अर्थ

भारतद्वारा एक अर्ब अनुदान प्रदान

भारतद्वारा एक अर्ब अनुदान प्रदान

काठमाडाैँ । भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि रु एक अर्ब प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री विष्णु पौडेललाई अनुदानस्वरुप भारतले उपलब्ध गराएको उक्त रकमको चेक आज अर्थ मन्त्रालयमा हस्तान्तरण गरे । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हितका विषयमा विचारविमर्श भएको यहाँस्थित भारतीय राजदूतावासले बताएको छ । आपसी समृद्धि र प्रगतिका लागि दुई देशबीचको द्विपक्षीय आर्थिक र विकास साझेदारीलाई अझ सुदृढ तुल्याउन मन्त्री पौडेल र राजदूत क्वात्राबीच सकारात्मक छलफल भएको दूतावासले जनाएको छ ।
Read More
कोरोना बीमा भुक्तानी ७ दिनभित्र दिन अर्थ मन्त्रालयको निर्देशन

कोरोना बीमा भुक्तानी ७ दिनभित्र दिन अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले काेराेना बिमितहरुको बीमांक रकम एक हप्ताभित्र भुक्तानी गर्न निर्देशन दिएको छ । कोरोना बीमा दाबी गरेका बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाण भएपछि बीमालेख अनुसार दिनुपर्ने रकम सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालय भएको बैठकपछि एक हप्ताभित्र बीमा रकम भुक्तानी गर्ने कार्यको समन्वय र अनुगमन बीमा समितिले गर्नुपर्ने र दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउन पनि समितिलाई मन्त्रालयले निर्देशन दिएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले बताए । यसैगरी कोरोना बीमा दाबी भुक्तानी सम्बन्धमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका…
Read More
बाग्लुङमा अस्पताल निर्माणका लागि ४ करोड निकासा

बाग्लुङमा अस्पताल निर्माणका लागि ४ करोड निकासा

बाग्लुङ । अर्थ मन्त्रालयले बाग्लुङ जिल्लाका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख बजेट निकासा गरेको छ । स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नती गर्नका लागि बजेट बिनियोजन गरिएको हो । जिल्लाको बरेङ, ताराखोला, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकामा रहेका पाँच स्वास्थ्य संस्था स्तरोन्नती गरी अस्पताल निर्माण गर्नका लागि उक्त रकम विनियोजन गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले जनाएको छ । जिल्लाका पाँच स्थानीय तहमा पाँच, दश र पन्ध्र श्ययाको अस्पताल बनाउन अर्थ मन्त्रालयले बजेट स्वीकृत गरी निकासा गरीे पठाइसकेको महाशाखाका तथ्याङक अधिकृत सुर्यबहादुर खड्काले जानकारी दिए । बजेट कार्यान्वयनका लागि सबै स्थानीय…
Read More
व्यवसायीलाई धम्की नदिन गभर्नर अधिकारीको निर्देशन

व्यवसायीलाई धम्की नदिन गभर्नर अधिकारीको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् । केन्द्रीय बैंकले आज आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियाका क्रममा उनले सबै नीतिलाई छायामा पार्ने गरी मौद्रिक नीति आएको भन्ने चर्चाका बीचमा यसको व्यावहारिक कार्यान्वयन नै अहिलेको प्रमुख आवश्यकता रहेको बताए । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि राष्ट्र बैंकका पदाधिकारीसँगको भेटमा मौद्रिक नीति असाध्यै राम्रो रहेको र त्यसको व्यावहारिक कार्यान्वयन हुनुपर्ने सुझाव दिनुभएको सन्दर्भ जोड्दै गभर्नर अधिकारीले भने, “ कार्यान्वयनका क्रममा केही कमीकमजोरी भए, त्यसलाई सुधार गरेर जान हामी तयार छौँ । त्यसका लागि सबैको साथ सहयोग भने…
Read More
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार घटेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार तोलामा ११८० रुपैयाँ प्रतितोला रहेको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
Read More
चिनियाँ एजेन्टद्वारा सीमामा अड्किएका कन्टेनरहरू पास गर्न पैसा माग

चिनियाँ एजेन्टद्वारा सीमामा अड्किएका कन्टेनरहरू पास गर्न पैसा माग

काठमाडाैँ । काठमाडौं र देशका अन्य शहरहरूका २ हजार भन्दा बढी व्यापारीहरूले ६ महिना देखि चीनको सीमावर्ती क्षेत्रबाट नेपालमा आफ्नो सामान ल्याउन नसक्दा करोडौं रूपैयाँकाे नाेक्सानी भएकाे छ। रामेछापका व्यवसायी नवीन थापाले खरिद गरेको झन्डै २ करोड रुपैयाँका चार कन्टेनर सामान ६ महिनादेखि केरुङको गोदाममा छ । हार्डवेयर, मोटर पार्ट्स, लुगाफाटालगायत सामान अड्किएका हुन् । उनले भने, ‘धेरै सामान काम नलाग्ने भइसके ।’ बलराम र नवीनजस्ता सयौं व्यवसायीका अर्बौं मूल्यका १२ सय कन्टेनर सामान केरुङमा अलपत्र छन् । चीनसँग जोडिएको अर्को पुरानो नाका तातोपानीपारि खासामा पनि नेपाली व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनर सामान थन्केको ६ महिना  भन्दा बढी समय बितिसकेकाे छ । तिब्बतको नेलाम काउन्टीले…
Read More
सेयर बजारमा सुधार, १२ दशमलव ४७ अंकले बढ्याे

सेयर बजारमा सुधार, १२ दशमलव ४७ अंकले बढ्याे

काठमाडौं । मंगलबार सेयर काराेबार मापक नेप्से परिसूचक १२ दशमलव ४७ अंकले बढेर १ हजार ५ सय ८२ दशमलव ८४ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार हुने सबै समूहहरु बढेर हरियाली देखिएका छन् । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । सोमबार एक अर्ब पनि नपुगेको सेयर कारोबार रकम मंगलबार १ अर्ब २४ करोड भन्दा धेरै भएको छ । दिनभर भएका १८ हजार ४ सय २६ कारोबारबाट १९३ कम्पनीका ४९ लाख १३ हजार ४ सय ९७ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम १ अर्ब २४ करोड १२ लाख ४२ हजार ७…
Read More
ग्यास सिलिण्डरको धरौटी मूल्य २ हजार १ सय तोकियो

ग्यास सिलिण्डरको धरौटी मूल्य २ हजार १ सय तोकियो

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य तोकेको छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको बताए । यो दर उच्च पहाडी र हिमाली क्षेत्र बाहेकका स्थानमा लागू हुने पनि उनले बताए । एकै प्रकारको सिलिण्डरको दर कति हो भन्ने विषयमा एकरुपता ल्याउनको लागि पनि प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ तोकिनु उपभोक्ताका लागि ठिक भएको उनले बताए । संघले तोकेकोभन्दा बढी रकम लिएमा गैह्रकानूनी हुने पनि उनले बताए । अहिलेसम्म उपभोक्तासँग भएका सिलिण्डरको हकमा भने आफुले खरिद गरेको…
Read More
नेप्से ९ अंकले घट्याे

नेप्से ९ अंकले घट्याे

काठमाडाैं । शेयर काराेबार मापक नेप्से परिसूचक मङ्गलबार नाै अङ्कले घटेको छ । साेमबार सामान्य बढेको परिसूचक मङ्गलबार ९ दशमलव ४२ अङ्कले घटेर १५ सय ६८ दशमलव ५९ अङ्कमा पुगेकाे नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मङ्गलबार व्यापार, उत्पादन र म्युचल फण्ड बाहेकका समूहको उपसूचक घटेकाे छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ४८७ दशमलव ४१ अङ्कले घटेको छ भने उत्पादनमूलक समूहको उपसूचक १० दशमलव ८४ अङ्कले सुधार भएको छ । मङ्गलबार एक अर्ब ८१ करोड ९६ लाख रुपैयाँ बराबरका ६७ लाख ८२ हजार कित्ता शेयर किनबेच भएका छन् । अरुण काबेली पावर लिमिटेडको मङ्गलबार सबैभन्दा धेरै ११ करोड…
Read More
घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य तोलामा ५ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ६ सय निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२२५ रहेको महासंघले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.