राजनीति

पूर्व सभामुख महराको स्वीकारोक्ति : चिनियाँ सुन व्यवसायीसँग चिनजान छ तर कारोबार छैन

पूर्व सभामुख महराको स्वीकारोक्ति : चिनियाँ सुन व्यवसायीसँग चिनजान छ तर कारोबार छैन

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले चिनियाँ सुन व्यवसायी दाओजिन वाङसँग चिनजान रहेको स्वीकारेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँगको बयानमा उनले सुन तस्कर वाङसँग चिनजान रहे पनि आफूले कारोबार नगरेको बयान दिएका छन् । सीआईबीका अनुसन्धान अधिकृतले महरासँग सरकारी वकिलको रोहबरमा २ दिन बयान लिएका छन् । २०७९ पुस १० गते चिनियाँ नागरिक ली हासोङले ७३० थान इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले गरेको प्रश्नमा उनले आफूले कारोबार नगरेको बताएका स्रोतले जनाएको छ । सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसूरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । सुनको अवैध…
Read More
चीनसँग तत्काल बीआरआई कार्यान्वयन सम्झौता नहुने

चीनसँग तत्काल बीआरआई कार्यान्वयन सम्झौता नहुने

काठमाडौं । चीनसँग तत्कालै बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयन सम्झौता नहुने भएको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चैत ११ गतेदेखि हुने चीन भ्रमणको क्रममा सम्झौता हुने चर्चा थियो। चीनले अगाडि बढाएको बीआरआई परियोजनामा नेपाल समावेश भए पनि यसको कार्यान्वयन सम्झौता हुन सकेको छैन। यसअघि नेपालले बीआरआईअन्तर्गत नौवटा परियोजना राख्ने प्रस्ताव चीनसमक्ष गरेको थियो। बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बीआरआई सम्झौताबारे छलफल गरे पनि कुनै निर्णय नगरेको एक मन्त्रीले बताए। ‘परराष्ट्रमन्त्रीको अहिले हुन लागेको चीन भ्रमणकै बेला बीआरआई सम्झौता हुँदैन, परराष्ट्रमन्त्री बीआरआई सम्झौता गर्न बेइजिङ जान लाग्नुभएको होइन,’ मन्त्रिपरिषद बैठक सकेर बाहिरिएका एक मन्त्रीले भने, ‘तर पछि कुनै…
Read More
नेपाल लगायत अन्य देशमा बीआरआई कार्यान्वयनको परिणाम कस्तो छ ?

नेपाल लगायत अन्य देशमा बीआरआई कार्यान्वयनको परिणाम कस्तो छ ?

काठमाडौं । नेपाल-चीनबीच रोड एण्ड बेल्ट इनिसिएटिभ (Belt and Road Initiative) कार्यान्वयन सम्झौता हुने चर्चा चुलिएको बेला अन्य देशमा यसको अभ्यास, अनुभव र परिणाम कस्तो छ ? भन्ने जिज्ञासा उत्पन्न भएको छ । साथै अन्य देशको अभ्यास, अनुभव र परिणामका आधारमा नेपालले ध्यान दिनु वा अडान लिनुपर्ने पक्षबारे पनि प्रष्टता चाहिन्छ । नेपाल र चीनबीच सन् २०१७ मा बीआरआई सम्झौता भएको थियो । तर, लगानी मोडालिटीमा सहमति र कार्यान्वयन सम्झौता हुन नसक्दा प्रस्तावित परियोजना कार्यान्यवनमा आएको छैन । चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नै एक बीआरआई आयोजना हो भन्ने दाबी गरे पनि नेपालले त्यसलाई अस्वीकार गरेको छ । चीनको एक्जिम बैंकसँग…
Read More
ऋणको भार थप्दै प्रचण्ड सरकारले चीनसँग बीआरआई सम्झौता गर्दै, नारायणकाजी हतारिएर चीन जाँदै

ऋणको भार थप्दै प्रचण्ड सरकारले चीनसँग बीआरआई सम्झौता गर्दै, नारायणकाजी हतारिएर चीन जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता गर्ने अन्तिम तयारी गरेका छन् । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणताका त्यसको सम्झौता गर्ने तयारी गरेका हुन् । त्यसका लागि उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई प्रस्ताव उठाएर मन्त्रिपरिषद्मा ल्याउन भनेका थिए । तर महासेठले ऋणमा बीआरआई सम्झौता गर्न नहुने भन्दै प्रस्ताव उठाउन आनाकानी गरेपछि अर्थ मन्त्रालयबाट प्रस्ताव लगेर मन्त्रिपरिषद्बाट सम्झौताको मस्यौदा स्वीकृत गरी श्रेष्ठसहितको टोलीले सम्झौता गर्ने तयारी गरेको स्रोतको दाबी छ । प्रधानमन्त्री प्रचण्डले यो विषयमा प्रधानमन्त्री कार्यालयलका सचिव दिनेश भट्टराईलाई तयारी गर्न गोप्य निर्देशन दिएका छन् । तत्काललाई यो विषयमा प्रधानमन्त्री…
Read More
सत्ता गठबन्धन फेरिएपछि चिनियाँ सक्रियता बढ्यो

सत्ता गठबन्धन फेरिएपछि चिनियाँ सक्रियता बढ्यो

काठमाडौं । मंगलबार नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भौतिक पूर्वाधार तथा यातयातमन्त्री रघुवीर महासेठलाई भेटे। उनले महासेठसंगको भेटमा चक्रपथ विस्तारको काम चालु वर्ष नै थाल्ने तयारी भएको बताए । चिनियाँ अनुदानमा विस्तार गर्ने सम्झौता भएको लामो समय बित्दा काम सुरु हुन सकेको छैन । चक्रपथ विस्तार मात्रै होइन, राजदूत सोङले चिनियाँ सहयोगमा निर्माण भइरहेका परियोजनाहरुमा सहजीकरण गरिदिने प्रतिबद्धता जनाए । चिनियाँ कम्पनी संलग्न रहेका आयोजनामा समेत गति दिने उनले बताए । रसुवागढी-काठमाडौं (७२ किलोमिटर) विद्युतीय रेलमार्ग, अरनिको राजमार्गलगायत समेत अघि बढाउने विषयमा सकारात्मक छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले बताए । मंगलबार नै राजदूत…
Read More
चिनियाँ सुन तस्कर वाङलाई महराले गाडी खोजिदिएको खुलासा

चिनियाँ सुन तस्कर वाङलाई महराले गाडी खोजिदिएको खुलासा

काठमाडाैं । पूर्व सभामुख कृष्णबहादुर महराले सुन तस्करलाई गाडी खोजिदिएको खुलासा भएको छ । भेप र ६० किलो सुन तस्करीमा संलग्न चिनियाँ सुन तस्कर दाओजिन वाङलाई महराले गाडी खोजिदिएको तथ्य खुलासा भएको हो । प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत जीवनकुमार गुरुङसँग भनेर महराले वाङलाई गाडी मिलाइदिएको स्रोतले जनाएको छ । वाङले चढ्ने गाडी यसअघि नै प्रहरीले बरामद गरेको सीआईबीले जनाएको छ । रेनाेल्ट कम्पनीको डस्टर गाडी जीवनकुमार गुरुङको नाममा रहेको भेटिएको सीआईबीले जनाएको छ । सो गाडी कृष्णबहादुर महराले भनेर चिनियाँ वाङलाई दिएको अनुसन्धानमा तथ्य खुलेको बताइएको छ । सो गाडी जीवनकुमार गुरुङको नाममा रहेको अनुसन्धानबाट खुलेको छ । वाङ…
Read More
चिनियाँ इशारामा नयाँ गठबन्धनमा सहभागी उपेन्द्र यादवको विरोध गर्नु जनताको हक : बिपी यादव

चिनियाँ इशारामा नयाँ गठबन्धनमा सहभागी उपेन्द्र यादवको विरोध गर्नु जनताको हक : बिपी यादव

राजविराज । राष्ट्रिय एकता अभियानका वरिष्ठ नेता बिपी यादवले पोस्टर घट्नामा अभियानको कुनै संलग्नता नभएको बताएका छन्। उनले जनकपुरबाट राष्ट्रिय एकता अभियानका केही नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको प्रति ध्यानाकर्षण भएको जनाउँदै उनीहरूको रिहाइको माग समेत गरेका हुन्। लोसपाका केन्द्रीय सदस्य समेत रहेका यादवले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी ‘सङ्घीय सरकारको गृहमन्त्रीको निर्देशनमा जनकपुरबाट मनिष पुर्बे, पङ्कज झा र वीरगन्जबाट उदय रौनियार र नवीन भट्टराईलाई प्रहरीले शङ्काको भरमा पक्राउ गरेर थुनामा राखेकोले उनीहरूको रिहाइको माग गरेको हो। मधेसको भू–भागमा केही दिन देखि प्रधानमन्त्री पुष्पकमल दाहाल र उप–प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको फोटो राखी गरिएको अमर्यादित कार्य प्रति हाम्रो…
Read More
कांग्रेसले चीनको ऋण अस्वीकार गर्दा नयाँ गठबन्धन बनेकाे सहमहामन्त्रीकाे खुलासा

कांग्रेसले चीनको ऋण अस्वीकार गर्दा नयाँ गठबन्धन बनेकाे सहमहामन्त्रीकाे खुलासा

जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चीनको ऋण अस्वीकार गर्दा वामपन्थीहरू नयाँ गठबन्धन बनाएको आरोप लगाएका छन् । धनुषाको लक्ष्मीनीयाँस्थित नवनिर्मित शहिद कामेश्वर-कुशेश्वर स्मृति प्रतिष्ठानको भवनको समुद्घाटन गर्दै उनले भने, ‘चीनले वन वेल्ट वन रोड ऋण दिएर बनाउन खोजेको छ । तर कांग्रेसले ऋण अस्वीकार गरेपछि प्रधानमन्त्री गठबन्धन फेरे ।’ उनले श्रीलंका जस्तै नेपाललाई ऋणमा डुबाएर चीनले कब्जा गर्ने मनसाय बोकेको बताए । चीनको ऋणमूलक आयोजना कांग्रेसले अस्वीकार गर्दा वामबन्थीहरुले नयाँ सरकार बनाएको उनले बताए । देशको अर्थतन्त्र डामाडोल रहेकाले ऋणभन्दा पनि अनुदान सहयोगमा विदेशी आयोजना स्वीकार्ने पक्षमा रहेको सहमहामन्त्री यादवले बताए । उनले वर्तमान सरकार छ महिना पनि…
Read More
नयाँ सरकारप्रति चीनको चासो बढ्दै

नयाँ सरकारप्रति चीनको चासो बढ्दै

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्केर नेकपा एमालेको नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै नयाँ सरकारबारे लगातार चासो प्रकट गर्दै आएको छ । फागुन २१ गते नयाँ गठबन्धन बनेकै भोलिपल्ट चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नेपालमा गठन हुन लागेको नयाँ सरकारको गठन कार्य सहज रूपमा अगाडि बढ्नेमा आफू आशावादी रहेको बताएकी थिइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्णता पाइसकेपछि गत शुक्रबार अर्थात् फागुन २५ गते चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हैयानले चीनस्थित नेपाली राजदूत डा. विष्णु पुकार श्रेष्ठलाई भेटेर नेपालको सरकारको बारेमा चासो लिएकी छिन् । नेपालमा गठन भएको सरकारको बारेमा चिनियाँ अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री हैयानले…
Read More
प्रचण्डले सत्ता समीकरण फेरेपछि चिनियाँ कम्युनिस्ट पार्टीले देखायाे चासाे

प्रचण्डले सत्ता समीकरण फेरेपछि चिनियाँ कम्युनिस्ट पार्टीले देखायाे चासाे

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहितका दलहरूसँग सहकार्य गर्दै नयाँ सत्ता गठबन्धन निर्माण गरेपछि चिनियाँ कम्युनिस्ट पार्टीकी उपमन्त्री सुन हाइ येनले नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे बेइजिङस्थित नेपाली राजदूतसँग छलफल गरेकी छन्। शुक्रवार भएको उक्त छलफलमा नेपाली राजनीतिक दलहरूसँग सहकार्य र आदानप्रदान गहिरो बनाउने र नेपाल-चीन सम्बन्धको निरन्तर विकासलाई प्रवर्द्धन गर्नेबारे इच्छा चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्त गरेको जनाइएको छ। बीबीसीसँग टेलिफोनमा कुराकानी गर्दै बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालमा भएको पछिल्लो परिवर्तनबारे चिनियाँ उपमन्त्रीले ‘चासो’ व्यक्त गरेको बताए। ज्यानुअरी महिनामा नेपालको भ्रमण गरेकी चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री येनले त्यसबेला दुई देशको सम्बन्ध बिगार्ने प्रयास भइरहेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.