राजनीति

परराष्ट्रमन्त्री देउवा र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री देउवा र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव मिस्रीले आज परराष्ट्रमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्। भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरुका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरु लगायतका विविध विषयमा छलफल भएको थियो । परराष्ट्रमन्त्री राणाले नेपाल-भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीसँग कुरा गरेकी थिइन् । परराष्ट्रमन्त्री राणाले नेपाल र भारतका सीमा क्षेत्रहुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न आग्रह गरिन् ।
Read More
भारतीय विदेश सचिव मिस्रीको दुईदिने नेपाल भ्रमणमा केके भयो ?

भारतीय विदेश सचिव मिस्रीको दुईदिने नेपाल भ्रमणमा केके भयो ?

काठमाडौं । भारतका नवनियुक्त विदेश सचिव विक्रम मिस्री परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा आइतबार काठमाडौं ओर्लिए लगत्तै शिष्टाचार एवं राजनीतिक भेटवार्तामा तल्लीन हुनुभयो । मिस्रीले भुटानपछि नेपालको भ्रमण गर्नुलाई उच्चस्तरीय भ्रमणहरूको निरन्तरता मात्रै भनिए पनि एमाले कांग्रेस गठबन्धनको सरकार बनेपछि भारतबाट भएको उच्चस्तरीय भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भारतीय विदेश सचिव मिस्रीले दुईदिन नेपालमा केके गर्नुभयो त ? भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणमा आउँदा राष्ट्रपति, प्रधानमन्त्री देखी, विपक्षी दलका नेता तथा विभिन्न मन्त्रीहरुसँग पनि भेटघाट गर्नुभएको छ । यी सम्पूर्ण भेटघाट नियमित मात्र हुन वा राजनीतिक एजेन्डा पनि थिए त्यो बिस्तारै खुल्दै जाला । तर…
Read More
प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय सराेकारका विषयमा छलफल भएकाे बताइएकाे छ । प्रधानमन्त्रीसँगकाे भेटमा नेपालकाे तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल एवम् भारतीय अधिकारीहरुकाे सहभागिता रहेकाे थियाे । आइतबार बिहान दुई दिने भ्रमणमा नेपाल आएका मिश्रीलाई नेपाली समकक्षी लम्सालले विमानस्थलमै पुगेर स्वागत गरेकी थिइन् ।
Read More
आज नेपाल आइपुग्दै भारतीय विदेश सचिव मिश्री

आज नेपाल आइपुग्दै भारतीय विदेश सचिव मिश्री

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आइपुग्दैछन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै परराष्ट्र मन्त्री आरजु राणा देउवा र समकक्षी सेवा लम्सालसँग पनि भेटघाट गर्नेछन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । आजै साँझ होटेल मेरियटमा हुने रात्रिभोज कार्यक्रममा विदेश सचिव मिश्रले सबै राजनितिक दलका दोस्रो तहका नेताहरूसँग भेटघाट गर्नेछन् ।…
Read More
भारतीय विदेश सचिवको नेपाल भ्रमणको औपचारिक घोषणा

भारतीय विदेश सचिवको नेपाल भ्रमणको औपचारिक घोषणा

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने नेपाल भ्रमणको नेपाल र भारतले छुट्टा–छुट्टै शुक्रबार औपचारिक रुपमा घोषणा गरेका छन् । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले विदेश सचिव मिस्रीको नेपाल भ्रमणको औपचारिक रुपमा घोषणा गरेका हुन् । नेपालका परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा विदेश सचिव मिस्रीले आइतबार र सोमबार (साउन २७ र २८) नेपालको औपचारिक भ्रमण गर्दैछन् । विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो भने नेपालमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि भारतबाट पहिलो भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालय विज्ञप्ति जारी गर्दै दुई सचिवहरुले नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने र संयुक्त लाभ…
Read More
बीआरआईबारे सरकारले चीनसँग कच्चा खेल खेल्यो : एनपी साउद

बीआरआईबारे सरकारले चीनसँग कच्चा खेल खेल्यो : एनपी साउद

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले बीआरआईबारे सरकारले कच्चा कूटनीतिक खेल खेलेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेता साउदले यस्तो आरोप लगाएका हुन् । बीआरआईबारे सरकारले चीन र अन्य मुलुकसँग फरक–फरक कुरा गरेर कच्चा कूटनीतिक खेल खेलेको नेता साउदको आरोप छ । नेता साउदले भने, ‘चीनलाई बीआरआईमा सम्झौता कार्यान्वयन गर्न तयार छौं भनेर लगातार सन्देश दिने, त्यो अनुभूतिलाई सत्ता समीकरण बनाउन प्रयोग गर्ने काम भयो । अन्य मुलुकलाई बीआरआई रोक्न खोजिरहेका छौं भन्ने कच्चा चाल भयो भने अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा घट्छ ।’ बीआरआई सम्झौतामा हस्ताक्षर गर्नेबारे सरकारले प्रतिपक्षी दलसँग छलफल नै नगरेको…
Read More
संसद्काे राेष्टमबाटै भारतका नवनियुक्त प्रधानमन्त्री माेदीलाई बधाइ

संसद्काे राेष्टमबाटै भारतका नवनियुक्त प्रधानमन्त्री माेदीलाई बधाइ

काठमाडाैं । संसदकाे राेष्टमबाटै एक प्रतिनिधिसभा सांसदले भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र माेदीलाई बधाइ दिएका छन् । बिहीबार बसेकाे प्रतिधिनिसभाकाे बैठकलाइ सम्बाेधन गर्दै नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सांसद अजय चाैरासियाले माेदीलाई सफल कार्यकालकाे लागि बधाइ दिएका हुन् । प्रधानमन्त्री माेदीलाई बधाइ दिँदै उनले भारतमा अत्यन्य लाेकप्रिय २ वटा याेजना रहेकाे बताए । उनले भने,  'उजाला याेजना र आयुषमा भारत गरी २ वटा याेजना छन्।' उनले थप्दै भने, 'भारतमा अाम निर्वाचनपछि याे २ वटा याेजना व्यापक रूपमा सुरू भएका छन्, जसले भारतीय नागरिकाकाे जीवन स्तरमा वृद्दि हुने लगभग पक्का छ, भारतीय प्रधानमन्त्री माेदीले सुरू गर्नु भएकाे याे २ वटा याेजना, नाम जे…
Read More
उपप्रधानमन्त्री श्रेष्ठले विदेशमन्त्री जयशंकरलाई दिए बधाई

उपप्रधानमन्त्री श्रेष्ठले विदेशमन्त्री जयशंकरलाई दिए बधाई

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतका नवनियुक्त विदेशमन्त्री एस. जयशंकरलाई टेलिफोनमार्फत बधाई दिएका छन् । जयशंकर प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारमा लगातार दोस्रो पटक विदेशमन्त्री चयन भएका हुन् । उपप्रधानमन्त्री श्रेष्ठका अनुसार टेलिफोन संवादमा नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भयो । साथै, दुई मुलुकलाई साझा रुपमा फाइदा हुने विषयमा सहकार्य गर्दै अघि बढाउने बारेमा कुराकानी भएको थियो । नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री @nksthaprakash बाट बधाई कल पाउँदा अत्यन्तै खुशी लागेको छ । वहाँको न्यानो सद्भाव एवम् शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । हाम्रो गहिरो मित्रतालाई अघि बढाउन वहाँसँग काम गर्न तत्पर छु । ???????? ????????@MEAIndia https://t.co/rwAcIwFkN1…
Read More
प्रचण्डले बधाई दिएपछि मोदीले भने–धन्यवाद

प्रचण्डले बधाई दिएपछि मोदीले भने–धन्यवाद

काठमाडौं । भारतमा एनडीए गठबन्धनले बहुमत हासिल गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री प्रचण्डले मोदीलाई बधाई दिएका हुन् । जवाफमा मोदीले शुभेच्छाका लागि प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद भनेका छन् । उनले आफू भारत—नेपाल सम्बन्धलाई अझ बलियो बनाउन निरन्तर सहयोगका लागि प्रतिक्षारत रहेको समेत जनाएका छन् । प्रम @cmprachanda सँग कुरा गर्न पाउँदा अत्यन्तै खुशी लाग्यो। वहाँको न्यानो शुभकामनाको लागि वहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौं। https://t.co/dZoksSoMUL — IndiaInNepal (@IndiaInNepal) June…
Read More
प्रधानमन्त्री प्रचण्डले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

प्रधानमन्त्री प्रचण्डले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले चुनावी सफलताका निम्ति सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीलाई बधाई दिएका हुन्। ‘लोकसभा निर्वाचनमा बीजेपी र एनडीएलाई लगातार तेस्रो कार्यकालको चुनावी सफलताका निम्ति बधाई व्यक्त गर्न चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले लेखेका छन्। यसका साथै प्रचण्डले भारतीय जनताको उत्साहपूर्वक सहभागितामा विश्वकै ठूलो लोकतान्त्रिक अभ्यास सम्पन्न गरेकोमा आफू खुसी भएको जनाएका छन्।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.