कक्षा ११ मा नयाँ व्यवस्था, सङ्काय छुट्याउन नपाइने

काठमाडौं । अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने जानकारी दिए । उनले अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने जानकारी दिए ।

यसमा भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइन्छ तर सङ्कायका आधारमा त्यसलाई मान्यता दिइँदैन । यसपटक कक्षा–११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक÷एक विषय ऐच्छिक गरी छवटा विषय अध्यापन गराइन्छ । विद्यार्थीले चाहेमा सातौँ विषयका रूपमा पनि अध्ययन गर्न पाउने व्यवस्था छ । कक्षा–११ पनि अब विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया कक्षा–९ र १० को जस्तै गरी लिइनेभएको हो । एकलपथीय प्रणालीमा सङ्काय छुट्याएर अब भर्ना हुुँदैन र पठनपाठन पनि हुँदैन । साथै विद्यार्थीलाई प्रमाणपत्र दिँदा पनि सङ्कायका आधारमा नदिइने भएको छ ।

कक्षागत उत्तीर्ण भनेर मात्र प्रमाणपत्र दिइन्छ । विद्यालय तहमा गएपछि अब कक्षा १२ को भर्ना पनि यसैगरी हुनेछ । यसअघि उच्च माध्यमिक शिक्षा परिषद्को मातहतमा कक्षा–११ र १२ मा विद्यार्थी भर्ना तथा प्रमाणपत्र जारी गर्दा सङ्कायका आधारमा गर्ने गरिएको थियो ।

हतारमा निर्णय
राजधानीको विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्ब कँडेलले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बुझाएर मात्रै यस खालको नीतिगत निर्णय गर्नुपर्नेमा त्यसमा हतार गरिएको बत९ाउनुभयो । यसबाट आफूहरू पनि अन्योलमा परेको उनले बताए ।

सङ्काय नमाने पनि विद्यालयले आन्तरिक रूपमा त्यसको अभ्यास गर्ने उनको भनाइ छ । विद्यार्थीलाई निश्चित समूहमा विभाजन गराएर नपढाएको अवस्थामा उच्च शिक्षामा विद्यार्थीको शैक्षिक यात्रा अन्योलमा पर्ने उनले बताए । बेलायतस्थित क्याम्ब्रिज प्रणालीको ‘ए’ लेभलमा भने यस खालको अभ्यास लामो समयदेखि गरिँदै आएको छ । नेपालमा पनि त्यस अनुसारको पठनपाठन हुुँदै आएको छ तर कक्षा–११ को हकमा यो नौलो भएको जनाइएको छ । शिक्षकको व्यवस्थापन गर्न विद्यालयलाई समस्या हुने भएकाले निश्चित समूहमा विद्यार्थीलाई विभाजन गराएर अध्यापन गराउन विद्यालय बाध्य हुने उनको भनाइ छ । गोरखापत्र दैनिकबाट

प्रधानमन्त्री ओलीलाई पूर्ण कार्यकाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नै वर्तमान प्रतिनिधि सभा रहेसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने भएका छन । पार्टीको विवाद समाधानका लागि गठन गरेको कार्यदलले नेकपाका अध्यक्षद्वय शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार बुझाएको प्रतिवेदनमा सो सुझाव समावेश गरिएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले बताए। उनका अनुसार सर्वसम्मत रूपमा तयार गरिएको सो प्रतिवेदन सचिवालय हुँदै स्थायी कमिटीको बैठकमा प्रस्तुत हुनेछ । त्यहाँबाट पारित भएपछि कार्यान्वयनमा आउने उनले बताए ।

पछिल्लो समय नेकपाका अध्यक्ष ओलीले प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने चर्चा पार्टीमा चलेको थियो तर अध्यक्षद्वयको सहमतिमा गठन भएको कार्यदलले नेकपाका अध्यक्ष प्रचण्ड पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा रहने र प्रधानमन्त्री ओली पूर्णकाल प्रधानमन्त्रीमा रहने सुझाव दिइएको छ । दुवै अध्यक्षको बीचमा गत वर्ष मङ्सिरमा भएको सहमतिलाई नै कार्यान्वयनमा लैजाने सुझाव दिइएको छ ।

मङ्सिर ४ गते नेकपा अध्यक्षद्वय ओली र अध्यक्ष प्रचण्डबीच भएको सहमति अनुसार पार्टीमा दुवैजना अध्यक्ष रहने, प्रचण्ड कार्यकारी अध्यक्षको भूमिकामा र ओली अध्यक्षसहित पाँच वर्षसम्म प्रधानमन्त्री रहनुहुने सहमति भएको थियो । यद्यपि पार्टी तथा सरकारको काम दुवै अध्यक्षको सल्लाहमा हुने सुझाव दिइएको कार्यदलका अर्का सदस्य जनार्दन शर्माले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डलाई सो प्रतिवेदन कार्यदलले बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । साउन ३० गते अध्यक्षद्वयको सहमतिबाट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले सर्वसम्मतिले सो प्रतिवेदन तयार पारेको हो ।

महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलमा नेकपाका स्थायी कमिटी सदस्य भीम रावल, जनार्दन शर्मा, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र पम्फा भुसाल रहेका थिए ।

विभिन्न १४ बुँदामा समेटिएको प्रतिवेदनमा केन्द्र, प्रदेश तथा स्थानीय सरकारलाई प्रभाकारी बनाउन पार्टीलाई परिचालन गर्ने, कोभिड–१९ महामारी रोकथामका लागि पार्टी तथा सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा पार्टी केन्द्रीय कमिटीको बैठक कोरोना नियन्त्रणपछि मात्र बस्ने सुझाव कार्यदलले दिएको कार्यदलका एक सदस्यले बताए । मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी यथास्थितिमा पास नगर्ने, पार्टीबाट आएको सुझावसहित त्यसलाई परिमार्जन गरेर मात्र पारित गर्नेसमेत कार्यदलले सुझाव दिएको छ । सरकारले कुनै पनि नियुक्ति गर्दा त्यसबारे पार्टीमा सल्लाह गरेर गर्ने तथा पार्टीको विवाद समाधान गर्ने एक मात्र उपाय महाधिवेशन रहेकाले त्यसको तयारीमा लाग्न पनि सुझाव दिएको कार्यदलका एक सदस्यले जानकारी दिनुुभयो । पार्टीमा देखिएको आन्तरिक विवादको समाधानका लागि महाधिवेशन नै उपयुक्त हुने सुझाव दिएको र चैत मसान्तभित्र त्यसलाई सम्पन्न गर्नुपर्ने ती सदस्यले बताए ।

त्यसैगरी असार १० गतेबाट सुरु भएको स्थायी कमिटीको बैठकलाई निरन्तरता दिई त्यहाँबाट आउने सुझावको आधारमा पार्टी तथा सरकारको कार्यलाई सुधार गर्दै अगाडि बढ्न पनि कार्यदलले सुझाव दिएको छ । साथै भारतसँग देखिएको सीमा विवादलाई राजनीति र कूटनीतिक माध्यबाट समाधान गर्न पनि कार्यदलले सुझाव दिएको छ । पार्टीलाई विधि र पद्धतिका आधारमा सञ्चालन गर्नुपर्ने कुरामा पनि कार्यदलको प्रतिवेदनले जोड दिएको छ ।गोरखापत्र दैनिकबाट

पाथीभारा माताकाे दर्शन गर्दै हेराैँ आज आइतवारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाईएला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ला । प्रेममापनि सफलता प्राप्त हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । पारिवारिक र दाम्पत्य जीवन सुखमयपनि हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजक रहनु होला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । कार्यमा अवरोध आउला । दिनको उत्तरार्धमा खर्च हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभारम्भको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघ्याे

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघेकाे छ। पछिल्लो २४ घन्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यति संख्या पुगेकाे हाे।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ११७ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार ३५० उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा ११ जना संक्रिमतको मृत्यु भएको हो।

काठमाडौं उपत्यकामा आज सबैभन्दा धेरै थपिए काेराेना संक्रमित

काठमाडाैँ। काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै सबैभन्दा धेरै काेराेना संक्रमित भेटिएका छन्।

काठमाडौं उपत्यकामा आज २१६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १६०, ललितपुरमा ५ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

काठमाडौंमा काेराेना संक्रमितको संख्या बढेपछि महानगरले लियाे यस्ताे एक्सन

काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरका बिभिन्न स्थानमा निःसंक्रमण (डिसइन्फेक्सन) को काम जारी राखेको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको बेला महानगरपालिकाले सडक, सडक किनारका संरचना र बोटबिरुवाहरुमा औषधि छर्कि रहेकाे छ ।

शनिबार बिहान न्यूरोड, रत्नपार्क, बागबजार, पुतलीसडक, शंकरदेव, प्रदर्शनीमार्ग, सिंहदरबार पश्चिम गेट, थापाथली, परोपकार प्रसूति गृहलगायतका स्थानमा निःसंक्रमण गरिएको महानगरपालिकाले जनाएको छ ।

शनिबार बिहानै पनि ट्यांकरबाट औषधि छर्किएर निःसंक्रमण गरिएको छ । काठमाडौं जिल्लामा मात्रै एक हजारभन्दा धेरै संक्रमित रहेको अनुमान छ ।

परीक्षणमा रहेको चिनियाँ खोप नेपालमा रहेका चिनियाँ कामदारलाई मात्रै कि नेपालीलाई पनि?

एजेन्सी। कोभिड-१९ विरूद्ध चीनमा तेश्रो चरणको परीक्षणमा रहेको खोपलाई नेपालमा पनि परीक्षणका लागि अनुमति दिने विषयमा छलफल अघि बढिरहेको अधिकारीहरूले बीबीसीलाई बताएका छन्। स्वास्थ्य मन्त्रालय हुँदै आएको उक्त प्रस्तावमा पश्चिम नेपालमा रहेको एउटा सिमेन्ट कारखानामा कार्यरत चिनियाँहरूमा सो खोपको परीक्षण गराउने प्रस्ताव गरिएको बीबीसीले थाहा पाएको छ।

अघिल्लो साता स्वास्थ्य मन्त्रालयले उक्त विषयबारे परराष्ट्र मन्त्रालयमा पत्र पठाएको र त्यसबारे परराष्ट्र र नेपालमा औषधि तथा खोपहरूको परीक्षणको नियमन गर्ने निकाय राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्‌बीच कुराकानी भइरहेको बुझिन्छ।

एक जना विज्ञले हालसम्म उपचार फेला नपरिसकेको कोभिड-१९ को खोप, उपचार र परीक्षण तीनवटै क्षेत्रमा भइरहेका अनुसन्धानमा नेपालले साझेदारी गर्नुपर्ने र जनस्वास्थ्य मापदण्ड पालना गरेर गराइने त्यस्ता परीक्षणमा नेपाली नागरिकहरूलाई पनि सहभागी गराइनुपर्ने धारणा राखेका छन्।

चिनियाँ खोपको नेपालमा परीक्षण
स्वास्थ्य मन्त्रालयका एक जना अधिकारीले बीबीसीलाई बताए अनुसार नेपालमा ‘तेश्रो चरणको क्लिनिकल ट्रायल’ को अनुमति दिन माग गरिएको प्रस्तावमा नवलपरासीमा कारखाना रहेको होङ्सी शिवम सिमेन्टमा कार्यरत चिनियाँहरूमा खोप लगाउने भनिएको छ।

हालसम्म कोरोनाभाइरसको खोपको परीक्षणमा नेपाल सहभागी भइसकेको छैन। अधिकारीहरूले कोभिड-१९ का बिरामीको उपचारमा प्रयोग हुने गरेको रेम्डेसिभीर नामक औषधिको परीक्षण भने सुरु गर्न लागिएको जनाएका छन्।

नेपालकै सबैभन्दा ठूलो भनिएको उक्त सिमेन्ट कारखानामा चीनको होङ्सी समूह अन्तर्गतको हङकङ रेड लायन नम्बर ३ सिमेन्ट कम्पनी लिमिटेडको ७० प्रतिशत र नेपालको शिवम सिमेन्टको ३० प्रतिशत साझेदारी छ।

झण्डै ३६ अर्ब रुपियाँको लगानी रहेको सिमेन्ट कारखानामा लगभग २०० जना चिनियाँहरू कार्यरत रहेको बताइन्छ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष तथा होङ्सी सिमेन्टका निर्देशक सतीश मोरले उक्त प्रस्ताव अझै छलफलको चरणमा रहेको बताए।

“हामीले तेश्रो चरणको परीक्षणमा रहेका चिनियाँ खोपहरू मगाउन सकिन्छ कि भनेर कोशिश गरेका हौँ। नेपाल र चीन दुवैको सरकारी पक्षले अनुमति दियो भने मात्रै त्यस्तो हुनसक्छ। अहिलेसम्म त्यो विन्दुबाट हामी टाढै छौँ।”

सुरुमा चिनियाँ कामदारमा परीक्षण गरिएपनि पछि अरू नेपालीहरूसम्म पनि उक्त परीक्षण विस्तार गर्न सकिने मोरले बताए।

हाम्रा बुटवल संवाददाता माधव नेपालका अनुसार उक्त सिमेन्ट कारखानाले त्यहाँ कार्यरत नेपालीहरूलाई पनि कोभिड-१९ को खोपको परीक्षणमा इच्छा रहे या नरहेको सहितको बेहोराको फाराम भर्न लगाएको थियो।

त्यसमा अधिकांश नेपाली कामदारहरूले खोपको परीक्षणमा सहभागी हुन इच्छा नदेखाएको बताइन्छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डाक्टर प्रदीप ज्ञवालीले भने, “कोभिड-१९ विरूद्धको खोपको तेश्रो चरणको परीक्षणका लागि चिनियाँ समूह नेपालमा आउन इच्छुक रहेको छ। यसबारेमा कागजी प्रक्रिया अघि बढाउन सकिन्छ भनेर मैले भनेको छु।”

उनले थपे, “उक्त खोपको परीक्षण नेपालमा काम गरिरहेकालाई चिनियाँहरूलाई मात्रै नभइ अरूलाई पनि गर्न सकिन्छ भन्ने इच्छा हामीले राखिरहेका छौँ।”

उक्त विषयबारे बीबीसीले सोधेको प्रश्नमा परराष्ट्र मन्त्रालय वा बेइजिङ्गस्थित नेपाली दूतावासले जवाफ दिएका छैनन्।

कोभिड-१९ विरूद्ध खोपको परीक्षण

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार १३५ वटा भन्दा बढी कोभिड-१९ का खोपहरू ‘प्री क्लिनिक्ल’ परीक्षणमा छन्। उक्त चरणमा मुसा वा बाँदर जस्ता जनावरमा खोपले कस्तो प्रतिरोधी क्षमता देखाउँछ भनेर अध्ययन गरिन्छ।

त्यसपछि मात्रै सुरक्षित रूपमा र थोरै सङ्ख्याका मानिसहरूमा सुरक्षा र खोपको मात्रा जाँच गर्ने उद्देश्य सहित पहिलो चरणको अध्ययन अघि बढाइन्छ। खोपले प्रतिरोधी प्रणालीमा पारेको प्रभाव पनि अध्ययन गर्ने गरी २० वटा खोपको पहिलो चरणको परीक्षण भइरहेको छ।

सैयौँको सङ्ख्यामा मानिसहरू सहभागी हुने दोस्रो चरणको परीक्षणमा १३ वटा खोप सामेल छन्। त्यसमा मानिसहरूलाई उमेर समूह अनुसार छुट्याएर खोपले उनीहरूमा फरक फरक परिणाम दिन्छ वा दिँदैन वा कस्तो सुरक्षा प्रभाव पार्छ भनेर हेरिदैँछ।

तेश्रो चरण अन्तर्गतको परीक्षणमा हजारौँ मानिसहरूमा खोपको सुरक्षा, प्रभावकारीता र दुर्लभ प्रकारका नकारात्मक असर पनि हेर्ने गरिन्छ। हाल कोरोनाभाइरस विरूद्ध ८ वटा खोपको तेश्रो चरणको परीक्षण गर्ने प्रक्रिया चलिरहेको द न्यूयोर्क टाइम्सले जनाएको छ।

त्यसमध्ये चिनियाँ सेनाले विकास गरेको भनिएको सहित चार वटा खोप चीनमा विकास भएको रहेको न्यूयोर्क टाइम्सको अगष्ट १९ सम्म अद्यावधिक गरिएको खोप ‘ट्रयाकर’ले जनाउँछ।

चिनियाँ खोपको तेश्रो चरणको परीक्षण यूएई, ब्राजिल र साउदी अरेबीयामा सुरु भइसकेको छ। पेरू र इन्डोनेशियाले पनि परीक्षणमा सहभागी हुने निर्णय गरेका छन्।

हालसम्म प्रारम्भिक अध्ययनमा सबैभन्दा राम्रो सङ्केत देखिएको भनिएको अक्सफोर्ड विश्वविद्यालय र ब्रिटिश स्वीडिस कम्पनी एस्ट्राजेनेकाले विकास गरिरहेको खोपको तेश्रो चरणको परीक्षण ब्राजिल, अमेरिका, दक्षिण अफ्रिका र दोस्रो चरणको परीक्षण भारत र ब्रिटेनमा भइरहेको छ।

विज्ञ के भन्छन्?
सङ्क्रामक रोग सम्बन्धी अनुसन्धानकर्ता एवम् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर बुद्ध बस्न्यात कोरोनाभाइरसको खोप मात्रै नभै उपचार र सङ्क्रमण पहिचान तीनवटै क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धानमा नेपालले पनि साझेदारी गर्नुपर्ने बताउँछन्।

उनले भने, “दक्षिण एसियामा सङ्क्रमण बढिरहेको छ। यो अवस्थामा राम्रो छवि भएको विश्वविद्यालय र निकायहरूले हामीलाई सम्पर्क गर्दा हाम्रो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि इच्छा व्यक्त गर्नुपर्छ। परिषद्को छवि राम्रो छ र त्यो सक्रिय हुन आवश्यक छ।”

डाक्टर बस्न्यातका अनुसार खोपको परीक्षण गर्दा तथ्याङ्कको सुरक्षा र बिरामीमा देखिएका नकारात्मक असरको अनुगमन गर्ने संयन्त्र आवश्यक पर्छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् त्यस विषयमा अनुभवी रहको भन्दै उनले अनुसन्धान सहभागी हुँदा संसारमै देखा परेको नयाँ भाइरससँग जुझ्न नेपालले पनि सहकार्य गरेको भन्ने सन्देश जाने बताए।

“अनुसन्धान गर्दा काम नगर्न पनि सक्छ। त्यसले जथाभावी परीक्षणहरू, खोपहरू काम लाग्दैन भनेर प्रमाणित गर्‍यो भने त्यो पनि महत्वपूर्ण नै हुन्छ। तर सहभागी हुँदा अगाडिबाटै हामीले परीक्षण सफल भयो भने पछि हामीलाई पनि खोपहरू उपलब्ध गराइदिनुपर्‍यो भन्न सकिन्छ। त्यसमा एक किसिमले हाम्रो पनि दाबी रहन्छ।”

उनले कोभिड-१९ को खोप, उपचार र सङ्क्रमण पहिचान तीनवटै क्षेत्रमा चीन हाल अग्रणी रहेको भन्दै नेपालमा चिनियाँ खोपको परीक्षणलाई अनुमति दिने अवस्थामा त्यसलाई चिनियाँ कामदारको पहुँचमा मात्रै राखिनु नहुने बताए।

“चिनियाँलाई मात्रै गराउने भन्ने कुरा सुन्दै कस्तो कस्तो लाग्छ। गर्ने नै हो भने राम्रोसँग मापदण्डहरू पालना गरेर अनि निगरानी गरेर सबैलाई गर्नुपर्‍यो। हाम्रोमा त्यस्तो गर्नसक्ने जनशक्ति पनि छ।”

उनले केही समय पहिले अक्सफोर्ड विश्वविद्यालय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले मिलेर ललितपुरमा टाइफ्वाइडको खोपको परीक्षण गरेको उल्लेख गर्दै त्यसमा उक्त खोप एकदमै प्रभावकारी पाइएपछि पाकिस्तानमा प्रयोग भइरहेको बताए।

अधिकारीहरू के भन्छन्

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव ज्ञवाली आफूहरूसँग सहकार्यको इच्छा देखाउने निकायहरूसँग कुराकानी गरेर निष्कर्षमा पुग्ने बताउँछन्।

उनले भने, “हामीसँग काम गर्ने इच्छा चिनियाँ पक्षले देखाएको छ। पहिले उहाँहरूसँग कुरा गर्छौँ।”

उनले थपे, “तेश्रो चरणको खोप परीक्षण गरिरहेको अक्सफोर्ड विश्वविद्यालयको समूहसँग पनि हामीले विश्वस्वास्थ्य सङ्गठन मार्फत् कुराकानी गरेका छौँ। उहाँहरू पनि इच्छुक देखिनुभएको छ। त्यहाँ पनि कागजपत्र पठाउने क्रममा रहेका छौँ।”

भारत बायोटेकले पनि कोभिड-१९ विरूद्धको खोपको परीक्षण अघि बढाइरहेको छ र त्यो हालसम्म पहिलो वा दोस्रो चरणमा रहेको बताइन्छ। सदस्यसचिव ज्ञवाली उक्त निकायसँग पनि सम्पर्कको प्रयास भइरहेको बताउँछन्।

अधिकारीहरूले यसअघि एउटा चिनियाँ समूहले पहिलो चरणको परीक्षणका लागि अनुमति मागेकोमा आफूसँग त्यसका लागि श्रोत साधन नभएको भन्दै नेपालले गएको एप्रिलतिर प्रस्ताव अस्वीकार गरिदिएको बताएका छन्।

ज्ञवाली भन्छन्, “पहिलो चरणको परीक्षण जनावर र मानिस दुवैमा हुनसक्छ। तर हामीले सुरक्षाको मापदण्ड पुरा नभइसकेका परीक्षणमा तुरून्तै सहभागी नहुने भनेका छौँ। अहिले तेश्रो चरणको परीक्षणहरू पुगिसकेको हुनाले हामीले पनि इच्छा देखाएका हौँ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड-१९ विरूद्ध लक्षित १७० भन्दा बढी खोपहरूबारेमा अध्ययन र अनुसन्धान भइरहेको छ।

साधारण रूपमा खोप बनाउन वर्षौँको परीक्षण र उत्पादनका लागि थप समय लाग्ने भएपनि वैज्ञानिकहरूले १२ देखि १८ महिनामा कोरोनाभाइरसको खोप तयार पार्ने अपेक्षा गरिरहेको बताइएको छ।बीबीसी बाट सभार

कांग्रेसको प्रश्‍न : खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?

काठमाडौँ — सरकारले चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्चको भारी बोकाएर श्रमिकको पीडामाथि पीडा थपेको कांग्रेसले आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेश सरकारले कार्यान्वयन नगरी श्रमिकलाई झन् पीडा थप्ने काम गरेको बताएका हुन् ।

शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गएको असार १ गते सोमबार सम्मानित सर्वोच्च अदालतले ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियो । न्यायाधीशहरु आनन्द मोहन भट्टराई र हरिप्रसाद फुँयालको इजलासले गरेको आदेश कार्यान्वयन गर्न सरकारले कुनै तदारुकता देखाएन । आदेशको दुई महिनापछि पुन: महँगो चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पीडामाथि पीडा सरकारले थप्न लागेको समाचारले नेपाली कांग्रेसलाई गम्भीर तुल्याएको छ ।’
६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महँगो टिकट खरिद गर भन्नु न्यायोचित नभएको पनि कांग्रेसले बताएको छ । ‘सरकारको यो निर्णय सर्वोच्चको असार १ को नि:शुल्क उद्धार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्यू ?,’ प्रवक्ता शर्माले प्रश्न गरेका छन् ।

त्यस्तै मन्त्रिपरिषद्को पछिल्लो बैठकले दिनमा केवल ३ वटा उद्धार उडानको अनुमति दिएकाले नियमित अन्तर्राष्ट्रिय उडानमा आउन प्रतिबन्धित गरिएका कतिपय देशका नेपाली श्रमिक नेपाल आइपुग्न महिनौं लाग्ने पनि शर्माले बताएका छन् । ‘उद्धनरको यो कछुवा गतिभित्र विदेशका अन्य देशमा पनि पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै देखिएन,’ विज्ञप्तिमा भनिएको छ ।

श्रमिकलाई ‘चार्टर उडानको महँगो टिकट, होटल क्वारेन्टाइनको खर्च, पीसीआर परीक्षणको खर्च र गाउँ पुग्ने यातायात खर्च पनि आफै बेहोर्नू’ भन्ने सरकारको निर्णय न्यायोचित नभएको कांग्रेसको भनाइ छ । ‘अनुकुल अवस्थामा देशमा रेमिट्यान्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकूल बेलामा सरकार किन गर्दैछ ‘वर्ग शत्रु’ को ब्यवहार ?’

रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रकममार्फत हवाई टिकट व्यवस्था गरेर नि:शुल्क उद्वार गर्न कांग्रेसले सरकारसमक्ष पुन: माग गरेको छ । सर्वोच्चको आदेश पालना गरी सरकारी खर्चमै क्वारेन्टाइन, पीसीआर परिक्षण र गाउँसम्म पुग्ने प्रबन्ध मिलाउन पनि सरकारलाई कांग्रेसले आग्रह गरेको छ ।

डब्लूएचओले भन्यो- कोरोना भाइरस छिटै हराउँछ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरस सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी चाँडो नियन्त्रणमा आउने आशा व्यक्त गरेको छ ।

डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियससले कोरोना महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने बताए।

उनका अनुसार भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको हो। तर उन्नत विज्ञान र प्रविधिका कारण कोरोना महामारी स्पेनिस फ्लुभन्दा चाँडो नियन्त्रण हुने विश्वास उनले व्यक्त गरेका छन्।

स्पेनिस फ्लु १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म अर्थात् दुई वर्षभन्दा बढी समयसम्म रहेको थियो। त्यसले विश्वका २ करोड मानिसको ज्यान लिएको थियो। बीबीसी

सवारीसाधन चालक अनुमति पत्र (लाइसेन्स) को छपाइ कार्य पूरा

ठमाडौं । गत चैतदेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुमति पत्र (लाइसेन्स) को छपाइ कार्य पूरा भएको छ । बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि विभागले पुुराना छाप्न गर्न बाँकी लाइसेन्स सबै छापिइसकिएको विभागले जनाएको छ ।

नयाँ लाइसेन्सको आवेदन र परीक्षा रोकिएका कारण बाँकी काम सम्पन्न गर्न सहज भएको विभागले जनाएको छ । विभागका अनुसार साउन १५ सम्मका अनुुमति पत्र सबै छपाइसकिएको छ ।

विभागका निर्देशक एवं सूचना अधिकारी तीर्थराज खनालले भने, ‘प्रिन्ट गर्न बाँकी रहेका करिब सात लाख ११ हजार थिए, ती सबैका काम सकिएको छ, यो सङ्ख्या गत कात्तिकदेखिको बाँकी थियो ।’ छापिएका लाइसेन्स वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको खनालले जानकारी दिए ।

विभागले हालसम्म १० लाखप्रति स्मार्ट लाइसेन्स छापिसकेको छ । पछिल्लो समय विदेश पढ्न जाने विद्यार्थी, कामदार, शान्ति सेनामा जानेका लागि द्रुत छपाइको सेवा दिँदै आएको थियो । जसअनुसार दुई दिनमा लाइसेन्स छापेर दिन सकिने व्यवस्था पनि थियो तर हाल सो सेवा वन्द गरिएको निर्देशक खनालले जानकारी दिए । विभागले मास प्रिन्टर प्रयोगमा ल्याएपछि छपाइको काम अघि बढेको थियो । आजको गोरखापत्र दैनिकबाट