राजनीति

पाकिस्तानमा ६ दलीय गठबन्धनको सरकार बन्दै, नवाजका भाइ प्रधानमन्त्री र छोरी मुख्यमन्त्रीको उम्मेदवार

पाकिस्तानमा ६ दलीय गठबन्धनको सरकार बन्दै, नवाजका भाइ प्रधानमन्त्री र छोरी मुख्यमन्त्रीको उम्मेदवार

काठमाडौं । नवाज शरीफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्नो कान्छो भाइ शहबाज शरीफ र पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई अघि सारेका छन् । शहबाज शरीफ पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन् । उनी सन् २०२२ देखि २०२३ को बीचसम्म प्रधानमन्त्री बनेका थिए । पाकिस्तानको तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले ६ दलीय गठबन्धनबाट सरकार बनाउने तयारी गरेको छ । त्यसै क्रममा शरीफले आफ्नो भाइ शहबाजलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको पीएमएल–एनका प्रवक्ता मरियम औरंगजेबले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् । पाकिस्तानको निर्वाचनमा कुनै पनि पार्टीले एकल बहुमत नपाएकाले गठबन्धन सरकार बन्ने छ । त्यसका लागि ६ दल सम्मिलित…
Read More
माओवादीमा ‘टिके प्रथा’ खारेज गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव

माओवादीमा ‘टिके प्रथा’ खारेज गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका कमिटी प्रत्यक्ष निर्वाचनबाट गर्ने प्रस्ताव पेश गरेका छन् । काठमाडौंको कमलादीमा मंगलवारबाट शुरू भएको विधान अधिवेशनमा अध्यक्ष प्रचण्डले मस्यौदा पेश गर्दै पार्टीका कमिटीहरू प्रत्यक्ष निर्वाचनबाट गर्न प्रस्ताव गरेका हुन् । प्रस्तावित प्रावधान जस्ताको त्यस्तै पारित भएमा माओवादीमा ‘टिके प्रथा’को अन्त्य हुनेछ। स्थानीय तहदेखि केन्द्रीय कमिटीसम्मको पार्टीका संरचनामा चुनाव हुनुपर्ने माग भएकोले यस विषयलाई हलले नै टुंग्याउने उनले बताए । प्रचण्डले प्रस्ताव पेश गरेपछि छलफलका लागि २० वटा समूह गठन गरिएको छ ।
Read More
एकीकृत समाजवादीका दुई नेता एमालेमा फर्किए, ओलीले गरे स्वागत

एकीकृत समाजवादीका दुई नेता एमालेमा फर्किए, ओलीले गरे स्वागत

कास्की । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो र केन्द्रीय सदस्य एमालेमा प्रवेश गरेका छन् । पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ समाजवादी परित्याग गर्दै नेकपा एमालेमा फर्किएका हुन् । समाजवादी परित्याग गरेका यी दुईलाई मंगलबार एमालेको केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले स्वागत गरे । एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन हुँदा प्रतापलाल र शंकरनारायण माधव नेपालको समूहमा लागेका थिए ।
Read More
अवैध रुपमा दिराम र लाखौं साउदी रियाल दुबई लैजान खोज्ने १९ वर्षिय युवती पक्राउ

अवैध रुपमा दिराम र लाखौं साउदी रियाल दुबई लैजान खोज्ने १९ वर्षिय युवती पक्राउ

काठमाडौं । अवैध रुपमा यूएई र साउदीको मुद्रा लिएर दुईब जान लागेकी एक युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् । १० हजार यूएई दिराम र १ लाख ४९ हजार साउदी रियाल बोकेर दुबई उड्ने तयारीमा रहेकी जुगल गाउँपालिका–२, सिन्धुपाल्चोककी १९ वर्षीया सुस्मिता गोले पक्राउ परेकी हुन् । फ्लाई दुबईको उडानमार्फत दुबई जान लागेकी उनी सोमबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । विमानस्थल प्रहरीका अनुसार होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा गोले पक्राउ परेकी हुन् । बरामद रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
दुर्गा प्रसाईंसँग वार्ता गर्दै राप्रपा

दुर्गा प्रसाईंसँग वार्ता गर्दै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका नाममा कार्यक्रम गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको टोलीसँग संवाद गर्न वार्ता समिति बनाएको छ। प्रसाईले आजमात्रै काठमाडौंमा आफ्नो शक्ति प्रदर्शन गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले प्रसाईंसँग संवादका लागि उपाध्यक्ष हेमजङ्ग गुरूङ र महामन्त्री धवलशमशेर राणा रहेको वार्ता समिति गठन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। श्रेष्ठले प्रसाईं पक्षबाट पनि वार्ता टोली बनेपछि औपचारिक रूपमा छलफल अघि बढ्ने बताए । प्रसाईंले भृकुटीमण्डपमा कार्यक्रम गर्नुअघि मंगलबार भक्तपुरस्थित एक रिसोर्टमा राप्रपा महामन्त्री राणालगायतसँग कुराकानी पनि गरेका थिए। प्रसाईंले सोमबार अध्यक्ष लिङ्देनसँग भक्तपुरस्थित सोही रिसोर्टमा भेटेका…
Read More
पाकिस्तानमा नवाज शरीफ र बिलावल भुट्टोको पार्टीबीच गठबन्धनको घोषणा

पाकिस्तानमा नवाज शरीफ र बिलावल भुट्टोको पार्टीबीच गठबन्धनको घोषणा

इस्लामावाद । पाकिस्तान मुस्लिम लिग–नवाजका अध्यक्ष सेहबाज सरिफ र पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो र आसिफ अली जर्दारीबीच भेटवार्ता पछि दुवै दलले देशमा नयाँ सरकार गठनका लागि राजनीतिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका छन् । लाहोरस्थित बिलावल हाउसमा दुई दलबीच भेटवार्ता भएको थियो । दुई दलबीच राजनीतिक परिस्थितिबारे कुराकानी गरेका थिए । सरकार गठनका कसरी गर्नेभन्नेबारे दुबै दलबीच छलफल भएको थियो । बैठकपछि जारी विज्ञप्ति अनुसार मुस्लिम लिग (एन) र पिपुल्स पार्टीबीच राजनीतिक सहकार्यका लागि सैद्धान्तिक सहमति भएको छ । भेटमा देशको समग्र अवस्था र भावी राजनीतिक सहकार्यबारे पनि छलफल भएको थियो । मुलुकमा राजनीतिक स्थायित्व ल्याउन दुवै दलले…
Read More
कर्णालीका यी पालिकाहरूले मनाउँदै छन् ‘जनयुद्ध दिवस’

कर्णालीका यी पालिकाहरूले मनाउँदै छन् ‘जनयुद्ध दिवस’

सुर्खेत । सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । तर जनयुद्धको आधार इलाका मानिएको कर्णालीका कतिपय पालिकाहरूले भने अदालतको आदेशको अवज्ञा गर्दै धमाधम बिदा दिने निर्णय गरिरहेको छन् । विशेष गरी नेकपा (माओवादी केन्द्र)ले जितेको पालिकाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएका छन् । अहिलेसम्म चार वटा पालिकाहरूले सार्वजनिक रूपमै जनयुद्ध दिवस मनाउने र उक्त दिन सार्वजनिक बिदाको घोषणा गरिसकेमा छन् । कालिकोटको पचालझरना गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र डोल्पाको मुड्केचुल्ला गाउँपालिका र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले फागुन १ गते बिदाको घोषणा गरेका छन्…
Read More
अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशको काज सरुवा

अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशको काज सरुवा

काठमाडौँ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको काज सरुवा भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् । सर्वोच्च अदालत श्रोतका अनुसार बाँसबासी छाला जुत्ता कम्पनीको जग्गा हडपेको सन्दर्भमा पक्राउ परेका व्यवसायी अरुण कुमार चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्न आदेश दिएपछि उनी विवादमा परेका थिए । आचार्यले गरेको आदेशमा कैफियत नभएपनि भाषा न्यायिक मर्म अनुसारको नभएको भन्दै सर्वोच्च अदालतको जिरो आवरमै छलफल चलेको थियो । आचार्यको आदेशमा हजारौंलाई रोजगारी दिएको र अभिभावक रहेको भन्ने शब्दसँग प्रधानन्यायाधीश श्रेष्ठ असन्तुष्ट रहेका थिए । आचार्यको विषयमा विवाद आएपछि…
Read More
भारतीय स्करपियो गाडीबाट झण्डै २ करोड नक्कली नोट बरामद

भारतीय स्करपियो गाडीबाट झण्डै २ करोड नक्कली नोट बरामद

विराटनगर । सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट झण्डै दुई करोड रुपैया बराबरका नक्कली नोट बरामद गरेको छ । आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरिएको हो । नक्कली नोटसँगै एक जना भारतीय नागरिकलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको प्रहरीले जनाएको छ । गाडी चालक भारत वीरपुरका २२ वर्षीय…
Read More
अख्तियारलाई प्रधानमन्त्रीले भने – भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई अनुसन्धान गर्नू, सरकारको साथ छ

अख्तियारलाई प्रधानमन्त्रीले भने – भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई अनुसन्धान गर्नू, सरकारको साथ छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै प्रशंसा गरे । । उनले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेकोसमेत उनको भनाई छ । “माथिल्लो तहदेखि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.