नेपालको नयाँ गठबन्धनप्रति चिनियाँ चासो
काठमाडाैं | छिमेकी मित्रराष्ट्र चीनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा चासो देखाएको छ । नयाँ गठबन्धनअनुसार सत्ता सहयात्रीहरू फेरिएपछि चीनले चासो व्यक्त गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धनअनुसार सानो आकारको मन्त्रिमण्डल विस्तार गरेसँगै नेपालको राजनीतिले स्थिरता लिने विश्वास चीनले व्यक्त गरेको ग्लोबल टाइम्सले जनाएको छ । पुनर्गठित मन्त्रिपरिषद्ले राजनीतिक स्थिरता, अर्थतन्त्रको विकास र जनजीवन सुधारका लागि विभिन्न पक्षसँग एकता र सहकार्य गरी अघि बढ्ने विश्वास लिएको चिनियाँ परराष्ट्र मन्त्रालयले जनाएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार मन्त्रालयकी प्रवक्ता माउ निङले नेपालको नयाँ गठबन्धनले स्थिरता पैदा गर्ने विश्वास व्यक्त गरिन् । उनले आफूहरू नेपालको सरकारसँग मिलेर काम…