स्वास्थ्य

विराट शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

विराट शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
मोरङ । झापाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । भद्रपुर–१० घर भएका ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । भदौ ३ गते उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा भर्ना गरिएका उनको आज बिहान ५:५० बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए । ती वृद्धमा श्वासप्रश्वास, मिर्गौला तथा निमोनियाको समस्या देखिएको राठौरले बताए ।...
काठमाडौं उपत्यकामा थपिए ६४७ काेराेना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ६४७ काेराेना संक्रमित

स्वास्थ्य
काठमाडाैं । काठमाडौं उपत्यकामा मंगलबार थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार उपत्यकाको काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा काेराेना संक्रमण देखिएको छ । यस्तै मंगलबार देशभर १३ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ८२३ जना काेराेना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । थप २ जनाकाे मृत्यु भएकाे छ ।...
१ हजार ३५६ जनामा काेराेना संक्रमण, ८२३ जना डिस्चार्ज

१ हजार ३५६ जनामा काेराेना संक्रमण, ८२३ जना डिस्चार्ज

स्वास्थ्य
काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ३५६ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६६ हजार ६३२ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा ८२३ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४२९ पुगेको छ ।...
स्वास्थ्यमन्त्री ढकाल फेरी होम क्वारेन्टाइनमा

स्वास्थ्यमन्त्री ढकाल फेरी होम क्वारेन्टाइनमा

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल फेरी होम क्वारेन्टाइनमा बसेका छन् । उनको परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै ढकाल हिजोबाट नै होम क्वारेन्टाइनमा बसेको मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए। ‘उहाँको परिवारको सदस्यलाई कोरोना पुष्टि भएसँगै होम क्वारेन्टाइनमा बसिरहनु भएको छ।’ तिवारीले भने,‘भोली या पर्सितिर उहाँको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्ने तयारी छ।’ तिवारीका अनुसार स्वास्थ्य मन्त्रालय नजाने र नियमित भेटघाट बन्द गरेपनि मन्त्री क्वाटरबाटै मन्त्री ढकालले मन्त्रालयका काम र आवश्यक निर्देशन दिइरहेका छन्। यस अगाडि गत जेठमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक बिरामीलाई भेट्न मन्त्री ढकाल अस्पताल पुगेका थिए। तर ती बिरामीमा कोरोना पुष्टि भएसँगै उनी केहि दिन होम क्वारेन्टाइनमा बसेका थिए।...
देशभर १ हजार १५४ जनामा संक्रमण, १००५ जना डिस्चार्ज

देशभर १ हजार १५४ जनामा संक्रमण, १००५ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा साेमबार थप १ हजार १५४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । साेमबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १५४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६५ हजार २७६ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा १००५ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४२७ पुगेको छ।...
मद्यपान गर्नेहरूबाट कोरोना सर्ने जोखिम धेरै

मद्यपान गर्नेहरूबाट कोरोना सर्ने जोखिम धेरै

स्वास्थ्य
काठमाडाैं । जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले कोरोना भाइरस सङ्क्रमण फैलाउने सम्भावना बढी रहेको चिकित्सकहरुले बताएका छन् । त्यसैले यस्ता लत हटाउन उनीहरुले आग्रहसमेत गरेका छन् । जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले स्वास्थ्य मापदण्डको ख्याल नगर्ने र रोग प्रतिरोधी क्षमता पनि कम हुने भएकोले त्यस्ता व्यक्तिबाट कोरोना फैलने डर धेरै हुने मानसिक रोग विशेषज्ञ डाक्टर सगुन वल्लभ पन्तले बताए । यस्ता वस्तुको प्रयोगले मानसिक समस्यासमेत आउने र यसले जोखिम झनै बढाउने उनको भनाइ छ । साथै डा. पन्तले महामारीका बेला विभिन्न बहानामा जाँड, रक्सी तथा चुरोटलगायत लागुऔषध प्रयोग नगर्न र प्रयोग गर्दै आएको भएमा छाड्न अनुरोध गरेका छन् । अहिले अस्पतालहरुमा रक्सीजन्य वस्तुको प्रयोगबाट मानसिक समस्या भएकाहरु पुग्ने क्रम बढेको भन्दै उनले यदि यस्ता वस्तुको लत भएमा तत्कालै उपचार गर्न पनि अनु...
चितवनमा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु

चितवनमा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कलेजका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिकाका पुरुष र हेटौंडा उपमहानगरपालिकाकी महिला रहेका छन् । कलेजमा उपचार क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० की १७ वर्षीया युवती रहेको कलेजका निर्देशक प्राडा दयाराम लम्सालले जानकारी दिए । उनका अनुसार गत भदौ २२ गते ज्वरो र स्वाशप्रस्वासमा समस्या आएर अस्पताल भर्ना भएकी उनमा भदौ २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै सोही कलेजमा उपचारका क्रममा चितवनका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुष रहेका छन् । निर्देशक लम्सालका अनुसार गत भदौ २६ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भई अस्पताल भर्ना भएका उनको असोज ३ गते...
उपत्यकामा ७६७ काेराेना संक्रमित थपिए

उपत्यकामा ७६७ काेराेना संक्रमित थपिए

स्वास्थ्य
काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ६०२ जना, भक्तपुरमा १०१ र ललितपुरमा जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै उपत्यकासहित देशभर भने १ हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा दिएकाे जानकारी अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना होम आइसोलेशनमा रहेका छन् । यस्तै हाल्सम्म कुल संक्रमितको संख्या ६४,१२२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जना ९६६ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ४६ हजार २३३ जना पुगेको छ । यसैबीच नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ। ...
पछिल्लाे २४ घण्टामा देशभर १ हजार ३२५ जनामा काेराेना संक्रमण, ९६६ जना डिस्चार्ज

पछिल्लाे २४ घण्टामा देशभर १ हजार ३२५ जनामा काेराेना संक्रमण, ९६६ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आइतबार थप १ हजार ३२५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ३२५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६४ हजार १२२ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा ९६६ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ४६ हजार २३३ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ।...
नेपालमा काेराेना संक्रमण मुक्त हुनेकाे संख्या ४५ हजार २६७ पुग्याे

नेपालमा काेराेना संक्रमण मुक्त हुनेकाे संख्या ४५ हजार २६७ पुग्याे

स्वास्थ्य
काठमाडाैं । नेपालमा शनिबार १ हजार ४४७ जना काेराेना संक्रमित संक्रमण मुक्त भएका छन् । याेसँगै नेपालमा काेराेना मुक्त हुनेकाे संख्या ४५ हजार २६७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । शनिबारकाे नियमित मिडिया ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले पछिल्लाे २४ घण्टामा देशभर १४ सय ४७ जना काेराेना संक्रमित निकाे भएर घर फर्किएकाे जानकारी दिए । मन्त्रालयले दिएकाे जानकारी अनुसार ७२.०८ प्रतिशत काेराेना संक्रमित निकाे भएका छन् । भने ०.६४ प्रतिशत काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन् ।७ हजार ७३५ जना क्वारेन्टाइनमा छन् ।...