रोनाल्डिन्होको पक्षमा उभिए म्याराडोना

एजेन्सी – अर्जेन्टिनी महान खेलाडी डिएगो म्याराडोना ब्राजिलियन पूर्व स्टार रोनाल्डिन्होको पक्षमा उभिएका छन् । उनले रोनाल्डो अपराधी नभएको जिकिर गरेका छन् ।

विश्व कप विजेता रोनाल्डिन्हो अहिले पाराग्वेमा जेलमा छन् । फर्जी पासपोर्ट बोकेको भन्दै रोनाल्डिन्हो र उनको दाई पाराग्वेमा पक्राउ परेका थिए । धरौटीमा छुटेपनि उनीहरुले पाराग्वे भने छाड्न पाएका छैन । उनीहरु होटलमा बसिरहेका छन् ।

बार्सिलोना तथा एसी मिलानका पूर्व स्टारले आफुमाथि लाग्दै आएको आरोप अस्वीकार गर्दै आएका छन् । ‘रोनाल्डिन्होलाई जे गरिएको त्यसले मलाई दुःख दियो,’ उनले भने, ‘उनी कुनै अपराधी होइन । कामका लागि गएका हुन् । आदर्श खेलाडी हुनु मात्र उनको दोष हो । उनी मेरो साथी हुन् र बाचुन्जेल रहन्छन् ।’

कोभिड १९ का कारण भविष्यलाई लिएर अर्जेन्टिनाका पूर्व विश्व कप विजेता म्यारोडोनाले भविष्यका बारेमा चिन्ता गरेका छन् । ‘अब आर्थिक अवस्था पहिला जस्तै हुँदेन । अब नेताहरुले पुरानै अवस्थामा पुर्याउन मेहनत गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘भाग्यवश हाम्रा अर्जेन्टिना फुटबल संघमा उत्कृष्ट नेता छन् । मलाई आशा छ उनीहरुले उत्कृष्ट निर्णय लिनेछन् । ‘

‘काेराेनाका कारण खेलाडी मैदान फर्कन डराइरहेका छन्’

एजेन्सी। अधिकांश खेलाडीहरु कोरोना भाइरसको महामारी जारी नै रहेका बेला खेलमा फर्किन डराइरहेको म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जिया अग्युरोले बताएका छन्।

कोरोना भाइरस संक्रमणपछि स्थगित लिगहरु सञ्चालन गर्नेबारेको छलफल शुरु भएपछि अग्युरोले खेलाडीमा अझै डर भएकाले मैदान फर्कन नचाहेको बताएका हुन् ।

इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु आउँदो जुन ८ देखि पुनः सुरु हुने अपेक्षा छ । त्यसका लागि खेलाडीहरु मे १८ सम्ममा पूर्ण प्रशिक्षणमा फर्किनु पर्ने हुन्छ ।

शीर्ष लिगका क्लबहरु बाँकी खेलहरु के गर्ने र सुरु गरे कहिलेदेखि सुरु गर्ने भन्ने बारे निर्णय गर्न शुक्रबार छलफलमा जुट्दै छन् ।

३१ वर्षका अग्युरोले अर्जेन्टिनाको टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘अहिलेको अवस्थामा खेलमा फर्किनका लागि अधिकांश खेलाडीहरु डराएका छन्, किनकी उनीहरुका छोराछोरी छन्, परिवार छन् ।’

‘संक्रमण भएकाहरुमा पनि लक्षण देखिँदैन भन्छन्, ममा पनि त संक्रमण भएको हुन सक्छ । मैले प्रेमिकालाई सारेको हुन सक्छु । म त डराएको छु । अरु खेलाडीहरु पनि डराएका छन् ।’

कोरोना भाइरसका कारण प्रिमियर लिग फुटबलका खेलहरु मार्च १३ देखि रोकिएका छन् । लिगका ९२ खेलहरु हुन बाँकी नै छ ।

बजेट निर्माणमा फेरिएको दृश्य

काठमाडौँ । बजेट निर्माण पूर्वसरोकारवाला सबै निकायसँगको नियमितजस्तो छलफलले यतिबेला अर्थ मन्त्रालय निकै व्यस्त रहन्थ्यो । निजी क्षेत्रका विभिन्न विषयगत सङ्गठनका प्रतिनिधिबीच हरेक दिनजसो ‘बजेट कस्तो ल्याउने’ भन्ने आशयका औपचारिक कार्यक्रम हुन्थे । प्रदेशपिच्छे बजेटका लागि सुझाव सङ्कलनको कार्यक्रमले एउटा तरङ्ग नै पैदा गथ्र्यो । यस वर्ष भने परिस्थिति बदलिएको छ ।

कोरोना भाइरस नियन्त्रणस्वरूप जारी बन्दाबन्दीका कारण सुझाव सकेसम्म इमेलबाट लिने गरिएको छ । मन्त्रालयगत छलफलमा पनि सानो र आवश्यक सङ्ख्यामा मात्र अधिकारीको सहभागिता हुने गर्छ । यद्यपि अर्थ मन्त्रालय फुर्सदमा भने छैन । आर्थिक सर्वेक्षण, मन्त्रालयगत प्रगति प्रतिवेदन, संस्थान प्रतिवेदन, रातो किताबजस्तै बजेटसँगै सार्वजनिक गर्नुपर्ने करिब डेढ दर्जन प्रतिवेदन तयारीको काममा मन्त्रालय निकै व्यस्त छ ।

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार अहिले दैनिकजसो मन्त्रालयगत छलफलको काम जारी छ । यससँगै बजेटको खाका तयार गर्ने काम पनि भइरहेको छ । नीति तथा निर्देशक सिद्धान्तको मस्यौदा लेख्ने काम पनि सकिएको छ । राष्ट्रिय योजना आयोगसँगको समन्वयमा बजेटको प्राथमिकता निर्धारण र स्रोत व्यवस्थापनको रणनीतिका सम्बन्धमा पनि नियमितजसो छलफल जारी छ । लकडाउनका कारण महत्वपूर्ण आर्थिक गतिविधि करिब ठप्प अवस्थामा रहे पनि संविधानतः जेठ १५ गते नै बजेट ल्याउने तयारीमा सरकार जुटेको हो ।

अर्थ मन्त्रालयले अहिलेसम्म राजस्व परामर्श समितिमार्फत राजस्व प्रशासन सुधारका लागि इमेलबाटै सुझाव ग्रहण गरिरहेको खत्रीले जानकारी दिए । यसबाहेक बैङ्क तथा वित्तीय, उद्योग, वाणिज्य तथा लगानी, भन्सार, कृषि, ऊर्जा पर्यटन, अन्तरसरकारी राजस्व व्यवस्थापनजस्ता विषयगत क्षेत्रमा विभिन्न नौवटा उपसमितिमार्फत सुझाव सङ्कलनको काम गरिएको छ । जसको अन्तिम समय आज सोमबार पूरा हुँदै छ ।

आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले निर्धारण गरेको १७ खर्ब ५९ अर्बको बजेट सिलिङभित्र रहेर मन्त्रालयले बजेट निर्माणको तयारी गरेको जनाएको छ । यद्यपि पछिल्लो समय अर्थतन्त्र शिथिल रहँदा राजस्वको स्रोतमै असर परेको र दातृ निकायबाट समेत यसअघि जस्तै नियमित सहयोग केही कम हुने परिस्थिति देखिएकाले बजेटको आकार सिलिङभन्दा केही कम हुने आकलन गरिएको छ । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले गर्दा यस वर्षको बजेट स्वभाविक रूपमा स्वास्थ्य पूर्वाधार, स्वास्थ्य केन्द्र स्थापना, स्वास्थ्य जनशक्तिलाई तालिमलगायत क्षेत्रमा बढी केन्द्रित हुुने खत्री बताउँछन् । यसबाहेक रोजगारी सिर्जना गर्ने र कृषि क्षेत्रको सुधार प्राथमिकतामा पर्नेछ, उनले भने, राष्ट्रिय गौरवको आयोजना निर्माण पनि स्रोतले भ्याएसम्म निरन्तर नै हुने छन् । यसअघि जस्तो बजेट निर्माणका क्रममा ठूला र नयाँ पूर्वाधार पहिचानको कामले यो बजेटमा प्राथमिकता पाउने सम्भावना कम रहेको उनले बताए ।

स्रोत जुटाउनुपर्ने दबाब
बन्दाबन्दीका कारण चालू आर्थिक वर्षमै लक्षित राजस्व सङ्कलन प्रभावित भएपछि खर्च व्यवस्थापन गर्ने चुनौतीबीच अर्थ मन्त्रालयले यतिबेला बजेटको खाका कोर्दै छ । चालू आवमा आन्तरिक ऋण र राजस्वसहित ११ खर्ब ३२ अर्ब आन्तरिक रूपमै स्रोत जुटाउने सरकारको संशोधित लक्ष्य थियो । यद्यपि अहिलेसम्मको अवस्थाले लक्ष्य करिब पूरा नहुने अर्थ मन्त्रालयले जनाएको छ । यस्तोमा बन्दाबन्दी लम्बिएर अथवा कोरोना प्रभाव कम नभए अर्को वर्षसम्म पनि स्रोत जुटाउन हम्मे पर्ने अर्थ मन्त्रालयको आकलन छ । कोरोनाबाट प्रायः सबै देशको अर्थतन्त्रमा असर परेकाले द्विपक्षीय सहायताबाट ठूलो स्रोत जुटाउन पनि समस्या पर्ने देखिएको छ । विश्व बैङ्क, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय वित्त निगमजस्ता बहुपक्षीय निकायमा भने नेपालले सहुलियतपूर्ण रूपमा स्रोतको लागि आग्रह गरिरहेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले बारम्बार विकासशील मुलुकका लागि यस्ता निकायसँग स्रोत जुटाउने पहल गरिरहनुभएको छ । आन्तरिक ऋण पनि आगामी आवमा निकै सीमाभित्र रहेर लिने तयारीमा अर्थ मन्त्रालय छ ।

मन्त्रालयहरूमा बेग्लै चटारो
मन्त्रालयहरू भने राष्ट्रिय योजना आयोगले निर्धारण गरेको बजेटको सिलिङ अनुरूप आगामी आर्थिक बर्षको कार्यक्रम टुङ्गो लगाउने क्रममा छन् । यतिबेला मन्त्रालयमा आन्तरिक रूपमा बजेटमा राख्न सकिने नयाँ कार्यक्रमको विषयमा व्यापक छलफल चलिरहेको छ । कोरोना सङ्क्रमणका कारण प्रभावित पछिल्लो अवस्थालाई मध्यनजर गर्दै कतिपय मन्त्रालयले आफ्ना प्राथमिकताका क्षेत्र निर्धारण गरेका छन् । त्यस्तै मन्त्रालयअन्तर्गत रहेका ठूलो आयोजनाको निर्माणलाई तीव्रता र आगामी आवमा सम्पन्न गर्नुपर्नेलाई प्राथमिकतामा राखेर मन्त्रालयहरूले कार्यक्रम तय गरेका छन् । अर्थतन्त्र उकास्नुपर्ने बाध्यताका बीच नयाँ र ठूला आयोजना आगामी आर्थिक वर्षमा मन्त्रालयहरूको प्राथमिकतामा नपर्ने देखिएको छ ।

पुनरुत्थानको योजना बनाउँदै आयोग
कोरोना भाइरसले सिर्जना गरेको महामारीका कारण परेको सामाजिक तथा आर्थिक असरबाट पुनरुत्थानको रणनीति निर्माणमा आयोग जुटेको छ । उक्त रणनीति बजेटमा समावेश गर्नेगरी यही वैशाखको अन्त्यसम्म अध्ययन प्रतिवेदन तयार गर्नेगरी काम भइरहेको आयोगका सदस्य मीनबहादुर शाहीले जानकारी दिनुभयो । महामारीका कारण फेरिएको परिस्थितिलाई ध्यान दिँदै यसबाट पुगेको क्षतिको अध्ययन गरेर प्राथमिकताका क्षेत्र पहिचान गर्न अध्ययन भइरहेको छ, उनले भने । भूकम्पपछि र अहिलेको परिस्थिति फरक भएको र महामारीको असर कहिलेसम्म रहने यकिन नभएकाले त्यसैअनुसार बजेट निर्माणमा सहयोग पुग्नेगरी अध्ययन प्रतिवेदन तयार हुने उनले जानकारी दिए ।

आयोगले खासगरी स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर छलफल र अध्ययनका काम अगाडि बढाइरहेको छ । यसबाहेक देशभित्रै रोजगारी सिर्जना गर्ने, व्यावसायिक कृषि बढाउने तथा साना र मझौला उद्योगमा परेको असरलाई समाधान गर्नेगरी अध्ययनले सुझाव पेस गर्ने आयोगले जनाएको छ । पर्यटन र होटल क्षेत्रमा परेको क्षति न्यूनीकरणका लागि बजेटमा सुझाव दिनेगरी आयोगले छलफल गरिरहेको छ ।

त्यस्तै रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजना निर्माणको निरन्तरतालाई बजेटमा प्राथमिकताका साथ राख्नेगरी आयोगले तयारी गरेको छ । यद्यपि ठूला नयाँ आयोजना भने आगामी आवको बजेटमा राख्नेगरी आयोगले सुझाव नदिने शाहीले बताउनुभयो । ग्रामीण अर्थतन्त्रसहित समग्र आर्थिक र सामाजिक क्षेत्रलाई रूपान्तर गर्ने यो एउटा अवसर पनि हो, शाहीले भन्नुभयो, त्यही अवसरको सदुपयोग हुनेगरी अध्ययन गरिरहेका छौँ र प्राथमिकता पनि त्यसरी नैै निर्धारण हुन्छ ।

प्राथमिकता अनुसार स्रोत व्यवस्थापनका विषयमा पनि अहिले आयोगमा छलफल भइरहेको छ । दातृ देश तथा संस्था पनि कोरोना भाइरसबाट प्रभावित भएकाले वैदेशिक सहायता जुटाउने सन्दर्भमा रणनीति निर्माणमा आयोग जुटेको हो । आजको गोरखापत्र दैनिकबाट

एनआईसी एशियाले सुरु गर्‍यो कोभिड १९ सम्बन्धी बीमालेखको अनलाइन पोर्टल

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई घरमै बसीबसी कोभिड १९ नामको बीमालेख खरिद गर्न सहज होस् भन्ने उद्देश्यले नयाँ अनलाइनपोर्टलको शुभारम्भ गरेको छ ।

बैंकले कोरोना महामारीका कारण बाहिर निस्किएर बीमालेख खरिद गर्न कठिनाइ हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सहज बनाउन डिजिटल पोर्टल सञ्चालनमा ल्याएको हो ।

बीमा खरिदका लागि अनलाइनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा एनआईसी एशिया बैंकले डिजिटल पोर्टल https://covid19.nicasiabank.com मार्फत नवीनतम प्रयोग थालेको हो।

यो डिजिटल पोर्टलमार्फत बैंकको मोबाइल बैंकिङ एवं वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर एनआईसी एशियाको मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङबाट भुक्तानी गरी सहज किसिमले घरमै बसेर बीमालेख खरिद गर्न सक्नेछन् ।

अब सरकारको काम गर्नेले मात्र पाउछन् राहत

काठमाडौं ।  अब सरकारको काम गर्नेले मात्र राहत पाउने भएका छन्। लकडाउनका कारण प्रभावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र सरकारले राहत दिने भएको हाे । काम नगर्नेहरुले काम गर्नेहरु पाउने राहतको २५ प्रतिशत मात्र पाउनेछन् ।

सरकारले भनेअनुसार काममा नआउने र काम गर्न नचाहनेलाई काममा आउनेहरुले पाउने ज्याला वा खाद्यान्नको २५ प्रतिशत मात्रै उपलब्ध गराइनेछ ।साथै राहत दावी गर्नेले आफ्नो परिवारमा कोही पनि स्वरोजगार नरहेको, औपचारिक रोजगारीमा नरहेको र आयआर्जजनको वैकल्पिक स्रोत नभएको स्वघोषणा गर्नुपर्नेछ ।

गलत घोषणा गरेर राहत लिएको पाइए सरकारी बाँकी सरह असुलउपर गर्ने र राहत दिन योग्य भनेर सिफारिस गर्ने वडाध्यक्ष र वडा सदस्यलाई कारवाही गर्ने निर्णय पनि भएको छ ।

दोस्रो चरणको राहत प्याकेज ल्याएको सरकारले असंगठित क्षेत्रका रोजगारविहीन मजदुरहरुलाई स्थानीय तह, प्रदेश वा संघीय सरकारबाट सम्पादन हुने सार्वजनिक काममा लगाउने योजना अघि सारेको छ । यसरी काममा लगाउँदा दैनिक ज्याला वा नगद उपलब्ध गराइनेछ ।

स्थानीय तहले असंगठित क्षेत्रमा मजदुरलाई राहत दिँदा मापदण्ड अनुसार ज्याला दर तोकेर मात्र वितरण गर्नेछ । ज्याला निर्धारण गर्दा स्थानीय तहले परिवारको लागत तयार गर्नेछ भने राहत माग गर्ने परिवार सम्बन्धित स्थानीय तहको रोजगार केन्द्रमा सूचीकृत हुनुपर्नेछ ।

ओलीले गरे आत्मालोचना,बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

काठमाडौं । चर्को बिबादका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नेकपा सचिवालयको बैठक सम्पन्न भएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले आत्मालोचना गरेका छन् ।

प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालनमा भएको कमी कमजोरीप्रति आत्मालोचना गरेका हुन् ।

बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्यमा लैजाने निर्णय गरेको छ ।

उपाध्यक्ष गौतमलाई कास्की, बाके, पाल्पालगायतका जिल्लाबाट निर्वाचनमा उम्मेदवार बनाई प्रतिनिधिसभामा ल्याउने निर्णय गरेको छ । सचिवालय बैठकले वैशाख २५ गते बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन २४ गते दिउँसो ३ बजे सचिवालयको बैठक  बस्ने छ । नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा प्रचण्ड–माधव समूहको बहुमत छ ।

नेकपा सचिवालय बैठक साढे पाँच बजे

काठमाडौ। अध्यादेश प्रकरणपछि विवाद बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज फेरि बस्दैछ । उपाध्यक्ष वामदेव गौतमलाई भावी प्रधानमन्त्री बनाउने प्रधानमन्त्री केपी ओलीको प्रस्तावमाथि ठोस छलफल गर्न नेकपा सचिवालयको बैठक बस्न लागेकाे हाे।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालले गौतमलाई प्रधानमन्त्री बनाउने आफ्नो प्रस्ताव कार्यान्वयनको योजना बैठकमा प्रस्तुत गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार दिउँसो ४ बजेका लागि बस्ने भनिएको सचिवालय बैठक साढे ५ बजेका लागि सरेको छ। ‘नेकपा केन्द्रीय सचिवालयको बैठक आज ५ : ३० बजे, बालुवाटारमा बस्ने जानकारी गराइन्छ’, प्रेस सल्लाहकार थापाले जानकारी दिँदै भने।

राजनीतिक दल सम्बन्धी अध्यादेश विवादसँगै सत्तासीन नेकपाभित्र पनि विवाद बढेको थियोे। अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतमलगायतले प्रधानमन्त्री र पार्टी अध्यक्ष छोडन दबाब दिएपछि प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने सरप्राइज प्रस्ताव गरेका थिए। तर, ओलीको प्रस्तावले दाहाल र नेपाल भने सन्तुष्ट छैनन्।
गौतमलाई प्रधानमन्त्री बनाउने भए ओलीलाई राजीनामा दिएर बाटो खोल्न नेपाल र दाहालले सुझाव दिए पनि प्रधानमन्त्री भने सकारात्मक नदेखिएको नेताहरू बताउँछन्।

उत्तर कोरियाली नेता किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ?

सोल । उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सुचनाहरु सार्वजनिक भएको करिब तीन हप्तापछि शनिबार उहाँको तस्बिर नै सार्वजनिक भएको छ । शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उहाँले कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक गरेका छन् । त्यस समाचार र तस्बिर विश्वका कैयौँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।

यस समाचारलाई दक्षिण कोरियाली सञ्चारमाध्यमको माध्यमबाट अझ धेरै स्थानमा तथा विश्वव्यापी रुपमा पु¥याइएको पाइएको समाचारमा जनाइएको छ । यसअघि उहाँ गम्भीर रुपमा विरामी परेको समाचार कतिपयले दिएका थिए भने केहीले त उहाँको मृत्यु भएको समेत समाचार दिएका थिए । तर यो समाचार किन र कसरी आयो भन्ने बारेमा तर पनि उहाँ जिवीतै रहेको दक्षिण कोरियाको सुरक्षा एजेन्सीले केही दिनअघि सार्वजनिक गरेको थियो । सोही समाचारलाई सत्य ठहराउँदै उहाँआज सार्वजनिक रुपमा देखिनुभएको छ । उहाँलाई केही दिनयता गम्भीर रुपमा विरामी रहेको अथवा कतिपयले त उहाँको निधन भएको भन्नेजस्ता समाचार दिएका थिए ।

तर यसै हप्ताको सुरुमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले कोरियाली सरकारको सूचनामा उहाँ स्वस्थ्य र जिवीतै रहेको पाएको समाचार दिएको थियो । दक्षिण कोरियाली सो एजेन्सीले उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भूभागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको बताएको थियो । खासगरी उत्तर कोरियाली नेता अन अप्रिल १५ मा उत्तर कोरियाको एक महत्वपूर्ण कार्यक्रममा उपस्थित नभएपछि विश्वका सञ्चारमाध्यमहरुले उहाँको त्यस अनुपस्थितिबाट प्रश्न उठाएका थिए । त्यसदिन नेता किमका हजुरबुबा किम इल सुङको जन्मदिन थियो । त्यस अवसरमा उत्तर कोरियामा विशेष राष्ट्रिय कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।

किम इल सुङ उत्तर कोरियाका संस्थापक हुनुहुन्छ । त्यस कार्यक्रममा उत्तर कोरियाली नेताको विशेष उपस्थिति हुने गर्दछ । तर त्यस दिन उहाँ किन त्यहाँ उपस्थित हुनुभएन भन्ने प्रश्नबाट नै उहाँको स्वास्थ्यसम्बन्धी चासो बाहिर आएको मानिन्छ । यसै घटनालाई लिएर केहीले उहाँ गम्भीर विरामी रहेको त केहीले उहाँको निधन नै भइसकेको समाचार बाहिर ल्याएका थिए । दक्षिण कोरियाकै केही पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो । पछि सो पत्रिकाले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै उहाँको स्वास्थ्यमा सुधार हुँदै गएको भनेर पनि समाचार दियो ।

उहाँको बारेमा यस्तो समाचार आएको यो पहिलो पटक भने होइन । सन् २०१४ मा पनि उहाँको गम्भीर प्रकृतिको शल्यक्रिया गरिएको र स्वास्थ्य गम्भीर रहेको समाचार दिइएको थियो । लामो समयपछि उहाँ सार्वजनिक हुनुभएको थियो । यतिखेर उहाँ सार्वजनिक भइसकेपछि पनि अब उहाँको उत्तराधिकारी को होला भन्ने विषयमा विभिन्न सञ्चारमाध्यमहरुले समाचार खोजी गर्न थालेका छन् । साथै यतिखेरका विश्वका विभिन्न देशका सञ्चारमाध्यमहरुले उत्तर कोरियाको आणविक कार्यक्रम र आणविक वार्ता कहाँ पुग्यो भनेर पनि समाचार दिएका छन् । एएफपी

कोरोना संक्रमितलाई ‘रेम्डेसिभिर’ औषधि उपचारमा प्रयोग गर्न स्वीकृती

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको औषधि प्रयोगमा आएको छ । फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिरलाई नै प्रयोग गर्न स्वीकृत दिएको छ ।

उक्त स्वीकृतिसँगै अमेरिकामा कोरोना भाइरसकै लागि पनि औषधि प्रयोगमा आएको हो । अबउप्रान्त अमेरिकामा कोभिड(१९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टीभाइरल औषधि प्रयोग गर्न सकिने बीबीसीले जनाएको छ ।

एफडीएको आपत्‌कालीन अनुमति भएकाले यो औपचारिक अनुमति भने होइन। औपचारिक अनुमतिका लागि थप अध्ययन आवश्यक रहेको बताइएको छ । विज्ञहरूले भने इबोलाको उपचारका लागि विकास गरिएको र अमेरिकी कम्पनी गिलियडले उत्पादन गर्ने औषधि कोरोनाभाइरसविरुद्ध अचूक औषधि नभएको दावी गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा गिलियडका प्रमुख कार्यकारी डानियल ओडेले एफडीएको स्वीकृती पहिलो महत्त्वपूर्ण कदम भएको बताए । यूएस न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले १,०६३ जनामाथि गरेको एक अध्ययनले उक्त औषधिको प्रयोगपछि कोरोनाका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको दाबी गरेपछि रेम्डेसिभिर औषधि प्रयोगमा आएको हो ।

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!