अर्थ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब

काठमाडौं । साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०.८२ अङ्कले वृद्धि भई एक हजार ७१८.४९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.२७ विन्दुले उकालो लागेर ३३८.८९ मा पुगेको छ । कूल १९८ कम्पनीको एक करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर रु चार अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ मूल्यमा खरिद बिक्री भयो । नेप्से उकालो लागेर कारोबार रकमसमेत वृद्धि हुँदा त्यसले लगानीकर्तालाई समेत उत्साहित बनाएको छ ।…
Read More
जथाभावी कर्जा लगानी नगर्न राष्ट्र बैंककाे निर्देशन

जथाभावी कर्जा लगानी नगर्न राष्ट्र बैंककाे निर्देशन

काठमाडाैं । राष्ट्र बैंकले जथाभावी कर्जा लगानी नगर्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन दिएको छ । बुधबार २७ वटै वाणिज्य बैंकका सीईओहरुलाई भर्चुअल बैठकमा राखेर राष्ट्र बैंकले कर्जा लगानी गर्दा ध्यान दिन निर्देशन दिएको हो । बैंकिङ क्षेत्रको पछिल्लो अवस्थाबारे छलफल गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार भर्चुअल बैठक डाँकेको थियो । बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरुद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ साथै नियमनका अन्य अधिकारीहरु सहभागी थिए । बैंकहरुका तर्फबाट भने बैंकर्स संघका अध्यक्ष भुवन दाहालसहित २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी थिए ।
Read More
नेप्सेकाे उकालाे यात्रा कायमै

नेप्सेकाे उकालाे यात्रा कायमै

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि बढेकाे छ । मंगलबार करिब २६ अंकले बढेकाे नेप्से परिसूचक बुधबार २८.८९ अंकले बढेर १ हजार ७ सय ७ दशमलव ६७ अंक पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । सेन्सेटिभ इन्डेक्स १.५८ प्रतिशत अर्थात ५.२३ अंकले बढेको छ । कारोबार पनि मंगलबारकै हारहारीमा भएको छ । दिनभर भएका ३६ हजार ८ सय ९३ कारोबारबाट १९५ कम्पनीका १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता सेयर किनबेच भएका छन् । जसबाट १ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२…
Read More
३८ अर्बको विदेशी लगानी स्वीकृत

३८ अर्बको विदेशी लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि रु ३८ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको हो । सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनाका लागि रु १७ अर्ब ६२ करोड ४० लाख बराबरको विदेशी लगानी स्वीकृत गरेको बोर्डका प्रवक्ता धर्मन्द्रकुमार मिश्रले जनाकारी दिए । उनका अनुसार ५७ मेगाावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि रु १० अर्ब ६१ करोड ९१ लाख र ६५…
Read More
कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरु नखुल्ने

कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरु नखुल्ने

काठमाडौं । वाणिज्य बैंकहरुले तिहार बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष दशैं र तिहारको बिदामा समेत सीमित शाखामार्फत् सेवा दिएका वाणिज्य बैंकहरुले यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै तिहार विदामा बैंक नखोल्ने निर्णय गरेका हुन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले कात्तिक २९ देखि मंसिर १ गतेसम्म तीन दिन बैंकका शाखा नखुल्ने जानकारी दिए । ‘हालसम्म वाणिज्य बैंकका ६ हजारभन्दा धेरै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । थप कर्मचारीमा संक्रमण र धेरै कारोबार नहुने अनुमान गर्दै बन्द गर्ने निर्णय गरेका हौं,’ उनले भने । कात्तिक २९ देखि…
Read More
नेप्सेमा सुधार, कारोबार रकममा वृद्धि

नेप्सेमा सुधार, कारोबार रकममा वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेप्से उकालो लाग्दा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.२२ बिन्दुले बढेर एक हजार ६५२.८० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने आज ०.६१ बिन्दुले घटेर ३२५.३३ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड ३५ हजार ३१३ कित्ता शेयर रु तीन अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७२६ मा कारोबार भयो । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज छ उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ…
Read More
मंसिर २७ गतेदेखि आन्दोलन गर्ने उखु किसानको घोषणा

मंसिर २७ गतेदेखि आन्दोलन गर्ने उखु किसानको घोषणा

काठमाडौं । उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन गर्ने भएका छन् । आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले सबै बक्यौता भुक्तानी नभए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् । उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मुकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताए ।
Read More
नेप्से दोहोरो अंकले वढ्याे

नेप्से दोहोरो अंकले वढ्याे

काठमाडाैं । शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । साताको पहिलो दिन परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १२.४९ विन्दुले वृद्धि भई एक हजार ६४८.५८ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १.५७ ले वृद्धि भई ३२५.९४ मा पुगेको हो । कूल १९८ कम्पनीको एक करोड आठ लाख ६३ हजार ४५६ कित्ता शेयर तीन अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ रूपैयाँमा कारोबार भयो । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १.१६ र विकास…
Read More
नेपाल पुनर्बीमा कम्पनीद्वारा नेपाल लाईफ र शिखर इन्स्योरेन्स पुरस्कृत

नेपाल पुनर्बीमा कम्पनीद्वारा नेपाल लाईफ र शिखर इन्स्योरेन्स पुरस्कृत

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले ७ औं बार्षिकोत्सवको अवसरमा जीवन बीमा र निर्जिवन बीमा समुहबाट नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्सलाई पुरस्कृत गरेको छ । नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, शिखर इन्स्योरेन्स गुणस्तरीय नाफामूलक व्यवसाय दिएर उत्कृष्ट योगदान पुर्याएको पुरस्कृति गरिएको घोषणा गरेका छन् । कम्पनीको ७ औं बार्षिकोत्सवको अवसरमा आयोजित डिजिटल समारोहमा कम्पनीका दुई जना उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ । नेपाल पुनर्बीमा कम्पनीका सहायक प्रबन्धक उत्तम पनेरु, बरिष्ठ सहायक सरिता श्रेष्ठलाई यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको छ ।
Read More
नेप्से २.३९ अंक घट्याे

नेप्से २.३९ अंक घट्याे

काठमाडौं । शेयर काराेबार मापक नेप्से परिसूचक २.३९ अंकले घटेर १६४० दशमलब ६९ अंकमा पुगेको छ । सूचकमा गिरावट आएसँगै कारोबार रकम पनि १ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ। व्यापार, होटल, हाइड्रोपावर, अन्य र म्युचुअल फन्डको सूचक भने सुधार भएको छ। विशाल बजारको मूल्यमा विगत केही दिनदेखि लगातार बढ्दो क्रममा सर्किट लागिरहेको छ। कम्पनीको मूल्य अधिकतम १० प्रतिशतले बढेर २५७५ रुपैयाँ कायम भएको छ। सबैभन्दा धेरै प्राइम बैंकको ९ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ। २०१ वटा कम्पनीको कारोबार हुँदा ५६ वटाको मूल्यमा सुधार आए पनि ९३ वटा मूल्यमा गिरावट आएको छ। सानिमा जनरल इन्स्योरेन्स कम्पनीको कारोबार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.