समाजवादी ट्रेड युनियन महासंघसहित ६ वटा ट्रेड युनियनद्वारा काठमाडाैंमा विराेध प्रदर्शन

काठमाडाैँ । जनता समाजवादी पार्टीकाे जनवर्गिय संगठन समाजवादी ट्रेड युनियन महासंघसहित ६ वटा ट्रेड युनियन महासंघले संयुक्त रूपमा विराेध प्रदर्शन गर्दै र्याली निकालेका छन्।

माइतीघर मण्डलाबाट सुरू भइ बानेश्वरसम्म प्ले कार्ड बाेकी नारा लगाउँदै पुेगेकाे उक्त र्याली काेण सभामा परिणत भएकाे थियाे। काेण सभालाइ ६ वटै ट्रेड युनियन महासंघले सम्बाेधन गरेका थिए। काेणसभालाइ सम्बाेधन गर्दै समाजवादी ट्रेड युनियनका महासंघका अध्यक्ष लालध्वज नेम्वाङले वर्तमान सरकार श्रमिक विराेधी भएकाे बताए।

उनले श्रमिकहरूलाइ लकडाउनकाे बेला राहत दिनुपर्ने सरकारले उल्टै अाहात गरेकाे बताए। उनले काेराेना भाइरसकाे निहुँमा सरकारका जिम्मेवार व्यक्तीहरू कसले धेरै कमिशन कुम्ल्याउने भन्ने प्रतिस्पर्धामा लागेकाे बताए।

ट्रेड युनियनका नेताहरूले काेराेनाकाे त्रासदी र लकडाउनले नेपाली श्रमिक वर्गकाे जिवन धेरै ठुलाे संकटबाट गुज्रिरहेकाे र यस्ताे अवस्थामा उनीहरूकाे तलब सुविधा कटाैती, श्रमिकहरूलाइ राेजगारी निष्कासन, श्रमिकहरू आत्महत्या र मृत्युकाे स्थिती आउँदासम्म राज्य र सराेकारवाला निकाय समाधानकाे सट्टा उल्टै धम्की दमन तथा कारवाहीकाे गर्ने नीति लिएकाे भन्दै कडा विराेध गरे। नेताहरूकाे श्रमिक विराेधी सम्झाैताविरूद्द बाेलेका थिए।

वक्ताहरूले सरकार, राेजगारदाता र ट्रेड युनियनहरूकाे हतार हतारमा गाेप्य सम्झाैता गरेर अाफूहरूलाइ सहभागी नगराइएकाे प्रति समेत आपत्ति जनाए। उक्त संयुक्त विराेध कार्यक्रममा स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष खेगेन्द्र प्याकुरेल, क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष मेघ बहादुर खत्री, नेपाल ट्रेड युनियन फेडेरेशनका अध्यक्ष गंगाराम खड्की, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघकाइश्वर तिमिल्सेना, प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ तथा अान्दाेलनरत श्रमजिवी पत्रकारकाे तर्फवाट एक प्रतिनिधीले काेणसभामा सम्बाेधन गरेका थिए। उक्त विराेध र्यालीकाे सञ्चालन समाजवादी ट्रेड युनियन महासंघका महासचिव डिवी सराेज राइले गरेका थिए ।

अफगानिस्तान र पाकिस्तानकाे सीमा क्षेत्रमा ब्यापक गाेलाबारी, सार्वसाधरणसहित सैनिककाे गयाे ज्यान

एजेन्सी ।  अफगानिस्तानकाे चमन प्रान्तमा अफगानिस्तानका जनता र पाकिस्तानी सेनाका बीच भिडन्त भइरहेकाे छ। छिमेकी अफगानिस्तानको सीमापारको हमलामा पाकिस्तानी सेनाका सैनिक मारिएपछि भिडन्त उग्र बन्दै गइरहेकाे छ।

बिहीबार चमनको फ्रेन्डशिप गेट सीमापार्टीमा एउटा अनियन्त्रित भीड र सुरक्षा फौजबीच भएको झडपमा एक महिलासहित कम्तिमा तीन व्यक्तिको मृत्यु भएको छ र २० भन्दा बढी घाइते भएको छ भने पाकिस्तानी र अफगान सुरक्षाबलबीच ठूलो गोलीबारी पनि भएको छ। ।

धेरै हप्तासम्म पैदल यात्रीहरूका लागि बन्द भएपछि बुधबार सीमा पार गर्ने काम पुनः खोलिएको थियो। दुबै पक्षका मानिसहरूलाई ईद मनाउन आफ्नै गाउँमा जान दिन अनुमति दिइएको थियो।

स्रोतका अनुसार सीमा पार गर्ने मनसायले बिहीबार फ्रेंडशिप गेटमा ठूलो संख्यामा व्यक्तिहरू भेला भएर धर्ना दिए फ्रन्टियर कोर्प्स (एफसी) का कर्मीहरूले उनीहरूलाई ढोकाबाट टाढा जान भन्यो, तर उनीहरूले त्यसो गर्न मानेनन्। एफसीका अधिकारीहरूले उनीहरूलाई भने कि द्वार बन्द हुने स्थलबाट नलागे सम्म ढोका खुल्नेछैन।

यसैबीच, महिला र बालबालिका सहित धेरै संख्यामा अफगानी नागरिकहरू पनि अफगानिस्तान तर्फ लाग्न भेला भए। यद्यपि सीमा अधिकारीहरूले गेट खोलेका थिएनन् भने प्रदर्शनकारीहरु हिंस्रक भए र फ्रन्टशिप गेटमा रहेको एफसी र अन्य सरकारी एजेन्सीको कार्यालयमा आक्रमण गरे र एफसी र नाद्रा कार्यालयहरुलाई आगो लगाए।

अफगान, पाकिस्तानी सेनाहरूबीच पनि भएकाे गाेलाबारीले मनाविय क्षति भएकाे छ। भीडलाई तितरबित गर्नका लागि एफसीका कर्मचारीहरूले हावामा गोली हानेका थिए तर समय बित्दै जाँदा सिमाना दुबै पक्षबाट प्रदर्शनमा सामेल भएका धेरै मानिसहरूहरू घाइते भए।

यसैबीच, अधिकारीहरूले भने, केही बन्दूकको आवाज पनि सुनें र भीडले सिमाना नजिकै कन्टेनरमा स्थापित  २० कोठाको क्वारेन्टाइन सुविधामा आक्रमण गरे र आगो लगाइदिए।

स्रोतले भने कि भीडका केही उपद्रवीहरूले परिस्थितिलाई अझ विकराल बनाएका थिए र केही बन्दुकको आवाज पनि सुनेका थिए। हाथापाईमा तीन जना मरे र २० जना घाइते भए।

प्रदर्शनकारीहरू त्यसपछि चमन शहर गए जहाँ उनीहरूले जबरजस्ती सबै बजारहरू र शपिंग मॉलहरू बन्द गरे र सडकहरू रोकेका थिए।

स्थानीय प्रशासनका एक वरिष्ठ अधिकारी जकाउल्लाह दुरानीले डानलाई भने, ‘चमनमा पाकिस्तानी र अफगान सेनाबीच ठूलो गोलीबारी भएको छ र लोड विस्फोटनको आवाज सुनिएको छ।’

“जिल्ला अस्पतालमा हामीले तीन जनाको लास र २० जना घाइते भएका छौं,” डा मलिक अचकजईले भने, घाइतेहरुको गम्भीर अवस्थाका कारण क्वेटामा सारिएको थियो।

बलूचिस्तानका गृहमन्त्री मीर जियाउल्लाह लांगोभले पत्रकार सम्मेलनमा भनेका थिए: “विरोधमा केही अपराधीहरूले भीडलाई उक्साए। घटना अनुसन्धान भइरहेको छ। सरकारले जनता र देशको हितमा निर्णय लिने छ। यदि सीमा पार तनाव छ, हामी यसलाई प्रतिक्रिया गर्नेछौं। हामी घटनाको विभिन्न कोणबाट अनुसन्धान गर्नेछौं र हिंसाको लागि जिम्मेवारलाई कारबाही गरिनेछ। ”

पछिल्लाे केही दिन यता चमन प्रान्तकाे सीमा क्षेत्रमा हमला हुँदै अाएकाे छ। हमलामा परी दुवै देशका नागरिकहरूकाे ज्यान गएकाे छ। बाजुरमा सुरक्षा बलको चौकी चौकीमा आक्रमण हुँदा पकिस्तानी सैनिककाे ज्यान गएकाे हाे।  पाक-अफगानिस्तान सीमामा पाकिस्तानको फौजकबीच हिंसात्मक भिडन्त भइरहेको समाचार अन्तराष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्।

सैन्य अपरेशनले पनि दस लाख भन्दा बढी मानिसहरूलाई विस्थापित गर्यो, तर सरकारले उनीहरूमध्ये धेरैजसो आफ्नो घर फर्केको दाबी गर्यो।

गत हप्ता, संयुक्त राष्ट्र संघको एक रिपोर्टले भन्यो कि ६ हजार भन्दा बढी पाकिस्तानी विद्रोहीहरू पाकिस्तानी सेना र नागरिक लक्ष्यहरूमा हमलाको लागि जिम्मेवार छन्, जो अफगानिस्तानमा लुकेका छन्। संयुक्तराष्ट्रसंघको एक प्रतिवेदनका अनुसार ६ हजार देखि साढे ६ हजारसम्म पाकिस्तानी आतंकवादी छिमेकी देश अफगानिस्तानमा रहेका छन् ।

यीमध्ये धेरैजसो आतंकवादी तहरिक ए तालिबान पाकिस्तान (टीटीपी)को पक्षमा रहेको र ती दुइटै देशको लागि खतरा भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । प्रतिवेदनका अनुसार यी आतंकवादी समूह तालिबानबाट सञ्चालित छन् । तर केही आतंकवादी संगठन भने आईएसआईएलसँग गठबन्धन गरेर चलिरहेको जनाएको छ ।

प्रतिवदेनका अनुसार तालिबान अफगानिस्तानका विभिन्न १२ प्रान्तमा गोप्य रुपमा सक्रिय रहेको छ भने यसका नेता आइमान अल जवाहिरी रहेका छन् । पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध लामो समयदेखि तनावग्रस्त भएकोले दुबै पक्षले एक अर्कालाई आतंकवादी समूहलाई हानी पुर्‍याएको आरोप लगाए।

युनुसकाे जेलबाटै सुन तस्करीकाे यस्ताे खतरानाक डिजाइन

काठमाडौंको कमलादीमा बरामद भएको नक्कली सुनसँग भारतीय जाली नोटको तस्करीमा संलग्न युनुस अन्सारीको संलग्नता खुलेको छ। भारतीय नक्कली नोटको तस्करी कसुरमा केन्द्रीय कारागारमा कैद सजाय भोगिरहेका अन्सारीले सहयोगीमार्फत सुन तस्करी गरेको खुलेको हो।

काठमाडौंको सुन्धाराबाट मंगलबार बिहान नक्कली सुन बरामद गरेको प्रहरीले अन्सारीका सहयोगी इन्साद हुसेनको गाडी नख्खीपोटस्थित अन्सारीकै घरनजिकको एक घरमा पार्किङ गरिरहेको अवस्थामा फेला पारेको थियो। ‘प्रहरीले गाडी फेला पारेपछि गाडी नम्बर र गाडी धनी ट्रेसिङ गर्ने क्रममा हुसेनको भएको थाहा पायो। गाडी बरामद गरिएको स्थान पनि अन्सारीकै घरनजिक थियो’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘हामीले अन्सारीसँग यो विषयमा बुझिरहेका छौं।’ प्रहरीले बरामद गरेको बा६च ५५१९ नम्बरको गाडी बाराका हुसेनको भएको पाइएको थियो। त्यसपछि प्रहरीले अन्सारीसँगको कनेक्सन खोजी गरेको थियो।

प्रहरीले बारा स्थायी घर भए पनि वीरगन्ज बस्दै आएका हुसेनको खोजी गरिरहेको छ। प्रहरीलाई सुनको पोको भन्दै दिएर हिँडेका देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेलले यो सबै काम हुसेनको भएकाले आफूहरुलाई अन्य जानकारी नभएको र गाडी अन्सारीकै घरनजिक भएको बताएपछि अनुसन्धानको सुई अन्सारीतर्फ मोडिएको थियो। हुसेनको गाडी पार्किङ गरेर नवलपरासी पुगेका देवानसिंहसमेतका तीनजनालाई पक्राउ गरी काठमाडौं ल्याएपछि अन्सारीको संलग्नता खुलेको प्रहरीले जनाएको हो।

दरबारमार्ग प्रहरी वृत्तमा कार्यरत ड्राइभर बहादुरसिंह कठायतलाई कौशल पटेल भन्ने व्यक्तिले सुन आउँदैछ भन्ने सूचना दिएका थिए। कठायतले सादा पोसाकमा काम गर्ने प्रहरी जवान प्रसन श्रेष्ठलाई दिएको सूचना डिएसपी रञ्जन दाहालसम्म पुगेको थियो। कठायतसँग सुराकी पटेलको लामो सम्बन्ध रहेको देखिएको छानबिन समितिले जनाएको छ। उनीहरुको लामो सम्बन्ध रहेका कारण १५ किलो सुन बरामद हुने अपेक्षासहित कमलादीमा चेकजाँचमा डिएसपी दाहाल आफैं बसेका थिए तर उनले गाडी समात्न सकेनन्। कमलादीबाट उम्केको गाडीको पिछा मोटरसाइकलमा गरिएको थियो। ड्राइभरले प्रहरीको मोटरसाइकलले आफूहरुलाई पिछा गरेको जानकारी गराएपछि हुसेनले नै सामान प्रहरीलाई नै दिएर भाग्न निर्देशन दिएको स्रोतको दाबी छ। तर त्यो गाडीमा हुसेन भने थिएनन्। उनी अर्कै गाडीमा बसेर निर्देशन दिएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरीले बरामद गरेको बा६च ५५१९ नम्बरको गाडी बाराका हुसेनको भएको पाएपछि अन्सारीसँगको कनेक्सन खोजिएको थियो।

भारतीय नक्कली नोट कारोबारमा जेल सजाय काटेर निस्केका हुसेन भारतीय प्रहरीको पनि खोजी सूचीमा रहेका व्यक्ति हुन्। ‘अन्सारी र हुसेन साथी भएको, अहिले अन्सारी जेलमा रहेका कारण हुसेनले नेपालको बाटो हुँदै भारततर्फ सुन तस्करी गरिरहेको देखिन्छ। प्रहरीलाई छल्न १४ किलो चाँदी देखाएर सुन भएको गाडी पास गराएको हो कि भन्नेतर्पm अनुसन्धान अघि बढेको छ’, छानबिन समितिका एक सदस्यले भने। उनका अनुसार डिएसपी दाहालको कमजोर कमान्डको फाइदा मातहतका प्रहरीले उठाएको र दाहालले पनि समयमै खबर नगरेको उनको भनाइ छ।

‘मंगलबार बिहान ८ बजे गाडी ट्रेसिङ भए पनि डिएसपी दाहालले सुनलगायतका सामान फालेर एउटा गाडी फरार भएको भन्दै ८ः२९ मा सेटमा खबर गरेको देखिन्छ’, स्रोतले भन्यो। त्यसबीचमा मोटरसाइलले पिछा गरेको गाडीलाई किन नियन्त्रणमा लिन सकिएन भन्ने प्रश्न पनि उठेको स्रोतले बतायो। त्यो गाडी त्रिपुरेश्वरमा दुईपटक घुमेर नख्खीपोट पुगेको स्रोतको भनाइ छ। ‘गाडीभित्रबाट कोही पनि बाहिर निस्केको देखिँदैन। गाडी मोटरसाइकलको पछाडि बस्नेलाई पोका फ्याँकेर भागेको देखिन्छ। त्यस्तो अवस्थामा गाडीसहित मानिस पक्राउ गर्ने अवस्था हुँदाहुँदै कसरी उनीहरु भाग्न सफल भए ? मोटरसाइकलमा गएका प्रहरीसँग उनीहरुको मिलेमतो थियो कि थिएन भनेर अहिले थप अनुसन्धान भइरहेको छ’, छानबिन समितिका एक सदस्यले भने। उनका अनुसार प्रहरी जवानद्वय कठायत र श्रेष्ठ पनि अनुसन्धानमा तानिएका छन्। नागरिक दैनिकबाट

नायिका साम्राज्ञीले गरिन् यस्ताे खुलासा, अब के गर्लान भुवन केसी?

काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथिको दुर्व्यवहारबारे बोल्दा उल्टै उनकै विरुद्ध अभिनेता/निर्देशक भुवन केसीले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरे, साउन ९ गते । त्यसअगाडि भुवन र उनका नजिकका फिल्मकर्मीले सामाजिक सञ्जालमा उनीमाथि अनेक आक्षेप लगाएका थिए ।

छोटै समयमा लोकप्रियताको उचाईमा पुगेकी यी अभिनेत्री अहिले फिल्मक्षेत्रमा आफूले भोगेको विभेदविरुद्ध डटेर प्रतिवाद गर्दैछिन् । आफैं अदालत जाने तयारीमा छिन् । यही सन्दर्भमा यो विवादको चुरो, फिल्म क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहार र व्यक्तिगत भोगाईबारे साम्राज्ञीसँग गोकर्ण गौतमले गरेको कुराकानी :

भुवन केसीले तपाईंविरुद्ध गाली बेइज्जतीको मुद्दा हाल्नु भएको छ । अब के गर्नुहुन्छ ?
उहाँले आफूलाई गुरु भन्नुहुन्थ्यो तर एकदमै बच्चा तरिकाले मुद्दा हाल्नुभयो तर म त्यसरी गर्दिनँ । सबै कुरा बुझेर केस गर्छु । अहिले पनि उहाँहरुले दुर्व्यवहार गरिरहनुभएको छ । मान्छे लगाएर मविरुद्ध बोलाइरहनु भएको छ, चरित्रहत्या गर्ने प्रयास गरिरहनु भएको छ ।

मेरो नाम उचालेर, केटी मान्छे हो, डराउँछे, फिल्म क्षेत्र छोड्छे भनेर उहाँ र उहाँ वरपरका मान्छेले सोच्नु भएको होला तर म डराउँदिन, पछाडि हट्दिनँ । म अरुलाई गुर्हादिनँ, आफैं सामना गर्छु । म अहिले बोलिरहेकी छु, यो सुरुवात हो, अब आउने पुस्ता आफूमाथिको हिंसा र दुर्व्यवहार सहदैनन् । डटेर बोल्छन् ।

‘ड्रिम्स’को सुटिङ दौरान पोखरामा खास भएको के थियो ?
मुस्ताङको सुटिङ सकेर पोखरा आएपछि भुइचालो गयो, मसँग बस्दै आउनुभएको साथी प्रनिका भण्डारी घर जानुभयो, हामीलाई विदा दिइएन, म एक्लै परें । रातको त्यस्तै ११ बजेतिर बत्ती निभाएर सुतेको थिएँ । केहीबेरमा कोठामा कोही खाली खुट्टा हिँडेकोजस्तो आवाज आयो, म तर्सें, एकदमै डराएँ, ‘ओम…’ जप्दै निदाउन खोजें ।

एक्कासी मेरो पेटमा कसैले हात राखेको जस्तो भयो, मैले पनि त्यहाँ हात लगें, त्यो हातलाई मेरो छातले छोप्यो । म जुरुक्क उठें, एकदमै खस्रो हात थियो ।अनुहार चिन्न खोजें तर अध्याँरो भएकाले देख्नै सकिनँ । होचो थियो, गन्जी र कट्टुमात्र लगाएको थियो । म रुँदै कराउन थाललेपछि दोड्दै झ्यालबाट भाग्यो ।

त्यतिबेला १६ वर्षकी थिएँ, आधा घण्टा बाहिर निस्कनै सकिनँ, झ्यालबाट आएर चक्कुले हान्छ कि भनेर तर्सन थालें । बल्लतल्ल बाहिर निस्कें, अरुलाई उठाउन खोजें, कोही उठेनन् । अनि रवि मामा (फिल्मका एक निर्माता) लाई उठाएँ, एकछिनमा प्रहरी आएर त्यो मान्छेको हुलिया सोध्यो ।

म डराएको भएर त्यो रात म अनमोलकी काकीसँग सुतें । जीन्दगीमा पहिलोपटक त्यस्तो घटना भोग्नु परेकाले भोलिपल्ट पनि ‘फ्रेस’ हुन सकिनँ, को होला त्यो मान्छे भनेर दिमागमा खेलिरहन्थ्यो । तैपनि सुन्निएको अनुहारमै मेकअप गरियो । बाहिर निर्देशक (भुवन) हुनुहुँदोरेहेछ, मेरो नामले बोलाएर ‘तेरो रुममा हिजो को आको, तलाई रेप गर्न त आएको होइन ? हाहाहा…’ भन्दै गाडीभित्र छिर्नुभयो । त्यो पल म कहिल्यै बिर्सन सक्दिनँ । मैले इन्स्टाग्रामको भिडियोमा कसैको नाम नलिई त्यही भोगाई पोखेको थिएँ ।

नाम नलिँदा पनि भुवन केसी किन तपाईंमाथि जाइलाग्नु भएको होला त ?
मैले अरु भिडियोमा दुई फिल्मको सेटमा भोगेको निकम्मा व्यवस्थापन र पारिश्रमिक नपाएको कुरा सेयर गरेको थिएँ, कसैले केही भनेनन् । तर, यो मान्छेले अंग्रेजी नबुझेको हो कि, आफूले भिडियो नहेरेर अरुको कुरा सुनेर मात्र ‘जज’ गरेको हो, थाहा भएन तर घीनलाग्दो ढंगले स्ट्याट्स लेखेर मलाई हेपियो । उहाँ साँच्चै गुरु हुनुहुन्थ्यो भने मलाई फोन गरेर ‘त्यस्तो भएको मलाई थाहा थिएन, सरी । अब बिर्स’ भनेर सम्झाउनुपर्थ्यो । तर, उल्टै मलाई आक्रमण भयो ।

जापानमा तपाईंमाथि दुर्व्यवहार भएको थियो ?
उहाँ (भुवन) नै ‘मेरो छोरासँग फिल्म खेलिदिनुपर्‍यो, ठकुरी केटी कोही हिरोइन छैनन्’ भनेर मकहाँ आउनु भएको हो, तर सेटमा भेदभाव भयो, मलाई नमज्जा लागेको थियो । जापान जानु केही समयअगाडि मैले यही भोगाई एउटा अन्तर्वार्तामा भनेको थिएँ । उहाँ मेरो नजिक आउन खोज्दा जहिल्यै धकेल्थे, उहाँले सबैलाई ‘बाबा, छोरा’ भन्दै अंकमाल गर्नुहुन्छ, त्यो उहाँलाई मन पर्छ होला तर मलाई मन पर्दैन ।

जापानमा पनि असहज हुने गरी मतिर आउनु भयो अनि ‘मेरोबारे अन्तर्वार्ता दिदिरैछस्, किन बोलेको’ भन्नु भयो । मैले ‘तपाईले मैले काम नपाओस् भनेर कुरा काट्दै हिँड्न मिल्छ ? मलाई काम दिएको मान्छेलाई अर्को हिरोइन लिनु भन्न मिल्छ ?’ भनेर सोधें । हामी केटी मान्छेलाई बच्चैदेखि छाडा नजरले हेरिरहेको छ कि सामान्य तरिकाले, ठ्याक्कै थाहा हुन्छ । उहाँले केटीलाई कसरी हेर्नुहुन्छ, मैले देखेको छु, मलाई कसरी हेर्नुहुन्छ, अनुभुत गरेको छ । तर पनि वेवास्ता गर्थें ।

आफूमाथिको दुव्यर्वहारबारे अहिले बोल्ने आँट कसरी आयो ?
यसलाई सुशान्तसिंह राजपुतको आत्महत्यासँग लिंक गरिएको छ तर त्यस्तो होइन । लकडाउन अगाडि नै म एकखाले ‘डिप्रेस’ थिएँ, फिल्मक्षेत्रमा जति राम्रो काम गर्न खोजे पनि खुट्टा तान्ने, फिल्म फ्लप होस् भनेर नानाथरी गर्ने हुन्छन् । म हैरान भइसकेको थिएँ, त्यसैले ममीलाई फिल्म खेल्न मन छैन भनें तर उहाँले ‘नराम्रो मान्छेहरुलाई देखेर काम गर्दिनौं भने तिमीलाई नै घाटा हुन्छ’ भनेर सम्झाउनुभयो । त्यतिबेला हल्का मन शान्त भएजस्तो भयो तर दिमागमा कहीं न कहीं त्यही कुरा घुमिरहन्थ्यो । त्यही नमिठो अनुभव इन्स्टामा सेयर गरेकी हुँ ।

तपाईले नयाँ र चलेका कलाकारमा विभेद हुन्छ भन्नुभयो । ‘मारुनी’मा तपाईलाई काखा र नयाँ हिरोइन रेबिका गुरुङलाई पाखा गरेको चर्चा चल्यो । आफ्नै फिल्मभित्रको विभेदबारे किन्न बोल्नुभएन ?

इमानदारी साथ भन्दा मसँग हुँदा फिल्म युनिटले राम्रै गरेको थियो तर म नहुँदा कस्तो गरिन्थ्यो, थाहा छैन । प्रमोसनमा जान उहाँ (रेबिका)लाई कल गर्दा सधैं स्वीच अफ हुन्थ्यो । मैले नदेख्ने गरी भेदभाव भएको छ भने त मेरो गल्ती होइन नि ।

तपाईंले ‘ड्रिम्स’ रिलिजताका पारिवारिक माहोलमा काम भयो भन्नुभएको थियो तर अहिले भेदभाव भोगें भन्नुहुन्छ । कसरी पत्याउने ?

मैले त्यतिबेला काम सिकेको थिएँ, फिल्म राम्रो बनेको थियो, मैले सुटिङमा खिच्दाखिच्दै भेदभाव भयो भनेको होइन । क्यामेरा बन्द भएपछिको कुरा गरेको हो । क्यामेरा सामुन्ने र क्यामेरा पछाडिको भोगाई फरक हुन्छ नि !

भुवन केसीलाई ‘पर्भट’ नै भन्नुपर्ने कारण के हो ?

जे देखें, जे भोगें, त्यही भनेको हो । बाहिर आफू मै हुँ भनेर हिँड्ने कुरा अलग तर मान्छेको नियत हामीलाई थाहा हुन्छ । उहाँको व्यवहार देख्दा मलाई कति जनाले बोलिदियोस् भन्ने पनि हुन्थ्यो, जसरी अहिले मैले आवाज उठाइरहेको छु । समाजले छोरी मान्छेलाई हेर्ने नजरिया थाहा छ, परिवारलाई के भन्ला भन्ने डर हुन्छ, त्यसैले अरु आइरहनु भएको छैन ।

‘ड्रिम्स’का प्रोडक्सन म्यानेजर गणेश सापकोटाले तपाईंलाई रक्सी र नशालु पदार्थ खुवाएको भन्दै अन्तर्वार्ता दिए । के भन्नुहुन्छ ?
हाम्रो विवाद भएपछि गणेश सापकोटा भन्ने मान्छेले मेरो र प्रोडक्सन दुवैको पक्षमा राम्रोसँग बोलेको थियो । तर, अचानक भुवन केसीको घरमा फोटो खिचेर त्यस्तो अन्तर्वार्ता दिएको छ । जसलाई भुवन केसीले पनि फेसबुकमा सेयर गर्नुभएको छ । कसले बोल्न लगाएको भनिरहनुपर्छ पर्छ र ? त्यसमाथि गाँजा खान्छ/खाँदैन भनेर पब्लिकमा ल्याउनु एकदमै घीनलाग्दो हो । ल्याइनै सकेपछि अब कसले खान्छ, कसले खाँदैन भनेर अनुसन्धान गरे हुन्छ, ‘दुधका दुध, पानीका पानी’ हुन्छ ।

तर, तपाईंमाथि प्रमोसनमा दुख दिएको आरोप छ नि ?
उसको छोरो (अनमोल) छायामा पर्छ भनेर मलाई प्रमोसनमा लैजानुपर्‍यो नि ? त्यतिबेला मेरो अभिनयको तारिफ भएको थियो । मैले कसैलाई होच्याउन काम राम्रो गरेको र ? मलाई यति झुटो आरोप लगाइरहेका छन् की ममाथि षड्यन्त्र नै भइरहेको जस्तो लाग्छ । अरुलाई स्क्रिप्ट दिएर मेरोविरुद्ध बोल्न लगाइरहेका छन् ।

खराब व्यवस्थापन र पारिश्रमिक नदिएका दुई फिल्म (ए मेरो हजुर २ र इन्टु मिन्टु लन्डनमा) बारे कम बोल्नु भएको हो ?

मैले जे भन्नु पर्ने थियो, भनिसकें, अब किन बढी बोल्नुपर्‍यो र ? उनीहरु चुप छन् । तर, योबारे बोलिरहेको छु, किनभने यो मान्छे मेरोमात्र होइन, मेरो आमाको पनि चरित्रहत्या गर्न खोजिरहेको छ ।

तपाईले दुर्व्यवहार भयो भन्दा पनि फिल्मवृत्तभित्रबाटै किन साथ पाउनु भएको छैन ?

सबैलाई डर होला नि । जे होस्, मलाई व्यक्तिगतरुपमा कल, म्यासेजचाहिँ गरिरहनुभएको छ । बोल्नुपरे पनि बोल्छु भन्नु भएको छ तर म किन बोल्न लगाउने ? यो मेरो लडाईं हो । आफैं स्वतस्फूर्त बोल्नुहुन्छ भने सकारात्मक रुपमा लिन्छु । मेरो साथ दिँदा काम नपाउँला भन्ने डरले पनि बोल्न गाह्रो भएको होला ।

तपाईंको सफलताबाट डाह गरेर अन्य समकालीन अभिनेत्री नबोलेकोजस्तो लाग्छ ?
मलाई अरुको फिल्म हिट भयो भने भित्रैबाट खुशी लाग्छ, भाग खोस्ने होइन । तर, यहाँ खुटा तान्ने बढी हुँदारहेछन् । कतिपय फिल्मकर्मीले तपाईले सुटिङमा दुख दिएको दुखेसो गर्छन् नि…

त्यस्तो होइन । बरु मेलैचाहिँ दुख पाएको छु, अरु कलाकार र प्राविधिकले दुख पाएको देखेको छु । तर, कहिल्यै बोलिनँ । अहिले बोल्दा यसरी आक्रमण भइरहेको छ । मलाई नराम्रो देखाउन मेरी आमालाई तानियो, यसले के सन्देश दिन्छ ? फिल्म क्षेत्रको बेइज्जत भइरहेको छ । अब त नयाँ मान्छे फिल्ममा काम गर्न आउन झन् डराउँछन्।

‘स्टारडम’ व्यवस्थापन गर्न कत्तिको मुस्किल पर्छ ?
कलेज, व्यक्तिगत जीवन सबै छुट्दोरहेछ, त्यसैले सुरु–सुरुमा गाह्रो भयो । बिस्तारै बानी पर्दैगयो । गल्तीबाट सिक्दै गइरहेको छु । मलाई सिकाउने, बुझाउने कोहि छैनन् ।तर, घमण्ड बढ्यो भनेर तपाईंसँग तर्कने फिल्ममेकर पनि उत्तिकै छन् नि…

मैले आफ्नै दुखले सफलता पाइरहेको छु, यसलाई कसैले घमण्ड मान्छ भने ठिकै छ । भगवानले नै घमण्डी देखिने अनुहार दिएको छ भने मेरो गल्ती होइन । अन्य महिला कलाकारलाई फिल्ममेकिङको प्रक्रियामा पुरुष सहकर्मीले गर्ने व्यवहार कस्तो देख्नुहुन्छ ? सबैले नराम्रो नै गर्छन् भन्ने छैन । व्यक्तिअनुसार हुन्छ तर आफूलाई चित्त नबुझ्दा पनि बोल्ने कमै हुन्छन् ।

आफूमाथिको भेदभाव र दुर्व्यवहारबारे किन बोल्दैनन् ?
हेर्नुस् त, मैले कसैको नाम नलिई आफ्नो भोगाई राख्दा यसरी सामूहिक प्रहार भयो, हेप्ने र पेल्ने काम भयो । ‘म यति वर्षदेखि काम गरेको मान्छेलाई भर्खर आउने बच्चाले हेपेको, पख, देखाउँछु’ भन्छन्, अनि अरुलाई कसरी बोल्ने आँट आओस् ? बोल्ने बाटो नै छैन ।

कतिपयले अब तपाईंले फिल्म पाउनुहुन्न भनिरहेका छन् । के लाग्छ ?
यही हप्ताभित्र म दुई वटा फिल्ममा अनुबन्ध हुँदैछु, किनभने उहाँहरुको सोचाई राम्रो छ । म हिट हुन फिल्म खेल्दिनँ, अभिनय मन पराउँछु, त्यसैले फिल्म खेल्छु ।

तर, पटक–पटक विवादमा आउँदा आफ्नो छविमा असर पुग्छ भन्ने डर लाग्दैन ?
अहिले त मेरो फ्यानले मलाई साथ दिइरहनुभएको छ । बुझ्ने मान्छेले अब सहेर बस्नु हुन्न भनेर हौसला दिनुभएको छ ।  कान्तिपुर दैनिकबाट सभार

लेखराज भट्ट भने- सरकार र पार्टी दुवैमा ओलीको विकल्प छैन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने बताएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ईतिहास रच्नुपर्ने र अस्थिरताको ‘ब्रेक-थ्रु’ हुनुपर्ने बताएका हुन्।

उनले भने,‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छ। पार्टी भनेको सबै हो। अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिन्।’उनले पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै सबै कुरा हल हुने पनि विश्वास दिलाए।‘सबै एकै ठाउँमा आउनुहुन्छ। र, सहमति हुन्छ। सहमतिको विकल्प छैन्।’ आफ्नो पार्टीका नेताहरूको कल्चर नै निकै बहस, छलफल गर्ने र निश्कर्षमा सहमतिबाटै परीणाम निकाल्ने रहेकोले अहिलेपनि सहमति हुने उनको दाबी छ। उनले भने,‘पार्टी एकता, संघर्ष र रुपतान्तरणबाटै चल्ने हो।’

स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुने र सहमतिको विकल्प नभएको जिकिर गरे। यद्धपी उनले केही प्रवृत्तिले पार्टीभित्र खेल्न खोजेको आरोप लगाए। उनले भने‘तर, हामी ती प्रवृत्तिलाई पराजित गरेरै अघि बढ्छौं।’ वर्तमान सरकारले गरेका राम्रा काम र यसका उपलब्धिहरु जनतासमक्ष लगिनेपनि उनले जनाए। एकता महाधिवेशनसम्म दुवै अध्यक्ष अनिवार्य निरन्तर रहने र पहिलो महाधिवेशनपनि सहमतिकै आधारमा सम्पन्न गरिने उनको विश्वास छ।

उनले भने,‘हामी महाधिवेशनबाट नेतृत्वपनि सहमतिमै टुँगो लगाउँछौं।’ मन्त्री भट्टले आफू नेताविशेषको क्याम्पमा नभई पार्टीको क्याम्पमा रहेको स्पष्ट पारे। उनले भने,‘म दुवै अध्यक्षको क्याम्पमा छु। दुवै अध्यक्ष एकै ठाउँमा हुनुपर्छ। यदि मैले दुवै अध्यक्ष मिलेर अघि बढ्नुपर्छ। र, सहमतिकै साथ अघि बढ्नुपर्छ भन्दा धोका दिएको हुन्छ भने धोका दिएकै सही। तर, म एकताको पक्षमा छु। पार्टी एकतालाई सुदृढ बनाउनुपर्छ भन्ने नै मेरो लाईन हो।’

१५ किलो ‘सुन’ प्रकरणमा डीएसपी दाहाल जिम्मेवारीबाट हटाइए

काठमाडौं । काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ ।

१५ किलो ‘सुन’ भनेर बरामद भएको पहेँलो धातु प्रकरणमा मुछिएपछि डीएसपी दाहाललाई छानविनका लागि महानगरीय प्रहरी वृत्त दरवारमार्गको नेतृत्वबाट हटाइएको प्रहरी स्रोतले जनाएको छ ।

दाहालमाथि घटनास्थल परिवर्तन गरेको, माथिल्लो निकायलाई गुमराहमा पारेको र अभियुक्तलाई भगाएको आरोप लागेको छ । दाहालको ठाउँमा डीएसपी रामशरण पौडेललाई पठाइएको छ ।

यही साउन १३ गते प्रहरीले कमलादीस्थित नबिल बैंक अगाडिबाट १५ किलो पहेँलो धातु बरामद गरेको जनाएको थियो । सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको र सो झोलामा १५ किलो पहेँलो धातु भेटिएको प्रहरीको भनाइ थियो ।

घर भाडा नलिन सर्वोच्चको आदेश: कहिले सम्मकाे भाडा तिर्न पर्दैन?

काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउन अवधिको घरभाडाका विषयमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले आज बिहीबार अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

‘घर भाडाका विषयमा अन्तरिम आदेश जारी भएको हो,’ उनले भने ‘घर भाडा छुट भने आंशिक हो कि या पूरा हो यस विषयमा भने आदेशको पूर्णपाठ आएपछि मात्र बताउन सक्छु ।’ आदेशभित्र भएका विषय वस्तुका वारेमा अहिले जानकारी नभएको उनले बताए । रिट निवेदकको मागअनुसार नै आदेश भएको हुुनुपर्छ,’ उनले भने । सर्वोच्चले घर भाडा लिने निर्णय तत्काल रोक्न सबै प्रदेशका मुख्यमन्त्रीको नाममा आदेश गरेको हो।

ओबिसी महासंघका गजेन्द्र ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वाेच्चले बिहीबार सुनुवाई गर्दै सरकार र सातै प्रदेशका मुख्यमन्त्रीको नाममा अन्तरिम आदेश जारी गरेको हो । सम्पूर्ण श्रमिकले यो अवधिमा आम्दानी नगरेकाले भाडा तिर्न नसक्ने भएकाले छुट दिनुपर्ने माग गर्दे ठाकुरले असार २१ गते सार्वजनिक सरोकारको रिट दायर गरेका थिए ।

उक्त रिटमाथि बहसपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाडौं, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइएको थियो ।

सर्वोच्चले यसअघि २०७७ असार २४ गते सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । सर्वोच्चले घर भाडा तिर्न नसक्ने वर्गका मानिस, दैनिक श्रम गरिरहेका व्यक्तिहरुको बारेमा सरकारसँग लिखित जवाफ माग गर्दै त्यस्तो आदेश जारी गरेको थियो ।

आज साउन १६ गते शुक्रवारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । आधुरा कामसमेत सम्पादन हुनसक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धनमा रमाउने समयपनि छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो यात्राको सम्भावनापनि रहेको छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुखपनि मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभारम्भको चर्चा चल्नेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । अतिथिको रूपमा सत्कार पाइएला । – ज्यो.प. नारायणप्रसाद दुलाल

अयोध्यामा राम मन्दिरको शिलान्यासकाे लागि जानकी मन्दिर जनकपुरको माटाे पठाइने

भारतकाे रामजन्मभूमि अयोध्यामा राम मन्दिरको शिलान्यासकाे लागि जानकी मन्दिर जनकपुरको माटाे पठाइने तयारी भइरहेकाे छ।

रामजन्मभूमि अयोध्यामा ५ अगस्त हुने मन्दिरको शिलान्यासमा माता जानकी मन्दिर जनकपुरको माटो पठाउने राष्ट्रिय एकता अभियानको कार्यक्रम रहेको छ। उक्त अभियानले जनकपुर स्थित जानकी मन्दिरबाट माटो लिने समेत लिइसकेकाे छ।

अभियान का सदस्य मनीष हिन्दूको नेतृत्वमा लिएको माटो काठमाडाैँ पशुपतिनाथमा पूजा अर्चना गरी अयोध्याको लागी पठाइने तयारी भएकाे हाे।

भारतले टिकटकसहितकाे चिनियाँ एपमा प्रतिबन्ध लगाएपछि के गर्दैछ चीन ?

एजेन्सी । भारतले यसअघि टिकटकसहितका ५९ एपमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाएसँग चिनियाँ एप प्रयोग गरिरहेका भारतीय र दक्षिण एसियाली क्षेत्रमा बस्‍ने मानिसहरुको सञ्‍चार सम्बन्ध विच्छेद भयो ।

उनीहरुले सञ्‍चार सम्बन्धमा पुन: जोडिनका लागि विच्याटमार्फत वैकल्पिक सम्पर्क सुत्रको जानकारी गराए ।

प्रतिबन्ध लगाएको विच्याटमा राखिएको एक पोस्ट यस्तो थियो, “यदि भारतले वास्तवमै विच्याट्‌मा प्रतिबन्ध लगायो भने तपाईंले मलाई एलिपेमा भेट्‌नसक्नुहुन्छ ।”

भारतले प्रतिबन्धको घोषणा गरेको केही दिनमै गुगल प्लेस्टोर र एप्पल प्लेस्टोरले सबै ५९ वटै एपहरु हटायो । जसमा १० करोड भारतीयहरुले प्रयोग गरिरहेको टिकटकलाईसमेत प्लेस्टोरले भारतका लागि हटायो । यससँगै टिनसेन्ट्स, विच्याट, सिना, विबो, बाइडु र अलिबाबा युसी ब्राउजर लगायत थिए ।

उक्त प्रतिबन्धले प्रयोगकर्तालाई वैकल्पिक उपाय सोच्‍नमात्र बाध्य पारेन कि चिनियाँ टेक कम्पनीहरुलाई पनि वैकल्पिक माध्यमका बारेमा पुनर्विचार गर्न बाध्य बनायो । चीन १.३९ बिलियनपछिको सर्वाधिक १.३५ बिलियन जनसंख्या भएको भारतमा चिनियाँ एपहरु प्रतिबन्ध हुँदा चिनियाँ टेक कम्पनीहरुले ठूलो क्षति व्यहोर्नुपर्‍यो ।

भारत र इन्डोनेसियाका युवाहरुबीच चिनियाँ टेक कम्पनीका उत्पादनहरु निकै लोकप्रिय थिए ।

चीन-भारतबीच जुन १५ को राति पूर्वी लद्दाखको गलवान भ्यालीमा हिंसात्मक झडप भएपछि भारतले उक्त झडपको प्रतिकारस्वरुप चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । हाल चिनियाँ कम्पनीहरुले वैकल्पिक एपहरुको बारेमा पुनर्विचार गर्दै भारतीय बजारलाई फेरि हातमा लिने रणनीति बनाइरहेका छन् ।

जुन १५ मा भएको झडपमा २० भारतीय सेना मारिएका थिए भने चीनले आफ्नोतर्फ मारिएका सेनाको बारेमा सार्वजनिक गरेको थिएन ।