चिनियाँ एजेन्टद्वारा सीमामा अड्किएका कन्टेनरहरू पास गर्न पैसा माग

काठमाडाैँ । काठमाडौं र देशका अन्य शहरहरूका २ हजार भन्दा बढी व्यापारीहरूले ६ महिना देखि चीनको सीमावर्ती क्षेत्रबाट नेपालमा आफ्नो सामान ल्याउन नसक्दा करोडौं रूपैयाँकाे नाेक्सानी भएकाे छ।

रामेछापका व्यवसायी नवीन थापाले खरिद गरेको झन्डै २ करोड रुपैयाँका चार कन्टेनर सामान ६ महिनादेखि केरुङको गोदाममा छ । हार्डवेयर, मोटर पार्ट्स, लुगाफाटालगायत सामान अड्किएका हुन् । उनले भने, ‘धेरै सामान काम नलाग्ने भइसके ।’

बलराम र नवीनजस्ता सयौं व्यवसायीका अर्बौं मूल्यका १२ सय कन्टेनर सामान केरुङमा अलपत्र छन् । चीनसँग जोडिएको अर्को पुरानो नाका तातोपानीपारि खासामा पनि नेपाली व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनर सामान थन्केको ६ महिना  भन्दा बढी समय बितिसकेकाे छ ।

तिब्बतको नेलाम काउन्टीले सीमा क्षेत्रका आफ्ना नागरिकलाई सूचना जारी गरेर तातोपानीबाट हुने व्यापारिक कारोबार बन्द गरेको घोषणा गरेपछि खासामा कतिपय सामान सडकमा त्रिपालले छोपेर राखिएका छन् । सामान रेखदेख गर्न सीमापारि जाने अनुमति नेपालीलाई छैन । नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुबहादुर खत्रीका अनुसार, भूकम्पपछि नेपाली व्यवसायीलाई खासा प्रवेश गर्नै दिइएको छैन । ‘आफ्नो सम्पत्ति सडकमा कुहिएर जाँदा पनि चुप लागेर बस्नुको विकल्प छैन,’ उनले भने । नेपाललाई साह्रोगाह्रो परेकै बेला उत्तरका दुवै चिनियाँ नाका बन्द हुने गरेका छन् ।

साेही क्रममा सुवागढी र तातोपानीमा चिनियाँ भन्सार एजेन्टले कन्टेनरहरू पास गर्न २५ देखि ६० हजार माग गरेका छन्। आरएमबीको सामान बोक्ने कन्टेनर पास गर्न पैसा माग गरेपछि व्यवसायीहरू चिन्तित बनेका छन्। भन्सार कार्यालयहरु बाट आफ्नो सामानहरुको लागी प्रतिक्षा गरिरहेका व्यापारीहरु यो नयाँ विसंगतिका कारण तनावित बनेका छन्।

“चिनियाँ कस्टम एजेन्टले नेपाली व्यापारीसँग सामान बजारमा पास गर्न पैसाकाे बार्गेनिङ गरिरहेकाे भन्ने सुन्दा हामी छक्कै परेका छाैँ।,’ नेपाल चेम्बर अफ कमर्स (एनसीसी) भन्सार समितिका अध्यक्ष नीरज राईले भने,’ आयातकर्ताले अतिरिक्त पैसा कसरी दिन सक्छ? जुन प्रति कन्टेनरमा ९ लाख सम्म जान सक्ने थप पैसा कसरी दिन सक्दछन्?” 

सीमा क्षेत्रमा रहेकाे कन्टेनरहरूमा कच्चा माल, तयार कपडा, जुत्ता, खाने बस्तु र फलहरु रहेका छन् फलहरू पहिले नै क्षतिग्रस्त भइसकेका थिए जबकि अधिकांश उद्योगले कच्चा मालकाे अभावमा उद्याेग सञ्चालन गर्न सकिरहेका छैनन्।

कच्चा मालको अभावका कारण जो सीमामा आइपुगेको छ तर चिनियाँ भन्सारबाट पार हुन सकेन। केरुङ नाकामा सामान अलपत्र पर्न थालेको गत वर्ष पुसबाटै हो । गत जेठमा रसुवागढी नाका खोलिए पनि विभिन्न बहानामा चिनियाँ पक्षले दुई पटक बन्द गरिसकेको छ ।  काठमाडौंको चिनियाँ दूतावासले पनि काेभिड-१९ महामारीको बिरूद्ध सावधानीका लागि सीमा बन्द भएको कुरा दोहोर्‍याइरहेको छ। यद्यपि यसले मेडिकल आपूर्तिमा कुनै अवरोध खडा गरिएको थिएन। चीनको पक्षले चीनबाट नेपाल पठाउन एकतर्फी सीमापार पारवहनको लागि झाङगुम र जिलोङ बन्दरगाह पुनः खोलेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.