विश्वभर कोरोनाबाट : ७ लाख ३३ हजार बढीकाे मृत्यु, संक्रमितको संख्या २ करोड नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । कोरोनाको महामारीले सोमबार यो समाचार तयार पार्दासम्म २ करोड १६ हजार ३२६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

एकै दिन २ लाख १९ हजार ३५३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७८३ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार ५९२ पुगेको छ । १ करोड २८ लाख ९२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार १३९ जनाको मृत्यु भएको छ । ३० लाख ३५ हजार ९९७ जना संक्रमित भएकोमा १८ लाख २४ हजार ५७१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ३४ हजार ५२३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६१ लाख १५ हजार ५७१ पुगेको छ । त्यसमध्ये ३२ लाख ६० हजार ४३८ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा १ लाख ९ हजार ६०० जनाको मृत्यु भएको छ । ५० लाख ३९ हजार ७४६ जना संक्रमित भएकोमा ३८ लाख १० हजार ८१३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५९ हजार ४४८ जनाको मृत्यु भएको छ । ४७ लाख ४२ हजार ४४८ जना संक्रमित भएकोमा ३२ लाख ४० हजार ८८४ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा १० हजार ४०८ जनाको ज्यान गएको छ भने १० लाख ५१ हजार ८२१ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ३६ हजार ६२८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४१२ जनाको मृत्यु भएको छ । २२ हजार ९८६ जना संक्रमित भएकोमा १३ हजार २४० जना संक्रमणमुक्त भएका छन् ।

आज २०७७ साउन २६ गते सोमबारको राशिफल

मेष
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला ।

बृष
नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मिथुन
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

कर्कट
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।

सिंह
आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।

कन्या
कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्‍याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

तुला
सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।

बृश्चिक
सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

धनु
पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

मकर
पारिवारिक वातावरण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

कुम्भ
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।

मीन
कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्‍याउनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ। ज्योतिषी एस्ट्रोलोजर राज

भारतले बनायो कोरोना भ्याक्सिन, १५ अगस्टमा लन्च हुँदै

काठमाडौं। छिमेकी भारतमा कोरोना सङ्क्रमणविरुद्धको भ्याक्सिन तयार भएको र यसलाई आगामी अगस्ट १५ तारिखका दिन लन्च गरिने समाचार त्यहाँको पुरानो सञ्चारगृह नवभारत टाइम्सले प्रकाशित गरेको छ।

उक्त दिन भारतले आफ्नो स्वतन्त्रता दिवस मनाउँछ र सोही दिनदेखि आफूलाई कोरोनामुक्त घोषित गर्ने सम्भावनाको तयारी समेत गरेको उक्त पत्रिकाले उल्लेख गरेको छ।

यो भ्याक्सिन इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले हैदरवादस्थित भारत बायोटेक इन्टरनेसनल लिमिटेड (बीबीआईएल)सँग मिलेर बनाएको हो।

आईसीएमआरले बीबीआईएलसँग मिलेर बनाएको उक्त भ्याक्सिनको नाम ‘बीबीभी१५२’ कोभिड भ्याक्सिन राखिएको छ।

यसको क्लिनिकल ट्रायलपछि १५ अगस्टमा लन्च हुन सक्ने आईसीएमआरले जानकारी दिएको छ। यसलाई सकेसम्म चाँडो प्रयोगमा ल्याउनका लागि आईसीएमआरले सम्बद्ध पक्षसँग पत्राचार गरिसकेको छ।

आईसीएमआरले बीबीआईएललाई लेखेको पत्रमा भनिएको छ- यो कोरोना भ्याक्सिनको परीक्षण फास्ट ट्र्याक मोडमा गर्नुपर्छ र १५ अगस्टसम्ममा क्लिनिकल ट्रायलको नतिजा सार्वजनिक गरिनुपर्छ।

भारतद्वारा नेपाली सेनालाई १० वटा आइसीयु भेन्टिलेटर सहयाेग

काठमाडाैँ । विद्यमान विश्वव्यापी महामारी कोभिड–१९ विरद्द लड्न सहयोग पु-याउने प्रयास अनुरुप भारतीय सेनाले अाइतबार नेपाली सेनालाई दशवटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले यी भेन्लिेटरहरु सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित एवम् भारतको मानार्थ महारथी उपाधिबाट सुशोभित नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रदान गरेका हुन्। एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सर्पोटका लागि यी भेन्टिलेटरहरु व्यापक रुपमा प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएका छन् ।

यी भेन्टिलेटरहरु अस्पतालका आइसीयु, बहु–विशेषतायुक्त अस्पताल तथा विशेष आइसीयु कक्षमा बिरामीको हेरचाहका लागि प्रयोग गर्न सकिन्छ । यसको अलावा विशेष तरिकाले निर्माण गरिएकाले गम्भीर अवस्थाका र सघन उपचार आवश्यक पर्ने बिरामीहरुकोओसारपसारमा यी भेन्टिलेटरहरु सहज र उपयोगी छन् ।

मानवीय सहायता तथा राहतका लागि पहिलो सहयोगीको रुपमा लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ । दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोग अन्तर्गत उक्त भेन्टिलेटरहरु उपहार स्वरुप प्रदान गरिएको हो ।

हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाईमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पु¥याउन भारत प्रतिबद्घ रहेको स्पष्ट पारे।

आज साउन २५ गते आइतवारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मन प्रसन्न र अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । धार्मिक यात्रा हुनसक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दिनको उत्तरार्धमा अनवास्यक खर्च बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । रतिरागपनि बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने र धनागम हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

चिनियाँ एपमाथि प्रतिबन्ध लगाइएपछि १७ बर्षे युवकले बनाए फाईल सेयरिंग एप

भारत । चिनियाँ एपहरूमा प्रतिबन्ध लगाइएपछि एक १७ बर्षे बालकले फाईल सेयरिंग एप बनाएको छ । जम्मू कश्मीरको राजौरी जिल्लाको चट्टेयरका १७ बर्षे अशफाक मेहमूद चौधरीले फाईल सेयरिंग एप ‘डोडो ड्रप’ बनाएको छ जसमार्फत प्रयोगकर्ताहरूलाई दुई उपकरणहरूको बीचमा अडियो, भिडियो, फोटोहरू र टेक्स्ट्हरू इन्टरनेट बिना नै शेएर गर्न सकिन्छ ।

एएनआईसँग कुरा गर्दै अशफाक मेहमूदले भने कि ‘डोडो ड्रप’ चिनियाँ एप ‘SHAREit’ को विकल्प हो। “भारत सरकारले प्राइबेसी उल्लघनका कारण थुप्रै चिनियाँ एपहरूमा प्रतिबन्ध लगाएको छ र ती मध्ये ShareIt मा एक हो । चौधरीले भने, “प्रतिबन्धको कारण प्रयोगकर्ताहरूले फाईल शेएरिङगमा समस्या झेल्नुपरेको थियो, त्यसैले मैले यो फाईल-साझेदारी एप बनाउने निर्णय गरें। ‘डोडो ड्रप’ को साथ, प्रयोगकर्ताहरूले अडियोहरू, भिडियोहरू, फोटोहरू र टेक्स्ट्हरू पनि साझा गर्न सकिने उनले थप बताए ।

अशफाकले एप्लिकेसन बनाउन उनलाई चार हप्ता लागेको र यस वर्ष 1 अगस्तमा सार्बजनिक गरिएको पनि जानकारी गराए । ‘डोडो ड्रप’को ८० एमबीपीएसको ट्रान्सफर रेट छ जुन SHAREit भन्दा छिटो छ र प्रयोग गर्नको लागि धेरै सहज छ।

भारतको सूचना प्रविधि मन्त्रालयले गत जुलाईमा ४७ बटा र जुनमा ५९ बटा एपहरूमा प्रतिबन्ध लगाएका थिए। यी प्रतिबन्धित क्लोनहरूमा SHAREit, लाइट, टिक्टोक लाइट, हेलो लाइट, BIGO LIVE लाइट, र VFY लाइट समावेश थियो।

यी एपहरू भारतको सार्वभौमिकता र अखण्डताबिरोधी एबम सूचनाको चोरीमा संलग्न थिए भन्ने जानकारीको आधारमा प्रतिबन्धित गरिएको थियो। लगभग सबै प्रतिबन्धित चिनियाँ एपहरूरुचि चिनीयाँ हुन ।

सिन्जियाङको हिरासतमा रहेका चिनियाँ मोडलले भिडियो बनाउँदै भने – बाँच्‍ने अन्तिम आशा हो

एजेन्सी । मेर्डान घापर प्राय:क्यामेरामा पोज दिने गर्छन् । चिनियाँ अनलाइन रिटेलर ताओबामा मोडलिङ गर्ने ३१ वर्षीय घापरलाई राम्रै पैसा दिइएको छ । उनले विभिन्‍न लुगाको ब्रान्डिङमा मोडलिङ गरेका छन् ।

तर, घापरको एक भिडियो भने फरक छ । उनी कुनै फेसनेवल सहरको सडक अथवा भव्य स्टुडियोमा होइन्, फोहोर भित्ता र खियाल लागेको झ्याल भएको कोठाभित्र छन् । उनी यस पटकको भिडियोमा कुनै पोज दिइरहेका छन् । उनी चुपचाप छन् तर आत्तिएकाजस्ता देखिन्छन् ।

उनले दायाँ हातले क्यामेरा समातेका छन् भने उनको लुगा पनि फोहोर देखिन्छ । उनका बायाँ हातको कोठामा भएको एउटा खाटमा बाँधिएको छ । त्यो कोठामा भएको एकमात्र फर्निचर त्यही एउटा खाट हो ।

यो भिडियो थुप्रै टेक्स्ट म्यासेजसहित बीबीसीलाई प्राप्त भयो । हिरासत कक्षबाट एक व्यक्तिले उच्च सावधानी र पूर्ण गोपनीयताका साथ बीबीसीलाई पठाए । यस भिडियोसँगै पठाइएको सन्देशमा चीनले तीन खराब शक्तिविरुद्ध लडिरहेको भनिएको अतिवादी, आतंकवादी र पृथकतावादीको विषयमा उल्लेख गरिएको छ ।

केही वर्षयतादेखि पश्‍चिमी प्रान्त सिन्जियाङका करिब १० लाख उइगर र अल्पसंख्यकहरु चीनको हिसासतमा रहेको बताइँदै आएको छ । चीनले उनीहरुलाई अतिवादविरुद्ध प्रशिक्षण दिइरहेको बताउँदै आएको छ । तर, उनीहरुलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको छ ।

हजारौं बालबालिकालाई उनीहरुको अभिभावकबाट अलग गराइएको छ । महिलाहरुलाई जबरजस्ती बच्चा नजन्माउन दबाब दिइन्छ ।

घापरको अकाउन्टबाट पनि धेरै प्रमाणहरु प्राप्त गर्न सकिन्छ । त्यहाँ हिरासतमा रहेकाहरुलाई यातना र दुर्व्यवहार गर्ने गरिएको छ । उइगरहरुलाई गैरकानुनी रुपमा कुनै मुद्दाबिना हिरासतमा राखिएको छ ।

उनीहरुलाई गम्भीर मनोवैज्ञानिक दबाब दिने गरिएकोसमेत बताइएको छ ।

अहिले सिन्जियाङमा कोरोना भाइरसको महामारी फैलिएको छ । तर, उइगरहरुलाई यस विषयमा जानकारी गराइएको छैन भने सबैलाई एकै ठाउँमा राखिएको छ । सरसफाई गर्न पाएका छैनन् । उइगरहरु राखिएका हिरासतहरुमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको छ ।

बीबीसीले यस विषयमा विस्तृत जानकारी गराउनका लागि चिनियाँ विदेश मन्त्रलायलाई पत्र पठाएको छ । घापरका परिवारलाई विगत पाँच महिनादेखि यस विषयमा जानकारी गराइएको छैन । उनका परिवारले विगत पाँच महिनादेखि आफ्नो छोराको कुनै सन्देश नदिइएको जनाइएको छ । ३८ मिनेट लामो उक्त भिडियामा उनले भोगेको यातनाको बारेमा जानकारी गराइएको छ ।

उनले यो आफ्नो अन्तिम आशा भएको बताएका छन् । सन् २००९ मा उइगर भएकै कारण यातना भोगेपछि उनले सिन्जियाङ छोडेका थिए । तर, चिनियाँ अधिकारीहरुले फेरि उनलाई त्यही उइगररहेको हिरासतमा थुनेका छन् ।

अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन सक्ने राष्ट्रपति ट्रम्पको भनाई

एजेन्सी । अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स, टिकटकमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सो कुराको जानकारी दिए । उनले भने– हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकले प्रतिबन्ध लगाउन पनि सक्छ ।

ट्रम्पले थप्दै भने– हामीले यो विषयको तयारी गरेका छौँ, हामीसँग टिकटकका अरु पनि कैयौँ विकल्पहरु हुन सक्छन्, त्यस बारेमा खोजी गरेका छौँ हामीले यसमा प्रतिबन्ध लगाउन सक्छौँ ।

अमेरिकामा कतिपय चिनियाँ एप्लिकेन्सहरुमा प्रतिबन्ध लागेको छ । त्यसैले अमेरिकाले यस टिकटकमा पनि प्रतिबन्ध लगाउनसक्ने तयारी गरेको चर्चा शुरु भएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाई आएको हो ।

यसअघि जुलाईको पहिलो सातामा नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने बारेमा सोचिरहेको भनाई राख्नुभएको थियो । त्यसको करिब महिना दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाई आएको प्राप्त समाचारमा जनाइएको छ ।

पाकिस्तानद्वारा अफगानिस्तानमा रकेट प्रहार, १५ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानले दक्षिणी अफगानिस्तानमा रकेट प्रहार गरेको अफगान सेनाले बताएको छ । सो रकेटले लागेर दक्षिणी अफगानिस्तानका कम्तीमा पनि १५ जना नागरिकको ज्यान गएको छ ।

सो आक्रमणका क्रममा अरु कम्तीमा पनि ७० जना सर्वसाधारण पनि घाइते भएका र घाइते मध्ये कैयौको अवस्था गम्भीर भएकाले मृतक संख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तको एक नगरमा पाकिस्तानी सेनाले रकेट प्रहार गरेको अफगान सेनाले जानकारी दिएको छ ।

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको स्पिन बोल्दाक जिल्लामा पाकिस्तानी र अफगानी सुरक्षा फौजका बीचमा शुक्रबार दिनभर जसो भिडन्त भएको थियो ।

सो भिडन्तपछि शुक्रबार साँझपख पाकिस्तानी सेनाले सो जिल्लालाइ लक्ष्य गरेर भारी मात्रामा रकेटकहरुले सो हमला गरेको अफगान सेनाको भनाई रहेको छ ।

उक्त हमलापछि शुक्रबार रातिसम्ममा १५ जना सर्वसाधारणको ज्यान गएको र अरु कम्तीमा पनि ७० जना सर्वसाधारण नराम्ररी घाइते भएका अफगान सेनाले जानकारी दिएको छ ।

सो जिल्लामा सर्वासाधारण नागरिकहरु बाटो हिँडिरहेको मौकामा पाकिस्तानी पक्षबाट अकस्मात रकेटहरु प्रहार भएका थिए।

त्यसैले यस हमलाबाट बाटो हिँडेका सर्वसाधारण नागरिक नै शिकार भएका छन् । जसका कारण सो जिल्लामा शुक्रबार राति पनि त्रास फैलिएको अफगानिस्तानको उक्त प्रान्तका सुरक्षा अधिकारीहरुले स्थानीय मिडियालाई जानकारी दिएका छन्।

यी दुई देशको सीमा क्षेत्रमा के कति क्षति भएको छ भन्ने बारेमा भने केही खबर आएको छैन । अफगानिस्तानका सुरक्षाकर्मी र पाकिस्तानका सुरक्षाकर्मीहरु सीमा क्षेत्रमा पनि एक अर्कालाई हमला गर्ने गरी तयारी अवस्थामा बसिरहेका पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

‘चीन नेपाल, श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैछ’

एजेन्सी। अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका दक्षिण र मध्य एशियाका वरिष्ठ निर्देशक लिसा कर्टिसले चीन नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेकाे बताएका छन्।

कर्टिसले हिजो एक इन्स्टिच्युसन कार्यक्रममा यस्ताे बताएका हुन्। उनले भनिन्,’छिमेकी देशहरूमा चीनको बढ्दो क्षेत्रीय प्रभाव र रणनीतिको मूल्यांकन गर्ने काम भइरहेकाे छ।’ पछिल्लाे केही महिनादेखि चीनले छिमेकी मुलकमा हदैसम्मकाे हस्तक्षेप गरिरहेकाे उनका भनाइ छ।

‘नेपाल र भुटानतिर फर्कदा हामी चीनले आफ्ना छिमेकीहरूको सार्वभौमिकतालाई बेवास्ता गरेको उदाहरणहरू देख्छौं। मेमा, चिनियाँ सरकारी मिडियाले दावी गरे कि नेपाली सार्वभौमिकताको प्रतीक माउन्ट एभरेष्ट वास्तवमा चीनको हो। यस महिनाको सुरूमा चीनले पूर्वी भूटानमा नयाँ क्षेत्रीय दावीलाई जोड दियो, ”उनले भनिन्, ‘चीनको प्रभाव भारतको छिमेकीहरुमा बढेको छ।’

नेपाल र श्रीलंकामा चीनले आफ्नो आर्थिक गुट मात्र प्रयोग गरिरहेको छैन उनीहरूको आन्तरिक राजनीतिमा बढी संलग्न भएको पनि उनले बताइन्।