ओलीको भूमिकाप्रति नेताहरू सशंकित, प्रचण्ड र माधव नेपालसहित चार नेता छलफलमा
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मत्थर भए पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको भूमिकाप्रति केहि नेताहरू सशंकित देखिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल स्थायी समिति बैठकको रणनीति बनाउन जुटेका छन्। प्रचण्ड, नेपालसहित सचिवालयमा रहेका अर्का वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच सोमबार बिहान दुई घण्टा छलफल भएको हो।अध्यक्ष ओलीले सचिवालय बैठकमा आत्मालोचनासहित गरेका प्रतिबद्धताको अक्षरशः कार्यान्वयनको प्रस्ताव स्थायी समितिमा आउनुपर्नेबारे छलफल भएको हो। प्रचण्ड, नेपाल, खनाल प्रवक्ता श्रेष्ठको निवास हात्तीवन पुगेका थिए। पार्टीको विवाद चर्किरहेका बेला शनिवार बसेको सचिवालय बैठकले केही हदसम्म किचलो साम्य पारेको छ। प्रधानमन्त्रीको राजीनामा र…