गोंगबु घटना : यौन र रक्सीको नसाले निम्त्याएको अपराध

काठमाडाैँ । गोंगबु हत्याकाण्डमा संलग्न आरोपी महिलालाई प्रहरीले पक्राउ गरेपछी विभिन्न रहस्यहरु खुलेका छन्। बिभत्स हत्या गरी सुटकेसमा शरीरको भाग र झोलामा टाउको र खुट्टा राखिएको अवस्थामा आइतबार दाङका कृष्णबहादुर बोहोराको शव गोंगबु चोक भन्दा केहीपर भेटिएको थियो।

आइतबार बिहान ७ बजे प्रहरीले गोंगबु नजिकै नवज्योति मार्गमा रातो प्लाष्टीकले बेरेको, बोराको नाम्लो सहित कालो रंगको सुटकेश भित्र टाउको र खुट्टा बिनाको अवस्थामा बोहोराको शव प्रहरीले फेला पारेको थियो। सुरुमा सुटकेसमा खुट्टा र टाउको नभएको शव फेला पारेपछि प्रहरीले अनुसन्धानमा कुकुरको प्रयोग गरेको थियो। तालिम प्राप्त जो जो नामको कुकुरले सटकेस भन्दा ३०० मिटर पूर्वउत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा टाउको र खुट्टा फेला पारेको थियो।

प्रहरीले उनको हत्यामा संलग्न भएको आरोपमा कल्पना मुडभरी पौडेललाई चितवनबाट पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ। मुडभरीले आफुले पुरुषको हत्या गरेको प्रहरी समक्ष स्वीकारेकी छन्। हत्या गरेर एम्बुलेन्समा चितवन पुगेकी उनलाई प्रहरीले शक्तिखोर स्थित माइतीबाट पक्राउ गरेको थियो। कृष्णबहादुरको शव व्यवस्थापन गर्न मुडभरीकी छोरी संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ। प्रहरीले उनकी छोरीलाई पनि पक्राउ गरेको छ।

चितवन कालिका नगरपालिका वडा नं. ७ घर भएकी मुडभरी टोखा नगरपालिका वडा नं. १० नवज्योति मार्गमा बस्दै आएकी थिइन्। ३७ वर्षिय मुडभरीको करिब ३/४ वर्ष अघि मृतक बोहोरासँग सामाजिक संजाल मार्फत चिनजान भएको थियो। त्यही चिनजानले दुबै जना एक आपसमा भेटघाट समेत गर्ने गर्थे। बोहोरा बेला बेला मुडभरीको कोठामा आउने गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ। मुडभरीले केही टेलिशृंखलामा समेत अभिनय गरेकी छन्। प्रहरीका अनुसार मुडभरी श्रीमानलाई छोडेर एक्लै बस्दै आएकी थिइन्। दुई विबाह गरेका कृष्णबहादुरको पनि पारिवारिक सम्वन्ध राम्रो नदेखिएको अनुसन्धानमा खुलेको छ।

उनले आफ्नो फेसबुक आइडी बनाएर अश्लील फोटो पठाउने र अनेक दु:ख दिने गरेका कारण हत्या गरेको बयान प्रहरीलाई दिएकी छन्।

घटना भएको दिन कृष्णबहादुर आफु बसेको होटलबाट स्कुटीमा मुडभरीको कोठामा पुगेका थिए। कृष्णबहादुर कोठामा पुगेपछि मुडभरीले खानेकुरा सहित स्वागत गरेको अनुसन्धानमा खुलेको छ। उनको कोठामा कृष्णबहादुरले दही, चिउरा, मासु र भोड्का खाएका थिए। खानपिनकै क्रममा महिलाले दहीमा ५ वटा स्लिपिङ ट्याव्लेट मिसाएर खुवाएकी थिइन्। त्यसलगत्तै उनले घाँटी थिचेको र अन्डाकोषमा हानेर हत्या गरेको बयान दिएकी छन्। हत्यापछी शव लुकाउनलाई उनले टाउको र शरीर टुक्रा पारेकी थिइन्। मुडभरीले हत्या पछि बाथरुमा लगेर शवलाई काटेको देखिएको महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए। मुडभरीले बोहोराको शवलाई सुटकेस र झोलामा अट्ने बनाएपछि छोरीको सहयोगमा चोकमा लगेर छोडेकी थिइन्।

शव व्यवस्थापन पछि मुडभरी एम्वुलेन्समा चितवन पुगेकी थिइन्। उनले २५ गते बेलुकी बिरामी लिएर काठमाडौं आई चितवन फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी लगिदिन आग्रह गरेकी थिइन्। उनी सोही दिन एम्बुलेन्सको भाडा तिरी चितवन पुगेकी थिइन्।

प्रहरीले बोहोराको पहिचान गर्न सोमबार तस्बिर सार्वजनिक गरेको थियो। मृतकको मामा नाता पर्ने ब्यक्तिले तस्बिरको आधारमा सोमबार उनको पहिचान गरेका थिए। बोहोरा विगत ८ महिनादेखि गोंगबु स्थित एक होटलमा बस्दै आएका थिए। नागरिक दैनिकबाट

नायक सञ्जय दत्तलाई फोक्सोको क्यान्सर तेस्रो चरणमा पुग्याे

काठमाडाैं । बलिउड स्टार सञ्जय दत्तलाई फोक्सोको क्यान्सर तेस्रो चरणमा पुगेकाे छ। गत साता उनको स्वासप्रस्वासमा समस्‍या देखिएपछि लीलावती अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उनको परीक्षणपछि फोक्सोमा पानी जमेको खबर सार्वजनिक भएको थियो। टाइम्स अफ इन्डियाले जनाए अनुसार उनको फोक्सोको क्यान्सर तेस्रो चरणमा छ।

सञ्जयलाई उपचारका लागि अमेरिका लगिँदैछ। उनको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन्।सञ्जय लकडाउनयता मुम्बईमा एक्लै थिए। उनकी श्रीमती र दुई सन्तान दुबईमा छन्। घुम्‍न गएका उनीहरू लकडाउनका कारण उतै रहे। एजेन्सी

औषधि विभागद्वारा रेमडिसिभिर औषधि दर्ता गर्न आलटाल, अवैध तरिकाले भित्रदै

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको रेमडिसिभिर औषधि दर्ता प्रक्रिया आलटाल गर्दा सो औषधि अवैध तरिकाले भित्रिने गरेको पाइएको छ । स्रोतका अनुसार केही आयातकर्ताले रेमडिसिभिर नामक औषधि कोलकाता हुँदै नेपाल भित्र्याउने गरेका छन् । त्यसतो त, पटके सिफारिसबाट पनि औषधि आयात गर्न सकिने व्यवस्था छ ।

रेमडिसिभर नामक औषधति दर्ता गर्न औषधि व्यवस्था विभागले आलटाल गर्दा गैरकानुनी तरिकाले भित्रिएर कालोबजारी हुने देखिएको छ । अहिले परभाइल ४० देखि ५० हजार रुपैयाँसम्म किन्नुपर्ने बाध्यता छ ।

रेमडिसिभिर औषधी दार्ता हुनसके परभाइल सात हजार रुपैयाँसम्म ल्याउन सकिने आयातकर्ता बताउँछन् । अमेरिकाको जिलिड फर्माले उत्पादन गरेको रेमडिसिभिर अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले कोभिड–१९ का संक्तमितमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ । प्रभावकारी मानिएको यो औषधि नेपालमा उत्पादन हुँदैन । आजको राजधानी दैनिकबाट

आज बुधबारको तपाइकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकाएको भयपनि रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ, तर स्वास्थ्यप्रति सजक रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ, तर शुभ र नयाँ कार्यको योजना बन्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । ज्योतिषी एस्ट्रो राज

कसरी बढिरहेका छन् काेराेना संक्रमित?

काठमाडाैँ । सरकारले साउन ७ गतेदेखि यातायात सेवामा जोरबिजोर प्रणाली हटाएको थियो। सार्वजनिक सवारी साधनमा स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरिएको छैन। व्यापार, बैठक, भेटघाट भन्दै काठमाडौं आउनेहरूबाट संक्रमण फैलन पुगेको महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले बताए। उनले भने, ‘सीमावर्ती जिल्लाबाट आएका व्यक्तिमा कोरोना संक्रमण बढी पाइएको छ।’

लकडाउन अवधिमा पनि पहुँचका भरमा पास बनाएर निजी र सार्वजनिक सवारी साधनबाट काठमाडौं भित्रिनेका कारण पनि संक्रमण बढेको हो। कतिपय एम्बुलेन्सबाट पनि आएका थिए। मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार काठमाडौं भित्रिने नाकाहरूमा होल्डिङ सेन्टर बनाएर परीक्षण नगर्दा उपत्यका जोखिममा परेको हो।

‘होल्डिङ सेन्टरमा राखेर कोरोना पोजिटिभ देखिएकालाई अस्पतालको आइसोलेसन र नेगेटिभ देखिएका व्यक्तिलाई कोठामा जान दिने व्यवस्था गरेको भए यो जोखिम हुने थिएन’, उनले भने। काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार नागढुंगा, साँगा, फर्पिङ नाकाबाट ठूलो संख्यामा यात्रुहरू प्रवेश गरिरहेका छन्।

आज साउन २८ गेत बुधबारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ, तर स्वास्थ्यप्रति सजक रहनुहोला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकाएको भयपनि रहला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ, तर शुभ र नयाँ कार्यको योजना बन्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

शैक्षिक संस्थासहित अर्को सूचना नआएसम्म बन्द हुने सेवाहरू यस्ता छन्

काठमाडौं । सरकारले अर्काे सूचना जारी नभएसम्म शैक्षिक संस्थाहरु बन्द नै राख्ने निर्णय गरेकाे छ । सोमवार बसको मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एव सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोना भाइरसकाे जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय एवं शैक्षिक संस्थाहरु बन्द रहने जानकारी दिए ।

‘शैक्षिक संस्था, सेमिनार, पाटी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ’ मन्त्री खतिवडाले भने । मन्त्रिपरिषद्को बैठकले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेको थियो । जसअनुसार शिक्षकलाई भदौं १ अगाडि नै विद्यालयमा पुग्न भनिएको थियो । तर पछिल्लो निर्णयले अघिल्लो निर्णय खारेज भएको छ ।

निशान र ऋचाले गरे कानूनी विवाह

काठमाडौं। गायक निशान भट्टराई र उनकी प्रेमिका ऋचा न्यौपानेले काभ्रेपलाञ्चोक जिल्ला अदालत काभ्रेमा गएर कानूनी विवाह गरेका छन् । दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू कृष्ण जन्माष्टमीको अवसरमा वैवाहिक बन्धनमा बाँधिएका हुन्।

काभ्रे बार एसाेसिएसनका पूर्वअध्यक्ष अधिवक्ता रमेश हुमागाईंले दूवैजनाको विवाह गराएका हुन् । कानूनअनुसार दुवैजना वैवाहिक बन्धनमा बाँधिएको अधिवक्ता हुमागाईंले बताए । नेपाल आइडलको पहिलो सिजनका फस्ट रनरअप भएका निशानले ऋचासँग ‘लाहुर जाने रेल’ मा अभिनय गरेका थिए।

पत्रकार चौधरीमाथि आक्रमण, पत्रकार महासंघद्वारा दोषीलाई कार्वाहीको माग

धनगढी । टीकापुरका पत्रकार गणेश चौधरीलाई गएराति एक समूहले आक्रमण गरेको छ । जानकी गाउँपालिका–६ जगतपुरबाट वडा नम्बर–३ स्थित घर जानेक्रममा उनलाई आक्रमण गरिएको हो । साँझ करिव ८ बजेतिर घर आउदै थियौ एक्कासी आक्रमण भयो उनले भने त्यसपछि स्थानीय भरत शाहको घरमा गएर ज्यान जोगायौ ।

उनले म त हेलमेटले गर्दा जोगिए तर साथमा रहेका भोजराज चौधरीको टाउकोमा चोट लाग्यो उनको टाउकोमा तीन टाका लागेको छ मेरो पनि अनुहारमा चोट लागेको छ पत्रकार चौधरीले बताए । आफूले आक्रमणकारी दिनेश शाह, श्री शाह र दिनेश कडायतका विरुद्ध किटानी जाहेरी दिने तयारी गरेको चौधरीले बताए । उनीहरुले किन आक्रमण गरे मैले बुझेको छैन उनले भने कुनै विवाद पनि थिएन ।

टीकापुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अरुण वमले घटना वारे आवश्यक अनुसन्धान भइरहेको र आफूहरु राति घट्नास्थलमा पुग्दा आक्रमणकारीहरु भागेको वताए । त्यसैगरी नेपाल पत्रकार महासंघ कैलालीले घटनाको भर्त्सना गरेको छ । महासंघका सचिव मिन ठकुरीद्वारा जारी बिज्ञप्तीमा दोषीलाई कडा कार्वाहीको माग गरेको छ ।

विवाहकाे नाटक गरेर जबरजस्तीकरणी गर्ने पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटले उमेर नपुगेकी किशोरीलाई विवाहकाे नाटक गरेकाे र ठगी गरेकाे अभियोगमा एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेक गाउँपालिका–७ घर भइ हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ बस्दै आएका ३० वर्षीय राजन सेञ्चुरी रहेकाे प्रहरीले जनाएकाे छ ।

थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सेञ्चुरीले आफू अविवाहित भएको भनेर फकाएर डेरामा लगेर प्रेम विवाह गरेका थिए । सँगै बस्न थालेको पाँच दिनपछि दराजबाट दुई लाख रुपैयाँ तथा एक तोला सुन लिएर सञ्चुरी फरार भएपछि पीडित किशाेरीले प्रहरीलाई खबर गरेकी थिइन ।

श्रेष्ठका अनुसार पक्राउ परेका सञ्चुरी पहिल्यै विवाहित भएको र उनले विहेको नाटक गरेको खुलेको छ। विश्वकर्मामाथि मुलुकी अपराध संहितको जबरजस्तीकरणी तथा ठगी सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान थालिएको छ ।