प्रान्तमा सन् २०१९ को डिसेम्बर महिनातिर सुरु भएको मानिन्छ।

३. यो रोग कुन उमेरका मान्छेलाई लाग्छर ?
हालसम्मको तथ्याङ्कअनुसार यो रोग बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका मानिसलाई लागेको देखिन्छ तर केटाकेटीमा भने यो रोग लागे पनि लक्षण कम देखिने हुनाले केटाकेटीलाई यो रोग लाग्दैन भन्ने भ्रम भएको हो।

४. यो रोगले कसलाई बढी असर गर्छर ?
यो रोगले ६५ वर्ष माथिका मानिस र दीर्घरोग लागेकाहरुलाई ९जस्तै मुटुरोग, क्यान्सर, दम, मधुमेह र इम्युनिटी कम भएका व्यक्तिहरुलाई० बढी सिकिस्त बनाउने देखिन्छ। र, मृत्युदर पनि उच्च देखिन्छ।

५. के यो रोगले सबैलाई सिकिस्त बनाउँछ ?
यो रोग लागेकामध्ये ८० प्रतिशतभन्दा धेरै मानिसलाई हल्का लक्षणमात्र देखिन्छ। करिब १६ प्रतिशत मानिसलाई (विशेष गरी वृद्धवृद्धा र दीर्घरोगी) भने बढी सिकिस्त बनाएको देखिन्छ।

६. यो रोगका लक्षणहरु के के हुन् ?
यो रोगका मुख्य लक्षणहरु भनेको ज्वरो आउने र लगातार सुख्खा खोकी लाग्ने हो। रोगले च्याप्दै लगेपछि सास फेर्न गाह्रो हुन्छ र अन्तमा निमोनिया हुन्छ। अन्य लक्षणमा जिउ दुख्ने र खानाको स्वाद थाहा नपाउने पनि देखिएको छ।

७. यो रोग कसरी सर्छ ?
रोगीले खोक्दा र हाच्छयुँ गर्दा निस्केका कणहरुबाट यो रोग अर्को मानिसमा सर्छ। एकचोटी मानिसले खोक्दा करीब ३ हजार कण र हाच्छयुँ गर्दा १० हजार कणहरु सतहमा खस्दछन्। र, स्वस्थ मानिस यी संक्रमित कणहरुको सम्पर्कमा आउँदा यो भाइरस सर्छ। विशेषतः हातले संक्रमित सतहमा छोएर त्यही हात नाक, मुख र आाखातीर लाँदा यो रोग सर्दछ। त्यसैले यो रोगबाट बच्नको लागि बारम्बार साबुन पानीले हात धुनु अत्यन्त आवश्यक हुन्छ।

८. के यो रोग लागेर हस्पिटल जानेजति सबै आईसीयूमै भर्ना हुनु पर्छ ?
अरु देशको तथ्याङ्क ९चीन, इटली० अनुसार हस्पिटल भर्ना भएकामध्ये करिब ३० प्रतिशत मानिसलाई निमोनियाका कारण स्वासप्रस्वासमा अत्याधिक समस्या आएर आईसीयू भर्ना गरेको देखिन्छ भने अन्यलाई आइसोलेसनमा राख्ने गरेको देखिन्छ।

९. के यो रोग हावाबाट सर्छ ?
अनुसन्धानका अनुसार कोरोना भाइरसका किटाणु हावामा २र३ घण्टा रहन्छन्। कसैले नजिकै आएर खोक्यो अथवा हाच्छ्युँ गर्‍यो भने सर्ने सम्भा‍वना हुन्छ। तर, हावामा भाइरस तरंगीत रहिरहेर बस्ने र त्यही हावामा मान्छेले सास फेर्दा रोग सर्छ भनेर अहिलेसम्म पुष्टि भइसकेको छैन। वैज्ञानिकहरुका अनुसार हावाबाट यो रोग सर्ने भएको भए अहिलेको भन्दा निकै विकराल रुप लिने थियो।

१०. के यो रोग बजारमा पाइने तरकारी फलफूलहरुबाट सर्छ ?
कोरोना भाइरस प्लाष्टिक र मेटलका सतहमा २र३ दिनसम्म बाँच्छ भनेर भनिएता पनि बजारमा पाइने तरकारी फलफूलहरुबाट सर्छ भन्ने कुनै पुष्टि भएको छैन। किनेर ल्याएको सामान राम्ररी धोइपखाली पकाएर खाँदा डराउनु पर्दैन।

११. के यो भाइरस दिशा पिसाबबाट सर्छ ?
यो भाइरस दिशा पिसाबबाट सर्ने भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन।

१२. के यो भाइरस गर्मी लागेपछि हराउला त ?
साधारणतया स्वासप्रस्वास रोगसम्बन्धी भाइरसहरु जाडो महिनामा बढी सक्रिय हुने अनि गर्मीमा कम हुने देखिन्छ तर अहिलेको कोरोना भाइरस नौलो भाइरस भएकोले यसको बारेमा केही भनिहाल्न सक्ने स्थिति छैन। अष्ट्रेलियामा अहिले गर्मी चलिरहेको छ तर पनि भाइरसको संक्रमण दिनँहु बढीरहेको छ। त्यसैले गर्मी लाग्दा हराउँछ कि हराउँदैन अहिले नै भन्न सकिदैन।

१३. के यो रोग लसुन, अदुवा, तातोपानी जस्ता घरायसी उपचारका माध्येमले कम गर्छ ?
यी चिजहरुको सेवनले रोग कम गर्छ भनेर कुनै वैज्ञानिक पुष्टि भएको छैन। यस्ता भ्रमहरुको पछाडी नलाग्नु नै उत्तम हुन्छ।

१४. के मास्क लगाउन जरुरी छ ?
डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरु जो दिनहुँ बिरामीको सम्पर्कमा हुन्छन्, उनीहरुले मास्क लगाउन अत्यन्त जरुरी हुन्छ। तर हावाबाट यो रोग सर्ने पुष्टि नभइसकेको हुनाले साधारण जनमानसले हिँड्डुल गर्दा, पार्कमा घुम्न जाँदा मास्क लगाउन त्यति जरुरी देखिदैन। निकै भीडभाडमा (जस्तै : माईक्रोबसमा कोचिएर हिँड्दा) मास्क लगाउन उपयुक्त हुन्छ।

तर, मास्क लगाउँदैमा रोगबाट बचिन्छ भन्ने चाहिँ होइन। किनभने बजारमा पाइने धेरैजसो मास्कहरु राम्रो गुणस्तरका हुँदैनन् र यसबाट भाइरस सजिलै छिर्न सक्छ। त्यस्तै आँखाबाट पनि भाइरस छिर्न सक्छ। त्यसैले यो रोगबाट बच्नको लागि भीडभाडमा नजाने, काम नपरी घरबाट बाहिर ननिसक्ने, घरको सरसफाईमा ध्यान दिने र बारम्बार साबुन पानीले राम्ररी हात धोईरहने गर्नुपर्छ।

१५. के एन्टिबायोटिक खाएर यो भाइरस मर्छ त ?
एन्टिबायोटिकले ब्याक्टेरिया मात्र मार्छ। यो रोग भाइरसबाट सर्ने हुनाले एन्टिबायोटिक खाएर कुनै काम छैन।

१६. यो रोग लागेको कति दिनपछि लक्षण देखिन्छ ?
यो भाइरस लागिसकेपछि सरदरमा करिब पाँच दिनमा लक्षण देखा पर्छ। तर कहिलेकाहीं १४ दिन पनि लाग्न सक्छ। त्यसैले रोगका लक्षण नदेखिएका मान्छेले पनि यो रोग अरुलाई सार्ने सम्भावना हुन्छ।

१७. एकजना मान्छेले कतिजना मान्छेलाई रोग सार्न सक्छ ?
अहिलेसम्मको अध्ययनअनुसार एकजना मान्छेले करीब २ देखि ३ जनासम्मलाई यो रोग सार्न सक्छ। ती नयाँ इन्फेक्सन भएका मान्छेले फेरि अरु २ देखि ३ जना मान्छेलाई सार्छन् र तिनले फेरि अरुलाई सार्दै जान्छन्। यसरी यो रोग फैलिदै गएर विकराल रुप लिन्छ। त्यसैले यो रोगको लक्षण देखिनासाथ आफूलाई घरैमा आइसोलेसनमा राख्न जरुरी हुन्छ।

१८. साधारण रुघाखोकी, फ्लु र कोभिड—१९ मा के फरक छ ?
यी तीनै रोग छुट्टाछुट्टै भाइरसले लाग्छ– रुघाखोकी राइनो भाइरसले लाग्छ। फ्लु इन्फ्लुइन्जा भाइरसले लाग्छ भने कोभिड—१९ चाहिँ कोरोना भाइरसले लाग्छ। यी रोगका लक्षणहरुमा केही समानता भएपनि रोगको मृत्युदरमा भने निकै भिन्नता छ। रुघाखोकीले खासै मानिस मार्दैन, फ्लु लागेकामध्ये हजारमा एकजनाको मृत्यु भएको देखिन्छ भने कोरोना भाइरसले चाहिँ हजारमा ३० जनाको मृत्यु भएको देखिन्छ। कोरोना भाइरसको मृत्युदर निकै चर्को भएकोले यो रोग बढी खतरापूर्ण छ।

१९. के यो भाइरस लागेकालाई निको पार्ने कुनै औषधि छ ?
अहिलेसम्म यसको कुनै औषधि छैन तर वैज्ञानिकहरु अनुसन्धानकै क्रममा छन्। आशा गरौं छिटै भ्याक्सिन र एन्टीभाइरल औषधिहरु उपलब्ध हुनेछन्।

२०. सामाजिक दूरीले कसरी रोग कम गर्न मद्दत गर्छ ?
यो रोग अत्यन्त संक्रामक छ, मान्छेबाट मान्छेमा सजिलै सर्छ। त्यसैले सामाजिक दूरी राख्दा, मान्छेको घुलमिल निकै कम हुन्छ र रोग सर्ने सम्भा‍वना पनि कम हुन्छ। त्यसैले अहिलेको परिस्थितिमा साथीभाई भेट्ने, पारिवारिक जमघट गर्ने र अनावश्यक रुपमा घरबाट बाहिर निस्कने नगर्दा नै राम्रो हुन्छ।

२१. यो रोगका कारण इटली, फ्रान्सजस्ता विकसित देशमा पनि किन यति धेरै मान्छे मरेका होलान् ?
विकसित देशका सरकारले पनि यो रोगको पूर्व तयारीमा अलिकति ढिलाइ गरेको देखिन्छ। यो नौलो रोगले यति ठूलो महामारीको रुप लेला भनेर कुनै देशका सरकारले पनि सोचेका थिएनन् र खासै सजकता अपनाएका थिएनन्। जब तयारीमा जुटे, तब संक्रमण फैलिसकेको थियो। एकैपटक धेरै मानिस बिरामी हुँदा विकसित भन्दा विकसित मुलुकका स्वास्थ्य सेवाले पनि थाम्न सक्ने अवस्था हुँदैन। त्यसैले यी देशहरुमा पनि धेरैको मृत्यु भईरहेको छ।

२२. अहिलेको अवस्थामा नेपालले कसरी सतर्कता अपनाउनु पर्ला ?
नेपालमा अहिलेसम्म सानो संख्यामा मात्र कोरोना भाइरसका रोगीहरु देखिएका छन्। साँच्चिकै रोग कम देखिएको हो कि रोगको परीक्षण धेरैमा नगरएिकाले कम देखिएको हो यसै भन्न सकिने अवस्था छैन। बेलैमा सरकारले महत्वपूर्ण कदमहरु चाल्ने जस्तै आईसीयू बेडको संख्या बढाउने, मास्क, पञ्जा, गाउनको जोहो गर्ने, अस्थाई अस्पताल निर्माण गर्ने काम गर्न सक्छ।

सबैभन्दा प्रभावकारी कुरा भनेको जनमानसमा यो रोगको बारेमा सक्दो जनचेतना जगाउने नै हो। यो रोग कसरी लाग्छ, कसरी सर्छ, हात धुनु कत्तिको महत्वपूर्ण हुन्छ, रोग लागेपछि आइसोलेसनमा बस्न किन जरुरी हुन्छ भन्ने कुरा साधारण मानिसले बुझ्नु अत्यन्त जरुरी हुन्छ। इकान्तिपुरबाट

Home Ministry instructs its bodies to tighten lockdown

KTM- The Home Ministry has instructed its subordinate bodies to ensure effective implementation of lockdown against the global pandemic of coronavirus. Issuing a circular to all district administration offices today, the Ministry has asked them to ban the movement of vehicles sans earlier permission.

Though the lockdown rules for movement of vehicles were unofficially relaxed slightly during the evening time to rescue destitute workers and those left stranded in the midway, now most of them have been rescued, the Home Ministry said.

According to the Ministry, it has sought no green signals to those vehicles without earlier permission, bearing in mind the increased risk of COVID-19 infection while coming into contact with crowds and travelling through vehicles en masse. The Cabinet meeting on Sunday decided to extend lockdown till May 7.

So far 52 people have tested positive for COVID-19 in the country.

Lockdown-stranded Nepalis neglected across border in India

Sher Bahadur Singh
KTM-Buses after buses are being send from here to bring home people stranded in Kathmandu after the extension of the lockdown in the wake of the coronavirus outbreak.

However, no decision has been made so far to bring home the Nepalis stranded in various border towns in India due to the same for long.
It is said the Federal Parliament lawmakers, former ministers and student organisation leaders from Kanchanpur, Kailali and other districts of the Sudur Paschim state, who are based in the central capital, Kathmandu, are arranging for sending the people in the central capital home.

They have been sending out messages through social media collecting names of people who wanted to be rescued and go home after the extension of the lockdown. Looking at the messages related to this doing round in the social media, it gives the glimpse of canvassing during election time.

Although the MPs, politicians and student leaders from the State and based in the central capital are more than eager in the task of rescuing the lockdown-stranded people in Kathmandu to their homes, they are not as enthusiastic in rescuing the hundreds of Nepalis stranded in the Indian towns across the border who have now spend more than a month at quarantines in schools and other public buildings there.

Not even the State government, the local governments and the district administrations have made earnest efforts for rescuing the Nepalis stranded in border towns of India. Most of these people are migrant workers from Nepal.

The local administration in Kanchanpur district has notified the local levels in the district to keep people coming in the district from other places in quarantine for 14 days. But this notification is not effectively implemented giving rise to concern of spread of coronavirus infection.

“Although arrangements have been made for keeping in quarantine the people entering the district from India, nobody seems to be serious regarding bringing the Nepali citizens home,” a chief officer of security body here said. The official said no people’s representative has spoken of bringing home the stranded Nepali workers in India.

It may be recalled here that the Supreme Court has also ordered the government to bring home the Nepalis kept in quarantine at the Indian border towns, and if not to make arrangements for providing them food and accommodation there.

Meanwhile, the Chief District Officer of Kanchanpur district has said the district administration has not issued permit to bring people from any place including from Kathmandu.