राजनीति

दक्षिण चीन सागरमा चीनको आक्रामक नीति छैन : चिनियाँ विदेशमन्त्री

दक्षिण चीन सागरमा चीनको आक्रामक नीति छैन : चिनियाँ विदेशमन्त्री

बेइजिङ । चिनियाँ विदेश मन्त्री वाङ यीले चीन र आसियान देशहरूसँग दक्षिण चीन सागरमा शान्ति र स्थिरता, नेभिगेसन र ओभर फ्लाइटको स्वतन्त्रता र वैध अधिकारको रक्षा गर्ने क्षमता र बुद्धि रहेको बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य वाङले दक्षिण चीन सागरमा चीनको आक्रामकताको बढेको भन्ने भ्रमात्मक प्रचारको ६० औँ म्युनिख सुरक्षा सम्मेलनमा खण्डन गरेका छन् । नान्हाइ झुडाओ (दक्षिण चीन सागर टापुहरू) प्राचीन कालदेखि नै चीनको भूभाग रहेको वाङले उल्लेख गरेका छन् । सन् १९६० र १९७० को दशकमा केही देशहरूले चीनका केही टापु र चट्टानहरू एकपछि अर्को गर्दै आक्रमण गरी कब्जा गरे तर चीनले…
Read More
रास्वपाद्वारा कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति विघटनको घोषणा

रास्वपाद्वारा कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति विघटनको घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति विघटन गर्ने निर्णय गरेको छ । हालको पार्टी संगठनका गतिविधिका बारेमा गहन समीक्षा पश्चात् सो क्षेत्रमा विशेष अभियानको आवश्यकता रहेको निष्कर्षकासाथ प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको सहायक महामन्त्री कविन्द्र बुर्लाकोटीले रातोपाटीलाई जानकारी दिएका छन् । यस निर्णयसँगै कर्णाली प्रदेशमा ३ महिने “कर्णाली विशेष अभियान” संचालन गर्ने निर्णय भएको उनको भनाइ छ । बैठकले संसदमा कर्णालीका मुद्दाहरुलाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरुलाई व्यापक रुपमा अगाडि बढाउने निर्णय गरिएको पनि उनले बताए । बैठकपछि पार्टी…
Read More
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार प्राधिकरणको अध्यक्ष भण्डारीलाई नियुक्त गरेको हो । यसैगरी, सरकारले आइतबार नै आयल निगमको कार्यकारी निर्देशकमा डाक्टर चन्डिकाप्रसाद भट्ट र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशीलाई नियुक्त गरेको पनि सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। यस्तै सरकारले सूचना सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाएको छ ।
Read More
टिकटक पुनः सञ्चालनमा ल्याउन नसकिने भन्ने होइन : प्रधानमन्त्री

टिकटक पुनः सञ्चालनमा ल्याउन नसकिने भन्ने होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल टिकटकलाई पुनः सञ्चालनमा ल्याउन सकिने जवाफ दिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजुलीले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटकको प्रतिवद्धता व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन नसकिने बताएका हुन् । उनले भने–‘टिकटिक पुनर्सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेको र उनीहरुले व्यक्त गरेका प्रतिवद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने भन्ने होइन ।’ उनले संसदमा भने–‘सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको ’टिकटक’ सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर पार्ने माध्ययम भएको र यसलाई नियमन नगरिएको भन्ने जनगुनासोलाई मध्यनजर गरी…
Read More
‘कोशी’ नाम खारेजीका लागि पहल गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

‘कोशी’ नाम खारेजीका लागि पहल गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले ‘कोशी’ नाम खारेज गर्न माग गरेको छ । शनिवार इलामको चुलाचुलीमा बसेको नागरिक उन्मुक्ति पार्टीको सचिवालय बैठकले सो माग गरेको हो । बैठकको निर्णयबारे सो पार्टीका महासचिव ठाकुरसिंह थारुद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘प्रदेश नं.१ को नामाकरणलाई लिएर भइरहेको पहिचानवादीहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदेश सरकारले जबर्जस्त रुपमा नामाकरण गरेको कोशी नाम खारेजीको माग गर्दै, पहिचानको आधारमा नाम झल्काउने गरी कोचिला, किरात, लिम्बुवान प्रदेश (कोकिली) नामाकरणका लागि पहल गर्ने ।’ बैठकले प्रदेश १ को नामाकरण ‘कोकिली’ बारे पहिचानवादी संघसंस्था र सबै राजनीतिक दलहरुसँग निरन्तर छलफल चलाउने समेत निर्णय गरेको छ । यस्ता छन् निर्णय : १.…
Read More
ललिता निवास प्रकरणमा सफाइ पाएपछि पूर्वमन्त्री जोशीले दिए धन्यवाद, भन्छन् – सम्मान महसुस गरेको छु

ललिता निवास प्रकरणमा सफाइ पाएपछि पूर्वमन्त्री जोशीले दिए धन्यवाद, भन्छन् – सम्मान महसुस गरेको छु

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका पूर्व मन्त्री चन्द्रदेव जोशीले ६० वर्ष लामो राजनीतिक जीवनप्रति सम्मान भएको महसुस गरेको बताएका छन् । शुक्रबार पूर्व मन्त्री जोशीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘विशेष अदालतको हिजोको फैसलाबाट आफूले न्याय पाएको अनुभूति गरेको छु। निष्ठा र इमान्दारीपूर्वक निभएको ६० वर्ष लामो राजनीतिक जीवनप्रति पनि सम्मान पाएको महसुस गरेको छु। विशेष अदालत र सबै न्यायमूर्तिहरूलाई पनि धन्यवाद व्यक्त गर्दछु ।’ उनले जीवनको उत्तरार्द्धमा आएर लागेको भ्रष्टाचारको यो मिथ्या आरोप सहन निकै मुस्किल भएको बताए । ‘सम्पूर्ण जीवन, सिद्धान्त र इमान्दारीको राजनीति गर्दै…
Read More
प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने र १९९ सदस्यीय केन्द्रीय समिति बनाउने माओवादीको निर्णय

प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने र १९९ सदस्यीय केन्द्रीय समिति बनाउने माओवादीको निर्णय

काठमाडौं। नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको एक नेताले जनाएका छन् । माओवादीको प्रस्तावित मस्यौदा विधानमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको थियो । तर, विधान अधिवेशन हलले संख्या बढाएको हो । त्यस्तै कार्यालय ११ जनाको बनाउने स्थायी कमिटी केन्द्रीय समितिको एक तिहाइ सदस्य संख्याको बनाउनेलगायतका निर्णय पनि भएको छ । त्यसैगरी माओवादी केन्द्र अब प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने निष्कर्ष सुनाएका हुन् । स्थानीय तह, प्रदेश र केन्द्रीय स्तरमा निर्वाचन प्रणालीबाट कमिटी चयन…
Read More
भोलिको मितिमा राजनीतिक दलहरुलाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन पत्र

भोलिको मितिमा राजनीतिक दलहरुलाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन पत्र

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशन २०८२ मंसिर मसान्तसम्म गर्न प्रस्ताव गरेका छन् । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको सांगठानिक प्रस्ताव पेस गर्दै महामन्त्री थापाले यस्तो प्रस्ताव गरेका हुन् । थापाको प्रतिवेदनमा २०८२ साल भदौ मसान्तभित्र प्रदेश सभा क्षेत्रीय अधिवेशन, त्यही वर्षको भदौ मसान्तभित्रै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि, केन्द्रीय महासमिति सदस्य चयन गर्न प्रस्ताव गरेका छन् । २०८२ को असोजमसान्तभित्र जिल्ला अधिवेशन, जनसम्पर्क समितिको अधिवेशन, कात्तिक मसान्तभित्र प्रदेश अधिवेशन गर्न थापाको प्रस्ताव छ ।
Read More
कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु

कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको विषयमा छलफल भइरहेको जनाइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति रहेको कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
Read More
माओवादीभित्र नयाँ प्रस्ताव : पदाधिकारी नराख्ने, अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्ने

माओवादीभित्र नयाँ प्रस्ताव : पदाधिकारी नराख्ने, अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रमा पदाधिकारी नराख्ने प्रस्ताव भएको छ । मंगलबारबाट जारी विधान अधिवेशनमा अधिकांश नेताहरुले पदाधिकारी नराख्न सुझाएका हुन् । छलफलको क्रममा पार्टीमा पदाधिकारी नराख्नेबारे कुरा उठेको सचिव दिनानाश शर्माले बताए । उनले भने–‘प्रस्तावित मस्यौदा विधानमाथि छलफल गर्नका लागि २० समूह गठन भएका छन् । अहिले सबै समूहगत छलफल भइरहेको छ दिउँसो २ बजेबाट सम्मेलन सुरु हुन्छ । हिजोको पदाधिकारी बैठकमा पदाधिकारी बैठक नराख्ने कि भन्ने सुझाव आएका छन् ।’ उनले मिश्रित सुझाव उठिरहेकाले अहिलेसम्म ठोस कुनै निर्णय नभएको बताए । उनले सुझावहरु आउनेक्रम जारी रहेकाले सबैको सुझावलाई समेटेर भोलिसम्म निर्णय हुने बताए । उनले भने–‘अध्यक्षपछि सानो संख्यामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.