टेलिभिजन पत्रकारको गोली हानी हत्या

एजेन्सी। भारतमा एक टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ । उत्तर प्रदेशस्थित बलिया जिल्लाको फेफना थाना क्षेत्रमा सोमबार राति पत्रकार रतन सिंहको गोली हानी हत्या भएको हो ।

यो घटनामा तीन जनालाई गिरफ्तार गरिएको छ । कार्यालयबाट घर जाँदै गर्दा उनीमाथि आक्रमण भएको थियो ।

अरविन्द सिंह, दिनेश सिंह र सुनीलकुमार सिंहलाई गिरफ्तार गरिएको हो । प्रहरीका अनुसार पत्रकार सिंहको आफ्ना छिमेकीसंग जमीनको विषयमा विवाद चलिरहेको थियो ।

सोमबार समेत पनि दुवै पक्षबीच झगडा भएको थियो । छिमेकीले नै गोली हानी मारेको आरोप लागेको छ । पक्राउ परेका दिनेश पत्रकार रतन सिंहका टाढाका नातेदार हुन् । घटनाको छानबिन जारी रहेको प्रहरीले जनाएको छ ।

रतनको हत्यापछि बलिया श्रमजीवी पत्रकार युनियनले बिरोध जनाउँदै दोषीलाई कारवाहीको माग गरेको छ ।

प्रत्येक नेपालीकाे टाउकोमा ४७ हजार ऋणको भार

काठमाडौं । प्रत्येक नेपालीको टाउकोमा ४७ हजार २ सय ३ रुपैयाँ ऋणभार परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले राष्ट्र ऋण ३५.४५ प्रतिशतले बढेको देखाएको हो । नेपालको राष्ट्र ऋण बढेर १४ खर्ब १९ अर्ब पुगेको छ ।

अघिल्लो आवसम्म यस्तो ऋण १० खर्ब ४७ अर्बमात्रै थियो । उक्त ऋण अघिल्लो आवको भन्दा ३ खर्ब ७१ अर्बले बढी हो । गत आवमा कुल गार्हस्थ्य उत्पादनमा ऋणको हिस्सा बढेर ३७.७ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यस्तो हिस्सा ३०.१ प्रतिशत थियो ।

गत आवमा सरकारले लिएको ऋणमध्ये ८ खर्ब ५ अर्ब ८३ करोड वाह्य ऋण हो भने ६ खर्ब १३ अर्ब आन्तरिक ऋण हो । सरकारले लिएको आन्तरिक र वाह्य ऋणलाई नेपालको कुल जनसंख्याले भाग गर्दा नेपालीको टाउको ४७ हजारभन्दा बढी ऋणको भार परेको हो । आज भदौ ८ गते केन्द्रीय तथ्यांक विभागअनुसार नेपालको जनसंख्या ३ करोड ६१ हजार ९ सय ९५ जना रहेको छ । नेपालको कुल जनसंख्याले कुल ऋणभारलाई भाग गरेर प्रत्येक नेपालीको ऋणभार निकालिएको हो ।

सरकारले गत आवमा १ खर्ब ९४ अर्ब ६४ करोड आन्तरिक ऋण परिचालन गरेको छ भने ३४ अर्ब ४० करोड साँवा भुक्तानी गरेको छ ।

पाथीभारा माताकाे दर्शन गर्दै हेराैँ आज मंगलबारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साँझमा अधिक धन खर्च भने हुन सक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योगछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक सद्भाव बढ्ला, तर खर्चपनि बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्यको योजना समेत बन्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोगपनि मिल्न सक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । – ज्यो.प. नारायणप्रसाद दुलाल

कोरोना महामारीकाे माैका छाेपी २ नम्बर प्रदेशमा अर्बाैकाे भ्रष्टाचार

काठमाडाैँ । कोरोना महामारी रोकथाम एवं नियन्त्रण शिर्षकमा प्रदेश २ सरकारले २ अर्ब १ करोड ७१ लाख भन्दा बढी रकम खर्च गरेको छ । प्रदेस सरकारले कार्यक्रम संशोधनसहित थप निकासा गरेको देखिएको छ ।

गत आर्थिक वर्ष २०७६र०७७ मा कोरोनाभाइरस रोकथाम, नियन्त्रण एवं उपचारको नाममा ५ वटा मन्त्रालयलाई १ अर्ब १७ करोड ७३ लाख ३४ हजार ७ सय ८० रुपैयाँ थप रकम निकासा र ५१ करोड ७३ लाख रुपैयाँ कार्यक्रम संशोधन गरी कुल १ अर्ब ६९ करोड ४६ लाख ३४ हजार ७ सय ८० रुपैयाँ निकास गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण एवं उपचारका लागि थप बजेट निकासा र रकमान्तर विवरणमा सबै भन्दा बढी रकम सामाजिक विकास मन्त्रालयलाई रहेको छ । बजेट बाहेक थप रकम निकासा र कार्यक्रम संशोधन गरिएको हो ।
सामाजिक विकास मन्त्रालयलाई ८६ करोड ५५ लाख ८४ हजार ७ सय ८० रुपैयाँ थप निकासा र ५४ लाख कार्यक्रम संशोधन सहित ८७ करोड ९ लाख ८४ हजार ७ सय ८० रुपैयाँ निकासा गरेको हो । समाजिक मन्त्री नवल किशोर साहका कान्छो छोरा सुमित साह सुडीले कमिशन खाएर अधिकांश रकम भ्रष्टाचार गरेको अनेकौ प्रमाण र बिल समेत सार्वजनिक भैसकेको छ । समाजिक मन्त्रालयबाट बिना कमिशन कुनै पनि बजेट खर्च नहुने गरेको एक कर्मचारीले नै खोज केन्द्रलाई जानकारी दिए ।

त्यसैगरी आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई रकमान्तर सहित ११ करोड ६६ लाख ५० हजार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई राहतका लागि ३३ करोड ७० लाख, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई कृषि ऋण ब्याजमा राहतका लागि ३६ करोड र भौतिक पुर्वाधार विकास मन्त्रालयलाई कोरोना शिर्षकमा खानेपानी सरसफाई डिभिजन कार्यालयलाई २५ लाखका दरले १ करोड रुपैयाँ थप बजेट निकासा गरिएको छ ।

यी बाहेक मुख्यमन्त्रीको नेतृत्वमा रहेको कोभिड–१९ व्यवस्थापन कोषमा संचालक समितिलाई २५ करोड रुपैयाँ निकासा गरिएको छ । त्यसबाट गंगूली क्वारेन्टाईन व्यवस्थापनका लागि ५० लाख, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजलाई औषधि उपकरण र क्षमता अभिवृद्धिका लागि १० लाख र प्रादेशिक अस्पताल जनकपुरधाममा ५० शय्या आईसीयू स्तरोन्नतिका लागि ५ करोड ६४ लाख ९५ हजार ९ सय रुपैयाँ उपलब्ध गराइएको हो ।

त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई समाचार संकलनको क्रममा कोरोना लागेर मृत्यु हुने पत्रकारका लागि ५० लाख र सामाजिक विकास मन्त्रालयलाई कोरोना लागेर मृत्यु हुने स्वास्थ्यकर्मी, चालक तथा अन्य कर्मचारीको राहतका लागि ५० लाख गरी १ करोड रुपैयाँ यी दुई मन्त्रालयलाई थप निकासा गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले अर्थमन्त्रालयबाट विभिन्न शिर्षकमा थप रकम निकासा र रकमान्तर गरिएपनि आफ्नो मन्त्रालयमार्फत समेत बजेट खर्च भएको देखाएका छन ।

एउटै शिर्षकको खर्च रकम दुई दुई ठाउँमा ती मन्त्रालयहरुले देखाएको मन्त्रालय श्रोतको दाबी छ । प्रादेशिक अस्पतालमा आइसीयू निर्माणका लागि उक्त मन्त्रालयले कोषबाट रकम निकासा भएको देखाएको छ ।

ती मन्त्रालयहरुले आफ्नो बजेटबाट रकम खर्च बाहेक अर्थमन्त्रालयबाट रकामान्तर सहित थप रकम निकासा गराएको छ । प्रदेश सरकारले बजेट बाहेक अर्बौ रुपैया रकमान्तर सहित थप निकासा गराएपनि समुदायस्तरमा फैलिएको कोरोना नियन्त्रण गर्न असक्षम देखिएको छ ।

सामाजिक विकास मन्त्रालयले कोरोना उपकरण र औषधि शिर्षकमा ७६ करोडभन्दा बढी रकम निकासा गराएको छ ।

सो मन्त्रालयले यसबाहेक स्वास्थ्य कार्यालय धनुषाको कर्मचारीको तलबको नाममा ८२ लाख र जनचेतनामूलक सूचना प्रवाह गर्न ८० लाख रुपैयाँ निकासा गरेको छ । यस बाहेक प्रदेश सरकारले संघीय सरकारबाट पाएको १७ करोड २ लाख रुपैयाँ समेत खर्च गरेको छ ।

यतिको रकम निकासा गरिएपनि सम्बन्धित मन्त्रालयहरुले हालसम्म खर्च विवरण सार्वजनिकगरेको छैन ।
मन्त्रालयहरुले कोरोना भाइरस रोकथाम एवं नियन्त्रण खर्च हालसम्म सार्वजनिक गर्न नसक्नुको प्रमुख कारण व्यापक अनियमितता भएको आरोप लाग्दै आएको छ ।

यसरी दामासाही रुपमा बाँडिएको रकम प्राथमिकता प्राप्त क्षेत्रमा खर्च भयो(भएन भनेर अध्ययन हुनसकेको छैन ।

त्यसैले अख्तियार सहिन अन्य नियमनकारी निकायले भ्रष्टाचारमा संलग्नलाई तत्काल अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा नल्याईए प्रदेस २ मा कुनै पनि बजेटको सहि सदुपयोग नहुने निश्चित छ । सभार खाेज केन्द्र अनलाइन

सञ्चारकर्मीको निःशुल्क पिसीआर परीक्षण गराउन महासंघकाे आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले कार्यस्थलमा गएर समाचार सङ्कलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९) को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड १९ को सङ्क्रमणको उच्च जोखिमका बीच कार्यस्थलमा खटिने सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

महामारीको सङ्क्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत महासङ्घले सबै सञ्चारकर्मीलाई अपिल समेत गरेको छ । सञ्चार प्रतिष्ठानले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा कार्यस्थलमा खटिने सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्रीको प्रयोगसंगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासङ्घले आग्रह गरेको छ ।

विश्वव्यापी रुपया फैलिएको कोभिड-१९ को सङ्क्रमण पछिल्ला दिनमा नेपालमा पनि तीव्र गतिमा फैलिँदै गइरहेको उल्लेख गर्दै उहाँले महामारीको यो जटिल परिस्थितिमा पनि नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर समाचार सङ्कलन तथा सम्प्रेषण गरिरहेको बताए ।

सङ्क्रमणको दर वृद्धि भएसँगै पछिल्लो समयमा अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीमा समेत कोरोना सङ्क्रमण देखिने क्रम बढेको महासङ्घले जनाएको छ । महासचिव विष्टका अनुसार हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी सङ्क्रमित भइसकेका छन् । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सन सङ्क्रमणको उच्च जोखिममा रहेका छन् । रासस

काठमाडाैं उपत्यकामा २२४ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना रहेका सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र होम आइसोलेसनमा ४५६१ जना रहेका छन् ।

नेपालमा काेराेना संक्रमित साढे ३२ हजार नाघ्याे

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ हजार ७६८ जना पुगेको छ।

काठमाडौं उपत्यकामा आज २२४ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार ८०६ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सोमबार काठमाडौं उपत्यकामा कति थपिए काेराेना संक्रमित?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यीमध्ये काठमाडौंमा मात्रै १ सय ७७ जना रहेका छन् । 

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेको छ भने संस्थागत आइसोलेशनमा ९ हजार १ सय ५४ र  होम आइसोलेशनमा ४ हजार ५ सय ६१ जना रहेका छन् । 

सङ्क्रमित थुनुवा आइसोलेसनबाटै फरार

काठमाडाैँ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् ।

कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका ती थुनुवा आइतबार फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।

लागूऔषध कोरेक्स मुद्दाका ती थुनुवालाई यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि कृषि तालीम केन्द्रको आइसोलेसनमा लगिएको थियो । पाँच सिसी लागूऔषध कोरेक्ससहित ती व्यक्ति पक्राउ परेका थिए ।

आइसोलेसनबाटै सङ्क्रमित थुनुवा फरार भएपछि खोजीका लागि सुरक्षा टोली परिचालन गरिसकेको प्रहरी उपरीक्षक रानाले बताउनुभयो । सङ्क्रमित थुनुवा फरार भएपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएर आवश्यक अनुसन्धान भइरहेको छ । उक्त आइसोलेसनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच प्रहरी खटिएका थिए । 

विप्लवलाई ठुलाे धक्का, ८८ नेता/कार्यकर्ता जसपामा प्रवेश

काठमाडौँ — नेत्रविक्रम चन्द(विप्लव) समूहको मध्य केन्द्रीय कमान्डका तत्कालीन सैन्य कमान्डर जीवन लामासहित ८८ जना कार्यकर्ता आइतबार जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

समूहका ब्युरो सदस्यहरू प्रह्लाद फुयाँल, रौतहट जिल्ला पूर्वसेक्रेटरी गोपाल जिम्बा तथा ललितपुर, मकवानपुर, काभ्रे, चितवन, रौतहट, बारा, पर्सा, काठमाडौं, दोलखा, धादिङ, नुवाकोट र सिन्धुलीमा विभिन्न तहको जिम्मेवारीमा रहेका कार्यकर्ताहरू पार्टी प्रवेश गरेका जनता समाजवादीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेताहरू अशोक राई, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठसहितका नेताहरूले स्वागत गरेका थिए ।