अख्तियार प्रमुखलाई कोरोना संक्रमण

काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको परीक्षणका क्रममा प्रमुख आयुक्तलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नेपालमा पहिलोपटक संवैधानिक अंगका प्रमुखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । केही दिनअगाडि आयोगका प्रमुखका सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रमुख आयुक्त अहिले घरमै आइसाेलेसनमा बसिरहेका छन् । अख्तियारमा मात्र ५० जना भन्दा बढी कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८३ पुगेकाे छ । मंगलबार थप ४ जनाकाे काेराेनाबाट मृत्यु भएकाे पुष्टि भएसँगै मृतककाे संख्या ८३ पुगेकाे स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएकाे छ ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले मंगलबार धनुषाका २ जना, काभ्रेका १ जना र सिन्धुपाल्चोकका १ जना काेराेना संक्रमणबाट मृत्यु भएकाे जानकारी दिए ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा १७१ जना काेराेना संक्रमण मुक्त भएर घर फर्किएका छन् । याेसँगै नेपालमा कोरोना मुक्त भइ घर फर्किनेको संख्या १६ हजार ६६४ पुगेको मन्त्रालयले जनाएकाे छ ।

घट्याे सुनको मुल्य

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि सोमबार तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको एक लाख दुई हजार ४ सय रुपैयाँमा थियो । लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको भाउ अस्ति आइतबारदेखि घट्न थालेको छ।

सुनको भाउ घटे पनि चाँदीको भाउले भने रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

गोंगबु हत्या प्रकरण: महिलामाथि यौन शोषण र नग्न तस्बिर फेसबुकमा हालिएकाे

काठमाडौं। दाङका कृष्णबहादुर बोहोराको अण्डकोषमा हानेर हत्या गरेको खुलासा भएकाे छ। गोंगबुमा आइतबार बिहान सुटकेशमा फेला परेका शव बोहोराको भएकाे खुलेपछि प्रहरीले अनुसन्धानलाइ तिब्रता दिएकाे थियाे।

अनुसन्धानकाे क्रममा प्रहरीले एक महिलालाइ पक्राउ गरी साेधपुछ गर्दा उक्त कुराकाे खुलासा भएकाे हाे। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेललेलाई सार्वजनिक गरेको छ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार कल्पना र कृष्णबहादुरबीच तीन-चार वर्षअघि फेसबुकबाट चिनजान भएको अनुसन्धानबाट खुलेकाे छ। उनले भने,’चिनजानपछि उनीहरू नजिक भए।’

ती महिलाले बयानकाे क्रममा कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्न गरेकाे प्रहरीलाइ बताएकी छन्। उनले प्रहरी समक्ष कृष्णबहादुरलाई रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको स्वीकारेकी छन्।

सुटकेशमा शव भेटिएपछि प्रहरीले अपरेशन जो जो नाम दिएर उक्त घटनाको अनुसन्धान थालेको थियो। जो जो कुकुर हो। उसले शवको टाउको खुट्टा फेला पारेको थियो।

महाशाखाका एसएसपी दीपक थापाका अनुसार हत्यापछि शव व्यवस्थापन गर्न भण्डारीले टाउको र खुट्टा काटेकी थिइन्। ‘शव फालेर उनी माइती जान्छु भन्दै एम्बुलेन्समा चितवन गएको देखिन्छ,’ एसएसपी थापाले भने। ‘हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको भन्ने नै देखिन्छ,’ उनले भने।

अनुसन्धानबाट खुलेका तथ्यहरु

  • मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा टोखा न.पा. वडा नं. १० नवज्योति मार्गमा रातो प्लाष्टीकले बेरेको, बोराको नाम्लो सहित कालो रंगको सुटकेश भित्र टाउको र खुट्टा बिनाको पुरुषको शव फेला परेको ।
  • तत्काल तालिम प्राप्त जो जो नामको Tracking Dog परिचालन गर्दा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा अन्दाजी ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा फेला परेको ।
  • मृतक पहिचानका लागि मिति २०७७।०४।२६ गते मृतकको फोटो सामाजिक संजाल तथा मिडिया मार्फत सार्वजनिक गरिएको ।
  • मिति २०७७।०४।२६ गते मृतकको मामा नाता पर्ने ब्यक्ति आई मृतकको सनाखत गरेको ।
  • मृतक जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोरा भन्ने यकीन भएको ।
    निज मृतक बिगत ८ महिना देखि उक्त होटलमा बस्दै आएको ।
  • मृतक र अभियुक्त बीच करिव ३।४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको ।
  • मृतक कृष्ण बहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आई भेट्ने गरेको ।
  • मृतकले अभियुक्तको फोटो राखी फेक फेसबुक आई.डी. खोली चलाउने गरेको भन्ने बुझिएको र आफु अनुकुल चल्नको लागि दबाब दिने गरेको ।
  • मृतक घटनाको दिन आफु बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएको ।
  • मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएको ।
  • अभियुक्तले दहीमा ५ वटा निन्द्राको औषधी (sleeping tablet- Triad 10 mg) मिसाई खान दिएको ।
  • उक्त खानेकुरा खाएपछि मृतक लठ्ठ परी सुतेको मौकामा फलामको मारतोल (ह्याम्मर) ले मृतकको अण्डकोषमा प्रहार गरेको ।
  • तत्पश्चात मृतकलाई सलको प्रयोग गरी घाटीमा थिचेको र मरेको यकीन गरेको ।
  • धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाई झोलामा राखी आफैले फालेको ।
  • मिति २०७७।०४।२५ गते बेलुकी बिरामी लिएर काठमाण्डौ आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन तर्फ गएको ।
  • शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्की आई बसेको ।
  • अनुसन्धानको क्रममा निज कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र निजको छोरी शव ब्यबस्थापनमा संलग्न रहेको खुल्न आएकोले पक्राउको लागि प्रहरी परिचालन भएको ।
  • निजहरुलाई खोजतलाशको क्रममा जिल्ला प्रहरी चितवनको समन्वयमा पक्राउ गरिएको ।
  • हालसम्मको प्रारम्भिक अनुसन्धानमा Crime Scene, Victim & Suspect को बीचमा Technically & Physically सम्बन्ध स्थापना भएको ।

घटनास्थलबाट बरामद भएका दशीका सामानहरु

१.घटनामा प्रयोग भएको धारिलो हतियार

२.हिर्काउन प्रयोग भएको ह्याम्मर

३.रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा

४.घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल

५.सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा

६.मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु

७.स्लिपीङ ट्यावलेटको खोल

मोबाईल सेटहरु

आज कृष्ण जन्माष्टमी मनाइँदै

काठमाडाैँ । भगवान् श्रीकृष्णको जन्म भएको दिन आज श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ।

विगतमा आजको दिन पाटनको कृष्ण मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्थ्यो। केही दिन अघिदेखि नै तयारी सुरु हुन्थ्यो। यस वर्ष भने कोरोना महामारीका कारण कृष्ण मन्दिर नै बन्द छ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर प्रशासन र टोल सुधार समितिले मन्दिर बन्द गर्ने निर्णय गरेका हुन्।

कृष्ण जन्माष्टमीको दिन घरमै पूजाआज गरी परम्परालाई निरन्तरता दिन ललितपुर महानगरपालिका नगर कार्यपालिका कार्यालय र मंगल टोल सुधार संघ मंगलबजारले आग्रह गरेका छन्।

पत्रकार सम्मेलन चलिरहेका बेला ह्वाइटहाउस बाहिर गोली चल्यो, ट्रम्प सुरक्षित स्थानमा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरिरहेका बेला ह्वाइटहाउस बाहिर गोली चलेको छ ।

राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा बोलिरहेका बेला ह्वाइटहाउस बाहिर गोली चलेपछि ट्रम्प पत्रकार सम्मेलन छोडेर भित्र गएका थिए । उनलाई अमेरिकी सेक्रेट सर्भिसका कर्मचारीले पत्रकार सम्मेलन स्थलबाट भित्र लगेका थिए ।

केहि बेरमा फेरी पत्रकार सम्मेलनमा फर्किएका राष्ट्रपति ट्रम्पले सुरक्षा अधिकारीहरुले कुनै संकास्पद व्यक्तिमाथि गोली चलाएको बताएका छन् । सुरक्षा अधिकारीहरुले शंकास्पद व्यक्ति प्रोफेसनल शुटर रहेको बताएको छ ।

आज साउन २७ मंगलवारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । घरमा अतिथीको आगमन हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनावश्यक यात्रा हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मघाती काम गर्न पुगिएला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभका योग पनि देखिन्छन् ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रोकिएको कामको गाँठो फुक्नेछ । मन्दिरको दर्शनले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । विद्याको क्षेत्र सबल रहनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । नयाँ कामको थालनी र सुखद् यात्राको योगपनि छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

काेराेनाकाे कहर: मन्त्रिपरिषद्ले गर्याे यस्ताे निर्णय

काठमाडौं । कोरोना भाइरस  संक्रमणको जोखिम बढेपछि सरकारले लामो दुरीको यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेपछि मात्र खोल्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको  बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिस अनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछी सीसीएमसीले उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस गरेको थियो ।

सीसीएमसीको आईतवार बसेको बैठकले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो । ।

मन्त्रिपरिषदको बैठकले  सिमा नाकाबाट आउनेहरुलाई थप कडाइ गर्ने निर्णय गरेको छ

अब कहिले देखि चल्छ लामाे दूरीका यातायात?

काठमाडौं । कोरोना भाइरस  संक्रमणको जोखिम बढेपछि सरकारले लामो दुरीको यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेपछि मात्र खोल्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको  बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिस अनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछी सीसीएमसीले उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस गरेको थियो ।

सीसीएमसीको आईतवार बसेको बैठकले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो । ।

मन्त्रिपरिषदको बैठकले  सिमा नाकाबाट आउनेहरुलाई थप कडाइ गर्ने निर्णय गरेको छ

पाकिस्तान नियन्त्रित कश्मिरमा बौद्ध धर्मका धरोहर नष्ट गर्ने कार्यप्रति नेपाल रिपब्लिक पार्टीकाे आपत्ति

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मिरमा अति प्राचीन असङ्ख्य बौद्ध कलाकृति, शिलालेख र ऐतिहासिक-सांस्कृतिक धरोहरहरु नष्ट गर्ने गरी कम्युनिस्ट चीनको सहयोगमा दियामर-भाशा डैम बाँधको निर्माण हुन लागेकोमा नेपाल रिपब्लिक पार्टी तीव्र आपत्ति जनाएको छ ।

गिलगित-बल्तिस्तान क्षेत्रमा निर्माण हुने उक्त बाँधले सात हजार वर्ष अघिका पाँच हजार भन्दा बढी पुरातात्विक महत्वका शिलालेख र कलाकृतिहरू मात्र होइन, सांस्कृतिक-पुरातात्विक वैभवले सम्पन्न एउटा सिङ्गो गाउँ नै डुब्ने छ, प्रेस विज्ञिप्तमा भनिएको छ ।

बिशेषतः प्राचीन बौद्ध धरोहर भएपनि उक्त सम्पदाले बौद्ध-हिन्दू धर्म-संस्कृतिका साथै मानवीय इतिहास र संस्कृतिकै संरक्षणका दृष्टिले महत्व रहेकोे छ । यस्तो अवस्थामा बौद्ध-हिन्दू धर्म-संस्कृतिको विरोधी पाकिस्तान र कम्युनिष्ट चीनको साठगाँठमा उक्त बाँधको निर्माण गरिनु ज्यादै आपत्तिजनक छ ।

नेपाल रिपब्लिक पार्टी उक्त ठाउँमा उक्त बाँध निर्माण कार्य तत्काल रोक्न पाकिस्तान र चीन सरकार दुवैलाई आग्रह गरेका छन् । बाँध निर्माण आवश्यक नै भएमा उक्त स्थान भन्दा तल वा माथि यस्तो ठाउँमा निर्माण गरिनुपर्छ । जसले उक्त सम्पदालाई क्षतिग्रत र विनष्ट नबनाओस ।

रिपब्लिक पार्टीले यसबारे नेपाल सरकार, नेपालका बौद्ध(हिन्दू समुदाय र समग्र प्रजातान्त्रिक विश्वको ध्यानाकर्षण गराउन चाहन्छ । धर्म, संस्कृति र मानवीय इतिहास प्रति आस्था राख्ने प्रत्येक देशका र प्रत्येक समुदायको उक्त स्थानमा सो बाँध निर्माण प्रति आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ । बाँध उक्त स्थानबाट हटाइएन र धर्म(संस्कृति विरोधी कम्युनिष्ट चीनको उक्साहटमा पाकिस्तानले उक्त विवादित स्थानमै बाँध निर्माण गर्यो भने यसको गम्भीर परिणाम उसले भोग्नु पर्ने समेत नेपाल रिपब्लिक पार्टी चेतावनी दिएका छन् ।