ज्ञानेन्द्र नक्कली राजा थिए, सक्कली राजतन्त्र २०५८ सालमै गइसकेको थियो : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असली राजतन्त्र २०५८ सालमै समाप्त भएको बताएका छन् । एमाले केन्द्रीय समितिको सातौं बैठकमा उद्घाटन मन्तव्य राख्दै ओलीले सो कुरा बताएका हुन् । उनले असली राजतन्त्र २०५८ सालमै समाप्त भए पनि केही व्यक्ति आफ्नो दुनो सोझ्याउन राजा ल्याउने भनेर लागिपरेको बताए । उनले भने, ‘अहिले गएको राजतन्त्र नक्कली हो, सक्कली राजतन्त्र २०५८ सालमा गएको थियो । राजाको जेठो छोरो राजा हुने परम्परा हो । वंशविनाश गरेर राजतन्त्र सिद्धिइसकेपछि कि लिगलिगमा जानु पर्यो। त्यतिबेलाको राजनीतिक नेतृत्वको कमजोरीले गर्दा जालझेल गरेर ज्ञाजेन्द्रलाई राजा बनाइएको हो । मैले यसअघि पनि भनेको थिएँ, कुशको राजा बनाइएको…