गजल

मुखामुख गरिरहेछन् सरकारका मान्छेहरु
खै के गर्दै होलान् बालुवाटारका मान्छेहरु

उता छिमेकी राष्ट्रले फेरि लिपुलेक लुटेछ
यता थाहा पाउँदैनन् सिंहदरबारका मान्छेहरु

उर्लिदो भेल आएर घर बगाउन थालेपछि
डराउँदै बस्छन् नदी किनारका मान्छेहरु

काखबाट बच्चा हराउँदा थाहै पाउदैनन्
धेरै ब्यस्त रछन् शहर बजारका मान्छेहरु

आफ्नो स्वार्थको लागि देश बेचिसकेछन्
खुब स्वार्थी रहेछन् यो संसारका मान्छेहरु

बबिता भुजेल
खोटाङ, हाल-बिराटनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *