राजनीति

बाल यौन दुर्व्यवहारका दोषीलाई माफी दिनु गल्ती भएको भन्दै हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

बाल यौन दुर्व्यवहारका दोषीलाई माफी दिनु गल्ती भएको भन्दै हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

काठमाडौं । हंगेरीकी राष्ट्रपति केट्लिन नोवाकले राजीनामा दिएकी छन् । बालबालिकाको यौन शोषण अभियोगमा दोषी ठहर भएका एक व्यक्तिको सजाय माफी भएकोमा खेद व्यक्त गर्दै उनले पदबाट राजीनामा दिएकी हुन् । गत साता एक सरकारी बालगृहका निर्देशकमाथिको साजय माफी गरेकी थिइन् । ती निर्देशकले यौन शोषणको आरोप फिर्ता लिन बालबालिकामाथि दबाब दिएका थिए । राष्ट्रपतिको सजाय माफी सम्बन्धी निर्णयलाई लिएर हंगेरीमा लगातार विरोध र आलोचनासँगै उनको राजीनामा समेत मागिएको थियो ।
Read More
माओवादी केन्द्रले चीनलाई बनायाे ‘रुनु न हाँस्नु’

माओवादी केन्द्रले चीनलाई बनायाे ‘रुनु न हाँस्नु’

काठमाडाैं । कुनै समय ‘चीन निकट’ को आरोप भोगेका पुष्पकमल दाहाल (प्रचण्ड) तेस्रो पटक प्रधानमन्त्री रहेका बेला उनी नेतृत्वको सरकार र माओवादी केन्द्रले चीनलाई ‘रुनु न हाँस्नु’ को स्थितिमा पुर्‍याइदिएको छ। जाजरकोट भूकम्पपछि सहयोग गर्न स्थानीय माओवादीद्वारा निम्त्याइएकी एक चिनियाँ अधिकारीलाई माओवादी नेतृत्वकै सरकारले ‘देश निकाला’ गरेर यो स्थितिमा पुर्‍याइदिएको हो। डेढ सयभन्दा बढीको ज्यान गएको र झण्डै चार सय घाइते भएको जाजरकोट भूकम्पका पीडितहरुलाई राहतका लागि स्थानीय माओवादीको अपेक्षा अनुसार ‘चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन’ की नेपाल निर्देशक सोउ सिच्याङ मंसिर तेस्रो साता जाजरकोटको रिम्ना पुगेकी थिइन्। सो राहत वितरणका लागि माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि रिम्ना गएका…
Read More
युएईको उदाहरण दिँदै अर्थमन्त्रीले भने– विदेशी लगानी भित्र्याउन छाती फराकिलो पार्नुपर्छ

युएईको उदाहरण दिँदै अर्थमन्त्रीले भने– विदेशी लगानी भित्र्याउन छाती फराकिलो पार्नुपर्छ

काठमाडौँ । अर्थमन्त्री डा।प्रकाशशरण महतले तेस्रो लगानी सम्मेलनलाई सार्थक र उपलब्धिमूलक बनाउनुपर्ने बताएका छन् । आज अर्थ मन्त्रालयमा बसेको निर्देशन समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले वैशाखमा आयोजना हुने सम्मेलनलाई सार्थक र उपलब्धिमूलक बनाउनुपर्ने बताएका हुन् । यसका लागि सरकारका सबै निकाय गम्भीर बनेर लाग्नुपर्ने अर्थमन्त्री डा।महतले बताए । ‘कर्मकाण्डीरुपमा लागेर मात्रै हुँदैन । सबै निकाय गम्भीर बन्नुपर्छ,’ अर्थमन्त्री महतले भने, ‘र सबै तह, निर्देशन समिति, कार्यान्वयन समिति लगायतले गम्भीरताका साथ काम गर्न जरुरी छ ।’ अर्थमन्त्रीका अनुसार यतिबेला अन्तर्राष्ट्रिय समुदाय समेत नेपालमा लगानी गर्नका लागि जिज्ञासु र सोधिखोजी गरिरहेका छन् । अर्थ मन्त्रालय विदेशी लगानीकर्ताको सम्पर्कमा जाँदा उदासीन…
Read More
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीलाई उत्तर प्रदेशको विधानसभामा स्वागत

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीलाई उत्तर प्रदेशको विधानसभामा स्वागत

काठमाडाैं । भारत भ्रमणमा रहेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीले भारतस्थित् उत्तर प्रदेशको विधानसभामा स्वागत गरिएको छ। मङ्गलबार समितिले प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेलसँग शिष्टाचार भेटवार्ता गरेसँगै विधानसभामा पनि स्वागत गरिएको हो। समितिको टोलीलाई विधानसभामा स्वागत गरिएको विधानसभाका अध्यक्ष सतिश महनाले जनाएका छन्। समितिको टोलीमा सभापती राजकिशोर यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी रहेका छन्। आज नेपाल के संसद की अंतर्राष्ट्रीय संबंध और पर्यटन से सम्बंधित संसदीय समिति के सदस्यों का विधान सभा में स्वागत किया।#UpVidhansabha@UPVidhansabha pic.twitter.com/uWjE4wrK5M — Satish Mahana (@Satishmahanaup) February 6,…
Read More
यादव नेतृत्वको सांसदहरूले भेटे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेल

यादव नेतृत्वको सांसदहरूले भेटे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेल

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली सांसदहरूको प्रतिनिधिमण्डलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेटवार्ता गरको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको सो प्रतिनिधिमण्डलले सोमबार लखनउस्थित सरकारी निवासमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको हो। मुख्यमन्त्री योगी आदित्यनाथले नेपाली सांसदहरूसँग भेटवार्ता भएको पुष्टि गरेका छन्। सामाजिक सञ्चालमा तस्बिर सार्वजनिक गर्दै मुख्यमन्त्री आदित्यनाथले भगवान पशुपतिनाथ तथा छिमेकी देशबाट आएका सांसदगणसँग भेटवार्ता भएको उल्लेख गरेका छन्। सो टोलीले आजै उत्तर प्रदेशकी राज्यपाल अनन्दीबेन पटेलसँग भेटवार्ता गरेको थियो। लखनउस्थित राजभवनमा राज्यपाल पटेलसँग शिष्टाचार भेट गरेको हो। भेटमा राज्यपाल पटेलले नेपालको शैक्षिक स्तर उकास्ने विषयमा सहयोग गर्ने प्रतिवद्धता जनाएकी…
Read More
नेपाल र भारतका खेलकुदमन्त्रीबीच भेटवार्ता

नेपाल र भारतका खेलकुदमन्त्रीबीच भेटवार्ता

काठमाडाैं । नेपालका खेलकुदमन्त्री दिगबहादुर लिम्बु र भारतका समकक्षी अनुराग सिंह ठाकुरबीच भेटवार्ता भएको छ । ७ देखि ९ फेब्रुअरी २०२४ सम्म दिल्लीमा हुने बिमस्टेक एक्वाटिक्स च्याम्पियनसिपअघि दुई देशका समकक्षीबीच भेटवार्ता भएको हो । भेटमा दुवै राष्ट्रको युवा शक्तिलाई सदुपयोग गर्दै खेलकुदका क्षेत्रमा साझेदारीका अवसरबारे छलफल भएको बताइएको छ।
Read More
नेपाली सांसदको प्रतिनिधिमण्डलद्वारा भारतमा क्रिकेट रंगशालाकाे भ्रमण

नेपाली सांसदको प्रतिनिधिमण्डलद्वारा भारतमा क्रिकेट रंगशालाकाे भ्रमण

काठमाडौं । नेपाली सांसदको प्रतिनिधिमण्डलले मुम्बईस्थित रहेकाे क्रिकेट रंगशालाको भ्रमण गरेको छ। नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन सम्बन्धी संसदीय समितिका प्रतिनिधिहरूले मुम्बईको प्रसिद्ध वानखडे क्रिकेट रंगशालाको भ्रमण गरेको हाे । भारतीय संसदको औपचारिक निम्तोमा भारत भ्रमणमा रहेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापती राजकिशोर यादव नेतृत्वको सांसदको टोलीले क्रिकेट रंगशालाको भ्रमण गरेको काठमाडाैंस्थित रहेकाे भारतीय राजदूतावासले जनाएकाे छ । यसअघि समितिले भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरणसङ्ग दिल्लीमा भेटवार्ता गरेको थियो। संघीय संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन संसदीय टोलीले ६ फेब्रुअरीसम्म भारतको संसदीय व्यवस्थाबारे अध्ययन गर्नेछ । संसदीय टोलीले भारतीय नयाँ संसद् भवनको निरीक्षणका साथै सभामुख, विदेशमन्त्री र पर्यटनमन्त्रीसँग भेट…
Read More
गोवामा पर्यटनमन्त्री र नेपाली सांसदको टोलीबीच भेटवार्ता

गोवामा पर्यटनमन्त्री र नेपाली सांसदको टोलीबीच भेटवार्ता

काठमाडौं । नेपाली सांसदको प्रतिनिधिमण्डल र भारतीय राज्य गोवाका पर्यटनमन्त्रीबीच भेटवार्ता भएको छ । भारतीय संसदको औपचारिक निम्तोमा भारत भ्रमणमा रहेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापती राजकिशोर यादव नेतृत्वको सांसदको टोलीले गोवाका पर्यटनमन्त्री रोहन खाउँटेसँग भेटवार्ता गरेको हो। शनिबार गोवामा भएको द्विपक्षीय भेटवार्तामा दुई देशबीचका संस्कृतिको आदानप्रदान र नेपाल-गोवाबीच पर्यटन प्रवर्द्धनका विषयमा कुरा भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ । यसअघि समितिले भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरणसङ्ग दिल्लीमा भेटवार्ता गरेको थियो। संघीय संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन संसदीय टोलीले ६ फेब्रुअरीसम्म भारतको संसदीय व्यवस्थाबारे अध्ययन गर्नेछ । संसदीय टोलीले भारतीय नयाँ संसद् भवनको निरीक्षणका साथै सभामुख, विदेशमन्त्री र…
Read More
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीले भेट्यो भारतीय विदेशमन्त्री जयशंकर

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीले भेट्यो भारतीय विदेशमन्त्री जयशंकर

काठमाडाैं । भारत भ्रमणमा रहेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीले भारतका विदेशमामिला मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ। टोलीले शुक्रबार विदेशमामिला मन्त्री जयशंकरको कार्यालयमा पुगेर नै नेपाल-भारत सहयोगको विभिन्न पक्षमा छलफल गरेको मन्त्री जयशंकरको सचिवालयले जनाएको छ। विदेश मामिला मन्त्री जयशंकरले एक्समा ट्वीट गर्दै गर्दै नेपाल-भारतको गहिरो सहयोग र नजिकको सम्बन्धका बारेमा राम्रो छलफल भएको बताएका छन्। यस्तै, टोलीलाई शुक्रबार नै हैदरावाद हाउसमा स्वागत गरिएको थियो। भारतीय पक्षले सामाजिक संजाल एक्स मा ट्वीट गर्दै समितीका सभापती सांसद सांसद राजकिशोर यादवको नेतृत्वको टोलीलाई हैदरावाद हाउस, नयाँ दिल्लीमा स्वागत गरेको जनाइएको थियो। भी मुरलीधरनले सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै लेखेका…
Read More
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोली हैदरावाद हाउसमा

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोली हैदरावाद हाउसमा

काठमाडाैं । भारत भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीलाई हैदरावाद हाउसमा स्वागत गरिएको छ । भारतीय पक्षले सामाजिक संजाल एक्स मा ट्वीट गर्दै समितीका सभापती सांसद सांसद राजकिशोर यादवको नेतृत्वको टोलीलाई हैदरावाद हाउस, नयाँ दिल्लीमा स्वागत गरेको जनाइएको छ । भी मुरलीधरनले सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै लेखेका छन् । ‘माननीय सांसद राजकिशोर यादवको नेतृत्वमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटनसम्बन्धी संसदीय समितिको हैदरावाद हाउस, नयाँ दिल्लीमा आयोजना गर्न पाउँदा खुसी लागेको छ । भारत(नेपाल सम्बन्धमा सकारात्मक गतिलाई महत्व दिन र निरन्तर संसदीय आदानप्रदानमा सहयोग पुग्नेछ ।’ भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबारदेखी समितीका सभापती यादवसहित सुनीता बराल, छिरिङबहादुर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.